निर्णय नं. ९७१० - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९७१० - उत्प्रेषण / परमादेश भाग: ५८ साल: २०७३ महिना: फागुन अंक: ११ फैसला मिति :२०७३/०९/२४ १३८९१ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा आदेश मिति : २०७३।०९।२४ विषयः उत्प्रेषण / परमादेश ०७३-NF-०००३ निवेदक : गुल्मी जिल्ला अमरपुर गा.वि.स.वडा नं.४ बस्ने अधिवक्ता ओमप्रकाश अर्याल विरूद्ध विपक्षी : सम्माननीय राष्ट्रपतिको कार्यालय, सितलनिवास, काठमाडौंसमेत ०७३-FN-०२०७ निवेदक : गुल्मी जिल्ला अमरपुर गा.वि.स.वडा नं.४ बस्ने अधिवक्ता ओमप्रकाश अर्याल विरूद्ध विपक्षी : का.जि.का.म.न.पा. वडा नं. १० बानेश्वर बस्ने नेपाल सरकारका पूर्व मुख्य सचिव लोकमान सिंह कार्की ०७३-FN-०२०८ निवेदक : गुल्मी जिल्ला अमरपुर गा.वि.स.वडा नं.४ बस्ने अधिवक्ता ओमप्रकाश अर्याल विरूद्ध विपक्षी : सम्माननीय राष्ट्रपतिको कार्यालय, सितलनिवास, काठमाडौं ०७३-FN-०१८६ निवेदक : सर्वोच्च अदालत, रामशाहपथ, काठमाडौं विरूद्ध विपक्षी : का.जि. कागेश्वरी मनहरा न.पा. वडा नं. ७ घर भई सर्वोच्च अदालतमा कार्यरत तामेलदार शम्भुबहादुर खत्रीसमेत संवैधानिक पदाधिकारीको पदमा नियुक्त भएको व्यक्तिमा संविधानले तोकेबमोजिमको योग्यता छ वा छैन भनी न्यायिक निरूपणका लागि प्रस्तुत हुन आएको विवादको निरूपण न्यायपालिकाले नै गर्नुपर्ने । (प्रकरण नं. १४) वस्तुतः सीमित राजनीतिक उद्देश्यले संस्थापित सल्लाहकार प्रकृतिको संस्थाको नामबाट “राष्ट्रिय मूल नीति” भनी कुनै सामान्य आलेख प्रकाशित भएकोसम्मको कारणबाट राजसभालाई लेखा, राजश्व, इञ्जिनियरिङ, कानून, विकास वा अनुसन्धानका क्षेत्रमा कार्य सम्पादन गर्ने निकायको रूपमा हेर्नु तर्कसङ्गत नदेखिने । राजाको वंशीय परम्पराको निरन्तरता कायम राख्ने कुरालाई राजनीतिक वैधता प्रदान गर्ने प्रयोजनका लागि खडा गरिएको आधारभूतरूपमा राजनीतिक प्रकृतिको संस्था राजसभामा रही प्रशासनिक कार्य हेर्ने उपसचिव पदमा रही कार्य गरेकोलाई नेपालको अन्तरिम संविधान, २०६३ को धारा ११९(५)(ग) को प्रयोजनका लागि “लेखा, राजश्व, इञ्जिनियरिङ, कानून, विकास वा अनुसन्धान” का क्षेत्रमा काम गरी अनुभव हासिल गरेको भनी मान्न नमिल्ने । (प्रकरण नं. १९) अन्तरिम संविधानको धारा ११९(५)(ग) मा उल्लेख गरिएअनुसारको क्षेत्रमा काम गरी अनुभव प्राप्त गरेको हुनु र राजप्रासाद सेवामा कार्य गरेको अवधि निजामती सेवामा जोडिनु एउटै कुरा होइन । यसको तात्पर्य, अर्थ र प्रयोजन तात्त्विकरूपमा नै फरक छ र यो फरक सामान्य समझबाट नै छुट्याउन सकिन्छ । संविधानले “लेखा, राजश्व, इन्जिनियरिङ, कानून, विकास वा अनुसन्धानको क्षेत्रमा” काम गरी अनुभव प्राप्त गरेको हुनुपर्ने योग्यता तोकेको छ । यो वाक्यांश वा अभिव्यक्ति स्वयम्मा प्रस्ट छ । जुनसुकै समूह, उपसमूहमा भएपनि निजामती सेवामा काम गरेको अवधि जोडेर २० वर्ष पुगेमा नियुक्तिका लागि योग्यता पुग्छ भन्ने अर्थ लगाइयो भने संविधानको अपव्याख्या हुन पुग्ने । संविधानले प्रस्टरूपमा गरेको व्यवस्था प्रतिकूल हुने गरी तर्क र औचित्यका आधारमा अन्य सम्भावनाहरूको खोजी गर्नु र त्यसलाई मान्यता दिनु पर्दछ भन्नु मनासिब नहुने । (प्रकरण नं. २०) उच्च नैतिक चरित्रको विद्यमानता “ख्याति” का लागि आवश्यक हुन्छ । अर्को शब्दमा भन्दा ख्याति प्राप्त गर्नका लागि अन्य कुराहरूका अतिरिक्त “उच्च नैतिक चरित्र” कायम राखिएको छ भन्ने पनि देखिनु पर्दछ । “ख्याति” वा