निर्णय नं. ९७६१ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९७६१ - कर्तव्य ज्यान भाग: ५९ साल: २०७४ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७३/०३/१७ ३३७० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ फैसला मिति : २०७३।०३।१७ ०६९-CR-०७२९ मुद्दाः कर्तव्य ज्यान पुनरावेदक / प्रतिवादी : जिल्ला सप्तरी, गा.वि.स. बसविट्टी वडा नं. ३ घर भई हाल कारागार कार्यालय राजविराजमा थुनामा रहेको सिकीलाल यादव विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला सप्तरी, गा.वि.स. बसविट्टी वडा नं. २ बस्ने लालुप्रसाद यादवको जाहेरीले नेपाल सरकार मृतकको टाउकोमा सबैभन्दा ठूलो चोट परेकोले सो चोट मृत्युको मुख्य कारण देखिए तापनि यी प्रतिवादीहरूले छोडेका अन्य चोटहरू मृतकको शरीरमा देखिएको र सो चोटहरूको मृत्यु हुने घटनामा सहायक नहुने भन्ने देखिँदैन । अर्थात् कुटपिट गर्दा परेका सामूहिकमध्ये मुख्य चोट र सहायक चोटको एकीकृत परिणाम वा सहसम्बन्धात्मक प्रभाव (cumulative effect) का कारण मृतकको मृत्यु भएको देखिने । मृतकको शरीरमा रहेका धेरै घाउहरू मध्ये टाउको तथा अन्य शरीरमा भएका घाउहरू के कुन कसुरदारले हानेको भनी यकिन भएको छ र घाउहरू ठूला साना भएकोमा ठूलो र गम्भिर प्रकृतिका घाउहरू जसले मृतकको मरण कार्यलाई leading गरिरहेको छ साथै यो घाउको चोटले मानिस मरेको भनी विशेषज्ञद्वारा पुष्टि भएको र सो तथ्यलाई मिसिल संलग्न अन्य तथ्य एवं प्रमाणबाट अन्यथा देखिँदैन भने त्यस किसिमका leading injury को चोट छाड्ने अभियुक्त मुख्य अभियुक्त हो भनी छुट्टाउन कठिनाई नहुने । त्यस्तै चोट प्रहारमध्ये जुन leading injury को कारणले मर्ने कुरामा मुख्य भूमिका रहे पनि अन्य सामान्य घाउचोटहरू पनि मर्ने कारणमा सहसम्बन्धात्मक प्रभाव (correlated effect) रहने हुँदा त्यस्ता सामान्य घाउचोटहरू पनि मर्ने कारणमा सहायक तत्त्व हुँदैन भनी अनुमान गर्न नमिल्ने । (प्रकरण नं. ६) पुनरावेदक प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ता रामप्रसाद ढुङ्गेल प्रत्यर्थी वादीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता चन्द्रकुमार पोखरेल अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा.जिल्ला न्यायाधीश श्री योगेन्द्रप्रसाद साह पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री बलराम विष्ट माननीय न्यायाधीश श्री प्रेम बहादुर के.सी. फैसला न्या. गोपाल पराजुली : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः मिति २०६१।५।३१ गते स-साना बच्चाहरूको बीचमा झगडा हुँदा जिल्ला सप्तरी बसविट्टी गा.वि.स. वडा नं. ३ बस्ने मेरो छिमेकी अं. ५० वर्षकी लक्ष्मी खिडहर यादव र निजका भाइ अच्छेलाल यादव र लक्ष्मी खिडहर यादवकै बुहारी पावती देवी (अमेरिका)समेतले हामी निवेदकहरू सिकीलाल यादव, श्रीमती एकावरी देवी यादव, मुखीलाल यादवलाई लाठी, फट्टा, रड, धारिलो हतियारसमेतले कुटपिट गरी घाइते बनाउनुका साथै श्रीमती एकावरी देवीको हातसमेत भाँची दिई सगरमाथा अञ्चल अस्पतालमा उपचारार्थ रहेकोले घाजाँच केस फारम गरिपाउँ भन्ने मिति २०६१।६।२ मा परेको संयुक्त निवेदन । मिति २०६१।५।३१ गते अपराह्न ४ बजेको समयमा स-साना केटाकेटीहरूको विषयमा झगडा हुँदा सिकीलाल यादव, निजको श्रीमतीसमेतले निजकै घरमा कुटपिट गर्न लाग्दा त्यहाँबाट उम्की घरमा आउँदासमेत प्रतिवादीहरू आक्रोषित हुँदै हातहातमा लाठी, भाटा, इँटा, ढुङ्गा लिएर हाम्रो घरमा आई विपक्षी मध्येको सिकीलालले मेरो