निर्णय नं. ९७०९ - जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९७०९ - जालसाजी भाग: ५८ साल: २०७३ महिना: फागुन अंक: ११ फैसला मिति :२०७३/०६/०६ ७९३९ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश डा. श्री आनन्द मोहन भट्टराई माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल फैसला मिति : २०७३।०६।०६ ०६५-NF-००५१ मुद्दाः जालसाजी निवेदक प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१६ बस्ने प्रेमबहादुर बलामी विरूद्ध विपक्षी प्रतिवादी : काठमाडौं जिल्ला, बाहिरी गा.वि.स. वडा नं.६ हाल कीर्तिपुर नगरपालिका वडा नं.१८ बस्ने सानुबहादुरको नाबालक छोरा सतिस बानियाको संरक्षक भई आफ्नो हकमा समेत ऐ. को श्रीमती ऐ. ऐ. बस्ने द्वारिका बानिया वादीहरूमध्ये सतिस बानिया नाबालक रहेको कुरामा विवाद छैन । निजलाई जन्मनासाथ प्राप्त अंशको हक लेनदेन व्यवहारको १० नं. वा अंशबन्डाको १९ को व्यवस्थाबाट संरक्षण हुन सक्ने हुँदैन । यस्तो स्थितिमा जालसाजमा फिराद लिई आउनुबाहेक निजको हकमा अर्को विकल्प पनि छैन । कुन मार्ग अवलम्बन गर्दा आफूलाई न्याय प्राप्त हुन्छ सो कुरा वादी आफैँले तय गर्ने हो, प्रतिवादी वा अदालतले होइन । यस स्थितिमा वादीहरू सगोलमा बसेको भन्ने कुराले कुनै अर्थ राख्दैन । सगोलमा बस्दैमा सबै अवस्थामा लोग्ने वा पतिको व्यवहार थाहा हुन्छ भन्ने पनि हुँदैन । लिखतमा वादीहरू साक्षी बसेको अवस्था छैन । यस स्थितिमा नाबालकसमेतको हक संरक्षण गर्न अ.बं.८३ नं. को सुविधासमेत लिई नक्कल सारेको मितिबाट आएको फिराद अस्वीकार गर्न मिल्ने नदेखिने । (प्रकरण नं. ३) जहाँ जालसाजको प्रश्न उत्पन्न हुन्छ त्यहाँ जालसाजपूर्ण कार्य भएको छ वा छैन भन्ने कुरा नै मुख्यरूपमा हेर्नुपर्ने हुन्छ । लिखत बदरमा जाने हदम्याद कटेको कारणबाट जालसाज नहुने होइन । जालसाजपूर्ण कार्य भएको छ भने लिखत बदरमा म्याद कट्नु गौण कुरा हुने । (प्रकरण नं. ४) निवेदक प्रतिवादीको तर्फबाट : विपक्षी वादीको तर्फबाट : अवलम्बित नजिर : नेकाप २०४३, नि.नं.९००, पृ.१०६२ सम्बद्ध कानून : सुरू फैसला गर्नेः माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ पुनरावेदन अदालतमा फैसला गर्नेः मा.न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री गोविन्दकुमार श्रेष्ठ सर्वोच्चमा फैसला गर्नेः मा.न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी माननीय न्यायाधीश श्री गौरी ढकाल फैसला न्या.डा. आनन्दमोहन भट्टराई : यस अदालतको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१)(ख) बमोजिम पुनरावलोकनको निस्सा प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः का.जि., बाहिरी गा.वि.स. वडा नं.६ कि.नं.२६५ को क्षेत्रफल १-७-२ जग्गा दिने विपक्षी पति पिता सानुबहादुर बानिया लिने विपक्षी प्रेमबहादुर बलामी भई मिति २०५५।६।२७ मा र.नं.१२४३ बाट राजीनामा लिखत पारित गरी लिनु दिनु गरेकोले उक्त जग्गा हाम्रोसमेत हक लाग्नेमा हामीहरूलाई थाहा जानकारी नदिई हामीहरूलाई साक्षीसमेत नराखी पारित गरेको कुरा मिति २०५७।५।९ मा नक्कल सारी थाहा पाएकोले उक्त लिखत हाम्रो भाग जति कायम नरहने गरी बदर गराई सो पारित लिखतलाई किर्ते जालसाजी घोषित गरिपाउँ भन्नेसमेत व्यहोराको वादीहरूको फिराद पत्र । यसमा यी वादीहरू र सानुबहादुर हालसम्म पनि सगोलामा नै बसी आएका छन् । उक्त जग्गा बिक्री गरेको कुरा त्यति बेला नै विपक्षीहरूलाई थाहा थियो । उक्त लिखत जालसाजीको परिभाषाभित्र पर्दैन । पारित गरेको लिखतलाई जालसाजी भन्न मिल्ने होइन । देवानी मु