निर्णय नं. ९७६३ - निषेधाज्ञा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९७६३ - निषेधाज्ञा भाग: ५९ साल: २०७४ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७३/०६/०४ ६९३० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति : २०७३।०६।०४ ०७१-CI-०५२१ मुद्दा : निषेधाज्ञा पुनरावेदक निवेदक : जिल्ला धनुषा, चक्कर गाउ विकास समिति वडा नं. ७ बस्ने गोमा कुमारी पण्डित विरूद्ध प्रत्यर्थी विपक्षी : जिल्ला जनकपुर, जनकपुर नगरपालिका वडा नं. १३ बस्ने मनतोरिया देवी मूलतः अदालतले निषेधाज्ञाको आदेश जारी गर्दा हुन गइरहेको वा भइरहेको काम कारोबारबाट कुनै पनि व्यक्तिको कानूनी हकमा आघात पर्न जाने स्थितिको आशंकाको विद्यमानतालाई नै हेर्ने गरिन्छ र त्यस्तो आशंका तथ्यपरक एवं प्रमाणपरक ढंगले पुष्टि भएको पनि हुनुपर्छ । निषेधाज्ञाको रिटबाट उपचार खोज्ने पक्षले आफूलाई मर्का परेको कुराको आशंकाको विद्यमानता रहेको कुरामा अदालतलाई आश्वस्त पार्न सक्नुपर्छ । यसैगरी, सहज र पहुँचयोग्य अन्य उपचार र मार्ग भएसम्म यो रिट जारी गर्न पनि मिल्दैन । यद्यपि पुनरावेदकले जिकिर लिए झैं निषेधाज्ञाको मुद्दामा नक्सा सर्जमिनलगायतको प्रमाण बुझ्न नसकिने होइन तर त्यस्तो प्रमाण बुझी प्रमाणको मुल्याङ्कन गरी न्याय निरूपण गर्नुपर्ने कुरामा अदालत विश्वस्त हुनुपर्ने । (प्रकरण नं. २) पुनरावेदक निवेदकको तर्फबाट : प्रत्यर्थी विपक्षीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा.नि.मुख्य न्या. श्री तेजबहादुर के.सी. मा.न्या. श्री चित्रदेव जोशी फैसला न्या. ओमप्रकाश मिश्र : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) (क) बमोजिम पुनरावेदन परी यस अदालतको क्षेत्राधिकारभित्र पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र आदेश यसप्रकार छः जिल्ला धनुषा जनकपुर नगरपालिका वडा नं. ११ सिट नं. १३५५-१५ कि.नं. ३८० क्षे.फ. ०-०-४ धुर जग्गा मेरो एकलौटी हक भोगको जग्गा हो । मेरो श्रीमान्‌ र म काठमाडौंमा डेरा गरी बसी आएका छौं । विपक्षी र हामी घर छिमेकको हैसियतमा एक अर्कासँग व्यवहार गर्दै आएका छौं । मेरो जग्गाको देखभाल गर्ने मानिसले तपाइँको पूर्व सिमानामा रहेको मनतोरिया देवीले निर्माण कार्य सुरू गर्न तरखरमा रही तपाइँको जग्गाको केही भागमा निर्माण कार्य गर्न पूर्ण मनसाय राखेको छ भनी भनेअनुसार जग्गामा आई हेर्दा मेरो जग्गाको पूर्व भागबाट केही जग्गामा प्रवेश गरी निर्माण कार्य गर्ने पूर्ण मनसाय लिएको हुँदा सो कुरा नगर्नु भन्दाभन्दै पनि विपक्षीले बलजफ्ती गरेको हुँदा निवेदन दिन आएको छु । मेरो जग्गामा कुनै तवरबाट जग्गामा प्रवेश गरी कुनै प्रकारको निर्माण कार्य गर्न नपाउने गरी अन्तरिम आदेश सहितको निषेधाज्ञाको आदेश जारी गरिपाउँ भन्नेसमेत व्यहोराको निवेदन पत्र । यसमा के कसो भएको हो ? निवेदकको मागअनुसारको आदेश किन जारी नहुने हो ? कागजसहित बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्नु भनी विपक्षीका नाउँमा म्याद सूचना जारी गरी पठाउनु साथै अन्तरिम आदेशको विषयमा दुवै पक्षको उपस्थितिमा छलफल गर्न उपयुक्त हुने देखिँदा छलफलको निमित्त मिति २०७०।१२।३० गते उपस्थित हुन आउन भनी विपक्षीलाई म्याद सूचना जारी गरी हाजिर भए वा गुजारेपछि पेस गर्नु भन्ने पुनरावेदन अदालत, जनकपुरको आदेश । म लिखित जवाफ प्रस्तुतकर्ताको नाममा दर्ता रहेको जिल्ला धनुषा जनकपुर नगरपालिका वडा नं. ११ सिट नं. १३५५-१५ कि.नं. १२४ को ०-०-८-१ को जग्गामा अगाडि पट्टी खाली राखी पछाडी पट्टी ९ वर्ष पहिला नै घर ब