निर्णय नं. ४३०९ - उत्प्रेषण लगायत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३०९ - उत्प्रेषण लगायत भाग: ३३ साल: २०४८ महिना: असोज अंक: ६ फैसला मिति :२०४८/०६/१० २३१३ निर्णय नं. ४३०९ ने.का.प. २०४८ अङ्क ६ संयुक्तइजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल सम्वत् २०४७ सालको रिट नं. १२९३ आदेश भएको मिति: २०४८।६।१०।५ मा निवेदक : नेपाल अधिराज्यको महान्यायाधिवक्ताको कार्यालय अन्तर्गतको जिल्ला सरकारी वकील कार्यालय खोटाङमा कार्यरत विजयकुमार श्रेष्ठ विरुद्ध विपक्षी : श्री सगरमाथा अञ्चल अदालत मुकाम ओखल ढुड्डासमेत विषय : उत्प्रेषण लगायत (साविक पेज नं. २९१) (१) टेष्ट पास गरेकोमा क(२) निजामती मध्यमा सरहको अड्ढ दिई बढुवा गर्ने गरेको निर्णय नमिलेको देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ, विद्वान अधिवक्ता श्री प्रकाश वस्ती अवलम्बित नजीर : मानबहादुर बस्नेत विरुद्ध मु.न्या.म.प.क्षे.अ.समेत भएको २०४५ सालको रि.नं. १८५९ को उत्प्रेषणमा सिद्धान्त प्रतिपादित । आदेश न्या.हरगोविन्द सिंह प्रधान १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. जिल्ला सरकारी वकील कार्यालय सोलुखुम्बुको रिक्त ना.सु.पदमा बढुवाद्वारा पद पूर्ति गर्नु पर्ने भन्ने प्रकाशित सूचना अनुसार आफू पनि सम्भाव्य उम्मेदवार भएको हुनाले प्रकाशित सूचना म्याद भित्रै बढुवाको आवेदन बढुवा समिति समक्ष पेश गरेको थिएँ । उक्त बढुवामा प्रत्यर्थीको रुपमा निवेदक र प्रत्यर्थी चित्रप्रसाद बास्तोला मात्र थियौं । प्रस्तुत बढुवा नि.से.नि., ०२१ को नियम ३.५ बमोजिम गर्नु पर्ने भएकोले सम्पूर्ण फायल अञ्चल सरकारी वकील कार्यालयका अञ्चल न्यायाधिवक्ता श्री उपेन्द्रलाल कर्णको अध्यक्षतामा गठित बढुवा समितिमा पेश हुँदा निवेदकलाई मिति २०४६।१०।१५ मा बढुवा गर्ने निर्णय गरे अनुसार उक्त मितिबाट नै बढुवा पाएको थिएँ । उक्त बढुवामा चित्त नबुझी प्रत्यर्थी चित्रप्रसाद बास्तोलाको नि.से.नि., २०२१ को नियम ३.५.९ र ३.५.१० बमोजिम उजूरी परेको थियो । उक्त उजूरी उपर प्रत्यर्थी न्यायाधीशज्यूबाट मिति ०४७।१।१३ मा मेरो बढुवा बदर गर्ने गरी निर्णय भएको र उक्त निर्णय का.मु.अञ्चल न्यायाधीशले गरेकोले अधिकार क्षेत्रको त्रुटि भएको साथै निवेदकले शैक्षिक योग्यता स्वरुप एस.एल.सी. तृतीय श्रेणीमा उत्तीर्ण गरेको र प्रत्यर्थी चित्रप्रसादले टेष्ट परीक्षा मात्र उत्तीर्ण गरेका छन् । दुवैको हाल बहाल रहेको पद रा.प.अ. द्वितीय श्रेणी हो । द्वितीय श्रेणीको लागि आवश्यक शैक्षिक योग्यता एस.एल.सी.हो । निवेदकलाई नि.से.नि., २०२१ को नियम ३.५.६ को (ख) को (क)(१) बमोजिम ३२ अड्ढ प्रदान गर्न सक्ने तथ्यमा विवाद गर्न सकिँदैन । प्रत्यर्थीले टेष्ट परीक्षा मात्र उत्तीर्ण गरेकोले निजलाई नि.से.नि., ०२१ को नियम ३.५.६(ख) को (क)(२) अनुसार अंक दिन कदापी मिल्दैन । प्रत्यर्थीले उक्त नियमको (क)(३) अनुसार अंक मात्र पाउने हुन्छन् । निर्णयकर्ताले मेरो बढुवा बदर गर्दा एस.एल.सी. टेष्ट परीक्षा उत्तीर्ण गरेकोलाई ३.५.६ को (क)(२) अनुसार अंक पाउने भनी प्रत्यर्थीलाई २६ अंक दिई गरिएको बढुवा निर्णय नियम ३.५.६ को प्रतिकूल छ । ३. प्रत्यर्थीले ३.५.६ को (क)(२) अनुसार अंक नपाउने भन्ने सम्बन्धमा नि.से.नि.को उक्त नियम– (साविक पेज नं. २९२) को उदाहरणबाट नै स्पष्ट गरेको छ ।