निर्णय नं. ९७६७ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९७६७ - उत्प्रेषण भाग: ५९ साल: २०७४ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७३/०८/०७ ६२०२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत आदेश मिति : २०७३।८।७ ०६६-WO-१०४७ विषय: उत्प्रेषण निवेदक : ललितपुर जिल्ला, भैंसीपाटी गा.वि.स. वडा नं. १ घर भई हाल त्रि.वि. पद्मकन्या बहुमुखी क्याम्पस, बागबजार काठमाडौंमा सि.चौकीदार पदमा कार्यरत मिनबहादुर थापासमेत विरूद्ध विपक्षी : कुलपति, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर काठमाडौं मौद्रिक सुविधा उत्प्रेरणाको महत्त्वपूर्ण तत्त्व हो । कर्मचारीको इच्छाबेगर उनीहरूको सुविधामा कटौती गर्दा कर्मचारीहरूको उत्प्रेरणा र मनोवलमा ह्रास आई संगठनको उत्पादकत्वमा नै असर पर्न जाने । (प्रकरण नं. ३) निवेदकको तर्फबाट : विद्वान् अधिवक्ता मेघराज पोखरेल विपक्षीको तर्फबाट : विद्वान् अधिवक्ता नारायणप्रसाद खनाल अवलम्बित नजिर : सम्बद्ध कानून : त्रिभुवन विश्वविद्यालय शिक्षक कर्मचारी सेवासम्बन्धी नियम, २०५० आदेश न्या. प्रकाशमान सिंह राउत : नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यसप्रकार छः हामी निवेदकहरू त्रि.वि. अन्तर्गतका विभिन्न क्याम्पस तथा निकायहरूमा श्रेणीविहीन सि.पियन (ख) चतुर्थ स्तरमा स्तर निर्धारण भई विगत लामो समयदेखि अनवरतरूपमा कार्यरत छौं । जीवनका उर्जावान् क्षणहरू यसै त्रि.वि. सेवामा समर्पण गरेका हामीहरूको सेवा उत्तरार्ध पुगिसकेको छ । हामी निम्नस्तरका श्रेणीविहीन कर्मचारीहरूले त्रि.वि. को नियमानुसार मिति २०६३ आषाढ महिनासम्म रू. ६,६००।- तलब स्केल खाईपाई आएकोमा त्रि.वि. कार्यकारी परिषद्को निर्णय नं. ३२६ अनुसार २०६३।४।१ गतेदेखि लागू हुने गरी रू. ७,०२०।- खाँदै आएका थियौं । पुनः त्रि.वि. कार्यकारी परिषद्को मिति २०६४।९।१९ गतेको निर्णय नं. १८८ बमोजिम स्तर निर्धारण भई मिति २०६४।४।१ देखि लागू हुने गरी तलब वृद्धि भई रू.८,३९०।- बुझ्दै आएका थियौं । यस कार्यकारी परिषद्को च.नं. २८५/०६४/०६५ को पत्रानुसार ०६५ आश्विन १ गतेदेखि लागू हुने गरी नेपाल सरकारको निजामती कर्मचारीहरूको तलबमानमा रू.२०००।- का दरले वृद्धि गरिएको हुँदा त्रि.वि. पदाधिकारी, शिक्षक तथा कर्मचारीहरूलाई पनि २०६५ आश्विान १ गतेदेखि लागू हुने गरी तत्कालको तलबमानमा रू.२०००।- थप गरी तलबमान जम्मा रू. १०,९३०।- ग्रेड रकम १३० (३) गरी जम्मा रू. ११,३२०।- खाईपाई आएका थियौं । यसरी हामी निवेदकहरूले ०६५ आश्विन १ गतेदेखि ग्रेडसमेत गरी रू. ११, ३२०।- खाईपाई आइरहेकै अवस्थामा नेपाल सरकारले २०६६ श्रावण महिनादेखि ६% तलब वृद्धि गरी त्रि.वि. का सम्पूर्ण पदाधिकारी, शिक्षक तथा कर्मचारीहरूलाई नयाँ तलबमान कायम गरिएकोमा हाम्रो तलबमानसमेत उल्लिखित ६% ले वृद्धि भई बैंक खातामा जम्मा गरिदिनु पर्ने, अन्य सबै तह तथा श्रेणीका पदाधिकारी शिक्षक तथा कर्मचारीहरूको वृद्धि गरी नयाँ तलबमान कायम गरी वृद्धि गरी भुक्तानी गरिएको रहेछ । तर हामी निम्नस्तरका श्रेणीविहीन कर्मचारीको भने खाईपाई आएको भन्दा पनि घटाई जम्मा गरिएको भन्ने औपचारिक रूपबाट आ-आफ्ना कार्यालय तथा क्याम्पसबाट जानकारी भएपछि त्यसको अभिलेख माग गरी हेर्दा उल्लिखित ६% को तलब वृद्धिसमेत जोडी नयाँ तलबमान कायम गरी भुक्तानी गरिदिनुपर्ने सुरू तलबस्केल रू. १०,४९०।- बाट पनि घट्ने गरी रू. ९, ८९०।- र ग्रेडसमेत गरी जम्मा रू. ११,३२०।- बाट रू. ८३०।- घटाई जम्म