निर्णय नं. ९७०७ - बहुविवाह

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९७०७ - बहुविवाह भाग: ५८ साल: २०७३ महिना: फागुन अंक: ११ फैसला मिति :२०७२/०४/२८ २८३४५ सर्वोच्च अदालत, पूर्ण इजलास सम्माननीय प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७२।०४।२८ ०६७-CF-००१० मुद्दा: बहुविवाह पुनरावेदक वादी : रमिला थापाको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी प्रतिवादी : काठमाडौं जिल्ला मातातिर्थ गा.वि.स. वडा नं. १ बस्ने राजु थापासमेत फौजदारी न्यायको उद्देश्य प्रचलित कानूनले अपराध घोषित गरेको कार्य गर्ने व्यक्तिलाई कानूनबमोजिम दण्ड सजाय गरी समाजमा अपराध नियन्त्रण गर्नु पनि हो । मुलुकी ऐन, बिहावरीको महलको ९ नं. बमोजिम कानूनबमोजिम लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद नभई वा अंशबन्डाको महलको १० नं. बमोजिम स्वास्नीले अंश लिई भिन्न बसेको अवस्था नभई अर्को विवाह गर्न पाउने नदेखिने । (प्रकरण नं. ५) प्रतिवादीहरूबीच दोस्रो विवाह भइसकेको अवस्था रहेमा वारदात घटित भइसकेको मान्नुपर्छ । दोस्रो विवाह गरेपछि हाल सो दोस्रो वैवाहिक सम्बन्ध कायम नरहेको भन्ने कुराले सम्पन्न भइसकेको दोस्रो विवाह (बहुविवाह) नभएको मान्न मिल्दैन । सम्पन्न भइसकेको कार्य नभएको हुन सक्दैन र नभएको बनाउन पनि सकिँदैन । बहुविवाह स्थापित भइसकेको अवस्थामा कानूनको परिणाम तत्काल सिर्जित भएको देखिन्छ । सोबाट लामो समयपछिबाट गरिएको सम्बन्ध विच्छेदले मद्दत गर्न सक्ने नदेखिने । (प्रकरण नं. ६) बहुविवाह फौजदारी कसुर भएको र फौजदारी कानूनको अक्षरश: लागू गर्नुपर्ने हुन्छ । कुनै वस्तुस्थिति देखाएर वा जाहेरवाला वा पीडितको आक्रोश वा क्षमा वा सहनशीलता जस्ता कुराले फौजदारी दायित्वबाट मुक्त गर्न सकिँदैन । यसबाट फौजदारी कानूनको कार्यान्वयनमा अपवाद खोज्ने अवस्था निम्त्याउँछ, जुन कानूनले अनुमति दिँदैन । दुष्कृतिलाई रोक्ने प्रयोजनका लागिसमेत यस्तो दृष्टिकोणलाई स्थान दिन नमिल्ने । (प्रकरण नं. ७) पुनरावेदक वादीको तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री किरण पौडेल प्रत्यर्थी प्रतिवादीको तर्फबाट : विद्वान्‌ अधिवक्ता पुरूषोत्तम उदास अवलम्बित नजिर : नेकाप २०६४, पौष, नि.नं.७८८४, पृ.१२६८ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा.जि. न्यायाधीश श्री प्रकाशचन्द्र गजुरेल पुनरावेदन तहमा फैसला गर्नेः मा.न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की मा.न्यायाधीश श्री दुर्गाप्रसाद उप्रेती यस अदालतमा फैसला गर्नेः माननीय न्यायाधीश गिरीशचन्द्र लाल माननीय न्यायाधीश श्री सुशीला कार्की फैसला स.प्र.न्या.श्री कल्याण श्रेष्ठ : सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ को खण्ड (ख) र (घ) बमोजिम पूर्ण इजलासमा पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छः- म जाहेरवालीको राजु थापासँग ०५० साल वैशाख महिना २ गते हिन्दु परम्पराअनुसार विवाह भई एक छोरीको जायजन्मसमेत भई राम्रोसँग बस्दै आएकोमा ०५९ साल मङ्सिर २० गते निज पति घरबाट निस्की गएकोले खोजी गर्दै हेटौंडामा जाँदा २०५९।९।१६ गते निज श्रीमान्‌ले मन के.सी. लाई दोस्रो विवाह गरी साथमा राखेकोले जेठी श्रीमती भएको अवस्थामा किन अर्कों विवाह गर्नु भएको भनी सोध्दा मैलै कान्छी श्रीमती विवाह गरेको हो जे गर्छेस् गर् भन्ने धम्की दिएको र निज पतिले मन के.सी लाई काठमाडौं ल्याई राखी सँगै साथमा बसी बहुविवाह गरेकोले दुवै जनालाई बिहावरीको १० न. अनुसार सजाय गरिपाउँ भन्ने व्यहोराको जाहेरी दरखास्त । मे