निर्णय नं. ९७१२ - ठगी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९७१२ - ठगी भाग: ५८ साल: २०७३ महिना: फागुन अंक: ११ फैसला मिति :२०७२/१२/२२ ६४६० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय फैसला मिति : २०७२।१२।२२ ०७०-CR-०२१८ मुद्दाः ठगी पुनरावेदक प्रतिवादी : प्युठान जिल्ला, बरौला गाउँ विकास समिति वडा नं. ७ बस्ने चित्रबहादुर जि.सी. विरूद्ध प्रत्यर्थी वादी : जिल्ला प्रशासन कार्यालय, प्युठानसमेतको जाहेरीले नेपाल सरकार कुनै काम कुरालार्इ कानूनले सम्बोधन गरिसकेको अवस्थामा कानूनको प्रस्ट व्यवस्थाबेगर यस्तो व्यवहारलार्इ भिन्नै प्रयोजनको लागि बनेको कानूनभित्र जबरजस्ती पार्ने काम गर्नु कानूनको अनुचित प्रयोग हुन्छ । कानूनले कसुर भनी परिभाषित नगरेको काम कुरा गरेको विषयलाई लिएर कसै उपर मुद्दा चलाउनु र ठहर गर्नु दुवै अनुचित हुने । (प्रकरण नं. ३) पुनरावेदक प्रतिवादीको तर्फबाट : प्रत्यर्थी वादीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री शम्भुराम कार्की पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री शेषराज शिवाकोटी माननीय न्यायाधीश श्री मिहिरकुमार ठाकुर फैसला न्या. गोविन्दकुमार उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- प्युठान जिल्ला, बरौला गाउँ विकास समिति वडा नं.७ बस्ने तनसरा विश्वकर्मालाई २०५० सालमा घर खर्चको लागि रू.१०,०००।- दिएको उक्त रूपैयाँको ब्याज जोडी २०५३ सालमा रू.२३,०००।- भएको थियो । उक्त रू.२३०००। को सावाँ ब्याज हिसाब गर्दा रू.४८,४००।- भएकोले प्रहरीको रोहवरमा मिति २०६४।२।२० मा जग्गा भोग गर्ने गरी रू.४८,४००।- को बन्धकी कागज बनाएको हुँ । जग्गा भोगचलन गर्न पाएको छैन । २०५८ सालमा गोरबहादुर वि.क.सँग रू.५,८००।- र मिति २०६७/५/२४ मा रू. १,०००।- ब्याज बापत बुझेको हुँ भनी चित्रबहादुर जि.सी.ले मिति २०६७।६।५ मा जिल्ला प्रशासन कार्यालय प्युठानमा गरेको बयान । प्युठान जिल्ला, बरौला गाउँ विकास समिति वडा नं.७ बस्ने चित्रबहादुर जि.सी.ले ऐ. बस्ने तनसरा विश्वकर्मालाई २०५० सालमा रू.१०,०००।- दिएकोमा उक्त रकमको दोब्बर / तेब्बर ब्याज जोडी तमसुक बनाउँदै दलित अशिक्षित महिलासँग २०६४ सालमा रू.४८,४००।- को बन्धकी कागज गराई समय समयमा ब्याज खाँदै ठगी गरेको हुँदा निज चित्रबहादुर जि.सी.लाई कारवाही गर्नु हुन भन्ने व्यहोराको जिल्ला प्रशासन कार्यालय, प्युठानको च.नं.८०५ मिति २०६७/६/५ को पत्र जाहेरी । प्युठान जिल्ला, बरौला गाउँ विकास समिति वडा नं.७ बस्ने चित्रबहादुर जि.सी.बाट २०५० सालमा घर खर्चको लागि रू.१०,०००।- रूपैयाँ लिएकोमा २०५३ सालमा साँवा ब्याज जोडी रू.२३,०००।- बनाई तमसुक गराएका हुन् । ब्याज घटाउन भनी २०५८ सालमा रू.५,८००।- दिएको थिएँ । ब्याज नघटाई २०६४ सालमा रू.४८,४००।- बनाई ५ रोपनी जग्गाको बन्धकी कागज गराई लिएका र २०६७ सालमा पनि ब्याज स्वरूप रू.१,०००।- लिई मलाई ठगी गरेको हुँदा निज चित्रबहादुर जि.सी.लाई आवश्यक कानूनी कारवाही गरिपाउँ भन्ने तनसरा विश्वकर्माको मिति २०६७।६।६ को जाहेरी दरखास्त । तनसरा विश्वकर्मालाई २०५० सालमा घरखर्चको लागि रू.१०,०००।- दिएको हुँ । गाउँघरको चलनचल्तीको ब्याज जोडी २०५३ सालमा रू.२३,०००।- बनाई तमसुक गराएको हुँ । २०५८ सालमा गोर बहादुर विश्वकर्माले मलाई ब्याज रकम रू.५,८००।- दिएका हुन् । उक्त रू.२३,०००।- को म्याद नाघेपछि कोही