निर्णय नं. ९७७३ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९७७३ - कर्तव्य ज्यान भाग: ५९ साल: २०७४ महिना: असार अंक: ३ फैसला मिति :२०७३/०४/३२ ४३३४ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री गोपाल पराजुली फैसला मिति : २०७३।०४।३२ ०६८-CR-०२७७ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादी : पाँचथर जिल्ला, यासोक गा.वि.स. वडा नं.२ घर भई हाल कारागार कार्यालय पाँचथरमा थुनामा रहेकी लक्ष्मी लावती विरूद्ध प्रत्यर्थी वादी : निशासन रिमालको जाहेरीले नेपाल सरकार आत्मरक्षा वा प्रतिरक्षा फौजदारी कानूनले निर्धारण गरेका त्यस्ता परिस्थितिहरू हुन् जसको विद्यमानता भएको प्रमाणित भएमा वा स्थापित भएमा वारदातमा मुछिएको व्यक्तिले आपराधिक दायित्वबाट छुट वा सजायमा कमी हुने अवस्था रहने । आफूलाई गैरकानूनी आक्रमण गरिरहेका अवस्थामा उक्त आक्रमणबाट आफू बाँच्न नसक्ने वा भाग्न नपाउने वा आफ्नो धर्म वा सतीत्व बचाउन नसक्ने अवस्था भई आफू बाँच्न वा सतीत्व रक्षाका लागि प्रतिक्रियात्मक बल प्रयोग गर्दा ज्यान मर्न गएको अवस्थामा आपराधिक दायित्वबाट छुट वा उन्मुक्ति पाउने भन्ने कानूनको मकसद हो । अपितु आत्म रक्षाको दाबी लिने पक्षले उक्त सुविधा पाउनु पर्ने अवस्थाको विद्यमानता भएको स्थापित गर्न सक्नुपर्छ । त्यस्तो दाबी लिनु नै दायित्वबाट उन्मुक्तिको आधार हुन नसक्ने । (प्रकरण नं. ५) पुनरावेदक प्रतिवादीको तर्फबाट : प्रत्यर्थी वादीको तर्फबाट : अवलम्बित नजिर : ने.का.प. २०६६, अंक ११, नि.नं.८२७०, पृ.१९०५ सम्बद्ध कानून : मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ५ नं. र १३(१) नं. सुरू फैसला गर्नेः मा.जिल्ला न्यायाधीश श्री उमेशराज पौडेल पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री मोहनबहादुर कार्की माननीय न्यायाधीश श्री रेवन्तबहादुर कुँवर फैसला स.प्र.न्या. सुशीला कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिमस यस अदालतको क्षेत्राधिकारभित्रको भई हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः इलाम नगरपालिका २ स्थित अग्नीबहादुर कार्कीको घरा डेरा गरी बस्ने मृतक विरू भन्ने कल्याण रिमाल र विपक्षी लक्ष्मी लावतीबीचमा पहिलेदेखि नै उठ बस भई व्यापार व्यवसायसमेत साझेदारीरूपमा गर्ने गरेकोमा मिति २०६५।११।१० गते निज कल्याण रिमाल आफ्नो कोठामा शंकास्पद अवस्थामा मृत अवस्थामा फेला परेकोले विगतमा समेत निज लक्ष्मीसँग पटकपटक गालमुखाल परी लक्ष्मीले मृतकलाई कुटपिट गरेको बुझिएको र मिति २०६५।११।९ गते बेलुकी रू.४१,०००।- लक्ष्मी लावतीलाई कल्याण रिमालले राख्न दिएको तथा शेयरको गाडीको कारोबारमा समेत विवाद भएकोले लक्ष्मी लावतीले कल्याण रिमाललाई धारिलो हतियार प्रहार गरी मारेकोमा शंका लागेकोले आवश्यक कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको निशान रिमालले मिति २०६५।११।१० गते जिल्ला प्रहरी कार्यालय, इलाममा दर्ता गराए जाहेरी दरखास्त । अग्नी कार्कीको घर कोठामा मृतक विरू भन्ने कल्याण रिमालको कानबाट रगत आएको, दाहिने कानभन्दा माथि चोट रही रगत आइरहेको, दाहिने आँखामा निलो भएको देखिएको लास रहेको भन्नेसमेत व्यहोराको मिति २०६५।११।१० गतेको घटनास्थल लास जाँच मुचुल्का । मिति २०६५।११।९ गते मेरो साथी विरू भन्ने कल्याण रिमाल तथा मसमेत भई माईखोलामा रम मासु खाई बेलुका अं. राति ११ बजेतिर मातेको अवस्थामा मैले नै निजलाई बोकी ल्याई विरूकै छेउको कोठामा रहेको लक्ष्मी लावतीको कोठामा लगी विरूले मलाई दिएको पैसा विरूले नै लक्ष्मी लावतीलाई राख्न दिई विरू र म विरूकै