निर्णय नं. ९७७२ - दर्ता बदर हक कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९७७२ - दर्ता बदर हक कायम भाग: ५९ साल: २०७४ महिना: असार अंक: ३ फैसला मिति :२०७२/१२/११ ५८१५ सर्वोच्च अदालत, पूर्ण इजलास सम्माननीय प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ फैसला मिति : २०७२।१२।११ ०७०-DF-०००५ मुद्दाः दर्ता बदर हक कायम पुनरावेदक प्रतिवादी : जिल्ला सोलखुम्बु टाप्टिङ्ग गा.वि.स. वडा नं. ६ बस्ने पुटी शेर्पासमेत विरूद्ध प्रत्यर्थी वादी : नेपाल दूरसञ्चार संस्थान सोलुखुम्बुको तर्फबाट अख्तियार प्राप्त ऐ. संस्थान केन्द्रीय कार्यालयको महाप्रबन्धक मुद्दा फैसला हुँदा के कस्तो फैसला भयो, मुद्दामा हारजित के भयो लगायतका फैसलाको के परिणाम आएको हो भन्ने कुराको वारेसले कागज गर्न नपाउने हो भने फैसलाबाट ठहर भएको वा हारजितको कुरा नै कायम नरहने अवस्था आउन सक्छ । फैसलाबमोजिम ठहरेको दण्ड जरिवाना कारणीले बेहोर्ने भए पनि मुद्दा ठहर वा हारजित के भयो भन्ने कुराको कागज गर्न वारेसले नपाउने भन्ने नहुने । (प्रकरण नं. ५) वस्तुतः अ.बं. १८५ र १९३ नं. बमोजिम फैसला सुनी पाएको कागज फैसला भएको तत्काल पछि अर्थात् फैसला भएकै दिन गराइने कागज हो । त्यस्तो फैसला सुनी नपाएसम्म मुद्दाको टुंगो नलाग्ने हुनाले फैसला सुनी पाउनेसम्मको अवस्थालाई मुद्दाको कारवाहीको अभिन्न अंग मान्नुपर्ने देखिन्छ । अ.बं. ६५(३) को व्यवस्थाले पनि मुद्दाको फैसलाको काम कारवाही टुंगो नलाग्दासम्म सम्बन्धित पक्षले नियुक्त गरेको वारेसको अधिकार समाप्त भई नसक्ने गरी तदनुरूपकै व्यवस्था गरेको देखिन्छ । अ.बं. १९३ नं. मा उल्लेख भएको पुनरावेदन गर्ने म्यादको गणना गर्दा पनि सम्बन्धित पक्ष रोहवरमा भई फैसला सुनेकोमा सोही मितिबाट पुनरावेदन गर्ने हदम्याद प्रारम्भ हुने । सम्बन्धित पक्ष रोहवरमा नभएको अवस्थामा निजका नाममा पुनरावेदनको म्याद जारी भई म्याद तामेल भएको मितिबाट पुनरावेदन गर्ने हदम्याद प्रारम्भ हुन्छ । फैसला हुँदा सम्बन्धित पक्षले अ.बं. ६५(३) बमोजिम नियुक्त गरेको वारेस पनि रोहवरमा रहन नपाउने भन्ने अर्थ गर्न मिल्ने देखिँदैन । सोहीबमोजिम मुद्दाको काम कारवाही एवम फैसलाको अभिन्न अंगको रूपमा रहेको फैसला सुनी पाएको कागज गर्ने अधिकार पनि त्यस्तो वारेसमा स्वाभाविकरूपमा नै निहित रहेको हुने । अ.बं. ६५(३) को व्यवस्थाबमोजिम फैसलाको परिणामअनुसारको दायित्व सम्बन्धित पक्षमा रहने भए पनि सो व्यवस्थाबमोजिम नियुक्त भएको वारेसले फैसला सुनी पाएको कागज गर्न पाउने भएपछि सो फैसलाउपर पुनरावेदन गर्ने हदम्याद पनि स्वाभाविकरूपमा सोही कागज गरेको मितिबाट नै प्रारम्भ हुन आउने । (प्रकरण नं. ६) मूलतः फैसला सुनी पाएको कागज भनेको मुद्दामा के फैसला भएको भन्ने जनाउसहितको फैसलाको परिणामको बारेमा सम्बन्धित पक्षलाई दिइने सूचना भएको र त्यस्तो कागज फैसला भएको तत्कालै पछि फैसला भएकै दिन गराइने भएकाले त्यस्तो कागज पनि फैसलाकै अभिन्न अंग मानिन्छ । फैसला हुँदा पक्ष रोहवरमा नरहेको अवस्थामा निजका नाउँमा घर ठेगानामा पुनरावेदनको म्याद तामेल हुन्छ । तर पक्षले अख्तियार गरेको वारेस फैसला हुँदासम्म रोहवरमा बसेका छ भने निजले पक्षको तर्फबाट फैसला सुनी पाएको कागज गर्न पाउने नै हुन्छ र त्यसरी वारेसले गरेको कागज पक्षको लागिसमेत बन्धनकारी हुने । (प्रकरण नं. ७) फैसला सुनी पाएको कागजसमेत मुद्दाको कारवाहीको अभिन्न अंग भएकाले सो प्रक्रियामा वारेससमेत संलग्न हुन पाउने भई वारेसले गरेको उक्त कार्य पक्षले नै