निर्णय नं. ४३०८ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३०८ - उत्प्रेषण भाग: ३३ साल: २०४८ महिना: असोज अंक: ६ फैसला मिति :२०४८/०५/३० २१८८ निर्णय नं. ४३०८ ने.का.प. २०४८ अङ्क ६ संयुक्तइजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४६ सालको रि.नं. ७११ आदेश भएको मिति: २०४८।५।३०।१ मा रिट निवेदक : जिल्ला मोरंग केरावारी गा.पं. वडा नं. ६ बस्ने भक्तबहादुर घिमिरे विरुद्ध विपक्षी : केराबारी गा.पञ्चायत कार्यालय केराबारी मोरड्ड विषय : उत्प्रेषण (१) एकै विषयमा पहिले निवेदन परी निर्णय भइसकेपछि पुनः प्रस्तुत रिटनिवेदनबाट कुनै कुरा विचार गरिरहनु पर्ने अवस्था नदेखिने । (प्रकरण नं. ७) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री बोर्णबहादुर कार्की आदेश न्या.गजेन्द्रकेशरी बास्तोला १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको तथ्य यस प्रकार रहेछ :– २. विपक्षी केराबारी गा.पं.ले आफ्नो गा.पं. ऐन अन्तर्गतका खोलाहरुबाट बाहिर निकाशी भई जाने ढुड्डा निकासी करको ठेक्का दिनको लागि २०४३।४।६ गते बोलपत्र आव्हान गरेको थियो । २०४३।०४४ आर्थिक वर्षको लागि रु. १,७५,०२५।– मा ठेक्का लिने कबूल गरी उक्त बोलपत्रमा मैले भाग लिएकोमा मेरो बोलपत्रलाई विपक्षी गा.पं.ले स्वीकृत गरेको सूचना २०४३।४।१२ मा प्रकाशित गरी मलाई ठेक्काको करारनामा गर्नको लागि बोलाई विपक्षी गा.पं. र मेरो बीच २०४३।१०।१९ गते ठेक्का शर्त करारनामा भएको थियो । उक्त करारनामा आ.व. २०४३।२०४४ वर्ष एकको लागि ठेक्का बुझाउनु पर्ने जम्मा रकम रु. १,७५,०३५।– मध्ये तीन भागको एक भाग पहिलो किस्ता रु. ५८,३४१।– त्यसै दिन विपक्षी गा.पं.लाई बुझाई बाँकी २ किस्ताको रुपैयाँ ४।४ महीनामा दामासाहीले बुझाउने तोकिएको समयमा किस्ता नबुझाए म्याद पुगेको ७ दिनभित्र धरौटी जफत गरी ठहरेको हर्जना समेत लिई ठेक्का बदर गर्ने र गा.पं.ले गा.पं. कर उठाउन दिएको दरमा तल माथि नपारी कर असूल गर्ने शर्तहरु उल्लेख भएका थिए विपक्षी गा.पं.बाट प्रकाशित ठेक्काको सूचना उल्लेखित शर्तहरु र विपक्षी गा.पं. र मेरो बीच भएको ठेक्काका शर्तहरु अनुसार ढुड्डाको कर असूल गर्न दिन गा.पं.ले (साविक पेज नं. २८९) इन्कार गरेको र कुलो सिंचाई वालाले ढुड्डा संकलन गर्न नदिएको साथै मैले ठेक्का पाएको क्षेत्रमा विपक्षी गा.पं.ले नै आफ्नो तर्फबाट चौकीदार नियुक्ति गरी रोक लगाई ठेक्कामा शर्तहरु गा.पं.बाट नै उल्लंघन भएकोले मौकामा नै सो कुरा उल्लेख गरी गा.पं.लाई निवेदनद्वारा जानकारी गराएको थिएँ । उक्त निवेदनमा उक्त गा.पं.का उपप्रधानपञ्चले फुकुवा गरिदिनु भन्ने तोक समेत लगाई दिनु भएको थियो तर विपक्षी गा.पं.ले फुकुवा गरी नदिई ठेक्कामा शर्त हरुको उल्लंघन नै गरिरहेकोले मैले गा.पं. मा दाखिला गरेको किस्ता समेत रु. १,१५,०००।– फिर्ता पाउँ भनी विपक्षी गा.पं.मा पटक पटक निवेदन समेत दिएको थिएँ । यसरी म निवेदकले काम गर्न नपाई घाटा परेको निवेदन गा.पं. कार्यालयमा दिई रहेको अवस्था विपक्षी गा.पं. र जिल्ला पञ्चायतको संयुक्त सहमतिले रु. ६९,४७७।– म बाट थुनछेक गरेर असूल गर्ने निर्णय समेत गरी २०४५।९।२५ र २०४५।१०।२ गते दुई दिन उक्त गा.पं. का पियन आई पक्राउ गर्न आएकाले त्यस्तो गैरकानुनी कारवाही विपक्षी गा.पं.ले गरेकोले त्यस्तो कारवाही र निर्णय उत्प्रेषणयुक्त परमादेशको आदेशद्वारा बदर गरी पाउँ भनी यस अदालतमा म निवेदकले रिट नं. ११८५ मा निवेदन गरेकोमा त्यस्ता कारवाही र निर्णय समेत नगरेको भनी विपक्षी समेतले लिखितजवाफ प्रस्तुत ग