निर्णय नं. ९७१३ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९७१३ - लेनदेन भाग: ५८ साल: २०७३ महिना: फागुन अंक: ११ फैसला मिति :२०७३/०२/२७ ५१४५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ फैसला मिति : २०७३।०२।२७ ०७०-CI-०१७४ मुद्दाः लेनदेन पुनरावेदक वादी : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २९ ज्याठा बस्ने पुरूषोत्तमभक्त प्रधानाङ्ग विरूद्ध विपक्षी प्रतिवादी : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २७ ज्याठा बस्ने केशव श्रेष्ठसमेत विवादको पक्षले उठान नगरेको विषयमा प्रवेश गरी निर्णय गर्नु अगाडि न्याय निरूपण गर्ने निकायबाट गम्भीररूपमा विचार गर्नुपर्ने हुन्छ । वादीले सुरू फैसलाउपर चित्त नबुझाई पुनरावेदन गरेको अवस्थामा पुनरावेदन सुन्ने अदालतबाट पुनरावेदकले उठाएको प्रश्नहरूमा सम्बोधन नगरी प्राविधिक आधारमा मुद्दामा ठहर गर्नुपर्ने अवस्थामा त्यसको अन्तरवस्तुलाई विचार गर्नु अनिवार्य हुन्छ । मुद्दा खारेजी नै हुने प्राविधिक पक्ष मुद्दामा समावेश भएको खण्डमा मुद्दाको सम्बन्धित पक्षले त्यसलाई नै बढी जोड दिई दाबी खण्डन गर्नका लागि मुख्य आधार प्रमाणको रूपमा विषय उठाउने सम्भावना बढी हुने । सामान्यतया २०५५।१२।१६ को कपाली तमसुक लिखितको १० वर्षे अन्तिम हदम्याद २०६५।१२।१५ हुनेमा विवाद हुन सक्दैन । यस्तो स्वाभाविकरूपले अनुमान गर्न सकिने विषयमा प्रतिवादीले कुनै प्रश्न नउठाएको र सुरू अदालतले समेत निर्णयका क्रममा त्यसतर्फ प्रवेश गरेको नदेखिँदा पुनरावेदकीय अधिकारक्षेत्र प्रयोग गरी तल्लो निकायको निर्णयलाई नै परिवर्तन गर्न सक्ने अधिकार भएको अदालतबाट निर्णय गर्दा त्यस्तो विषयलाई सतही र हल्कारूपमा प्रमाणको रूपमा ग्रहण गरी निर्णय गर्नु उचित र तर्कसङ्गत मान्न नसक्ने । (प्रकरण नं. ३) पुनरावेदक वादीको तर्फबाट : विद्वान् अधिवक्ता विष्णुप्रसाद भुसाल विपक्षी प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ता कृष्णप्रसाद भण्डारी अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू फैसला गर्नेः मा.जिल्ला न्यायाधीश श्री लिप्तबहादुर थापा पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री माधवप्रसाद चालिसे माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला न्या. दीपकराज जोशी : पुनरावेदन अदालत, पाटनको मिति २०६८।४।१२ को फैसलाउपर वादीको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) बमोजिम यस अदालतमा निवेदन परी दोहोर्‌याई हेर्न निस्सा प्रदान भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ । काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २७ ज्याठा टोल बस्ने बलराम श्रेष्ठले घर खर्च गर्न भनी मिति २०५५।१२।१६ मा रू. १,००,०००।– रूपैयाँ एक वर्षभित्र साँवा ब्याज तिर्ने सर्तमा निजका छोरा विपक्षी केशव श्रेष्ठलाई साक्षी राखी तमसुक गरी ऋणबापत रकम लिनु भएको थियो । म्यादभित्र उक्त रकमको साँवा ब्याज नबुझाएको र बुझाउनको लागि पटक पटक अनुरोध गर्दा खेत बेचेर दिनेछु भन्दै वचन दिई रहनु भएकोमा निज ऋणी बलराम श्रेष्ठ २०६३ सालमा आफ्नो कालगतीले परलोक हुनुभयो । ऋणी बलरामको मृत्यु भएपश्चात्‌ निजको अंशहक खाने छोराहरू केशव श्रेष्ठ, दिपक श्रेष्ठ र ऋणीको श्रीमती समेत ३ जनासँग तपाइँको बाबु श्रीमान्‌ले खाएको ऋण तिर्नु पर्‌यो भन्दा तीनै जनाले एकमुष्ठरूपमा सबै रकम तिरौला भनी झुट्ठा आश्वासन दिई आलटाल गर्दै आएकोले मिति २०५५।१२।१६ गते ऋणी बलराम श्रेष्ठले लिनु भएको साँवा रू. १,००,०००।– (एकलाख) र सोको १० वर्षमा हुन