निर्णय नं. ९७१४ - गैंडा मारी खाग बिक्री व्यवसाय गरेको ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९७१४ - गैंडा मारी खाग बिक्री व्यवसाय गरेको । भाग: ५८ साल: २०७३ महिना: फागुन अंक: ११ फैसला मिति :२०७३/०१/१६ ५०७५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर जबरा फैसला मिति : २०७३।०१।१६ मुद्दाः गैंडा मारी खाग बिक्री व्यवसाय गरेको । ०७०-CR-०४५८ पुनरावेदक / प्रतिवादी : जिल्ला चितवन पदमपुर १ को हाल मकवानपुर जिल्ला हाडखोला गाउँ विकास समिति वडा नं. ७ घर भई हाल क्षेत्रीय कारागार भिमफेदी मकवानपुरमा थुनामा रहेको मुन्ना प्रजा विरूद्ध प्रत्यर्थी / वादी : स.स.अ. अणनाथ बरालसमेतको जाहेरीले नेपाल सरकार ०७०-CR-०४५७ प्रत्यर्थी / वादी : स.स.अ. अणनाथ बरालसमेतको जाहेरीले नेपाल सरकार विरूद्ध पुनरावेदक / प्रतिवादी : जिल्ला चितवन पदमपुर गाउँ विकास समिति वडा नं. १ बस्ने कविराज मगरसमेत कुनै कसुरमा एकभन्दा बढी प्रतिवादीहरूलाई तत्सम्बन्धी ऐनको एउटै दफाको सजायको माग गरिएको भएपनि कानूनले निर्णयकर्तालाई विवेक प्रयोग गर्ने अधिकार प्रदान गरेको अवस्थामा मिसिल संलग्न कागज प्रमाणहरूको विष्लेषण गरी वारदातमा व्यक्तिपिच्छे प्रतिवादीको संलग्नता, भूमिका जस्ता विषयहरू पहिचान गरी वारदात घटाउन नेतृत्व लिएको, सहायकको भूमिकामा रहेको, आफैँ प्रहार गरेको, गौँडा कुरेको, सुराकीको भूमिका निर्वाह गरेको, लाभ लिने कार्यमा सहभागी भए नभएको, हातहतियारको बन्दोबस्त आदि गरे नगरेको लगायतका थुप्रै विषयहरूका आधारमा अमुक कसुर घटाउनमा कुनै प्रतिवादीको के कति भूमिका र हिस्सा छ त्यही आधारमा कसुरको मात्राअनुसार सजाय निर्धारण हुने हुँदा एउटै किसिमको अभियोगदाबी भएका सबै प्रतिवादीहरूलाई समान सजाय हुनुपर्छ भनी मान्न नमिल्ने । (प्रकरण नं. ५) फौजदारी कानूनको उल्लङ्घनका लागि सजाय निर्धारण गर्दा विभिन्न सिद्धान्त र अवधारणाहरूको प्रयोग हुँदै आएको पाइन्छ । Mitigating factors भन्नाले कुनै व्यक्तिलाई अदालतले कसुरदार ठहर्याएपछि निजलाई कम सजाय गर्न लिने आधारहरूलाई बुझिन्छ भने Aggravating factors भन्नाले कसुरको गम्भीरता बढाउने र अधिकतम सजाय गर्ने आधारहरूलाई बुझिन्छ । Mitigating factors का लागि जो विरूद्ध अपराध भएको छ । उसैको उक्साहटको कारण अपराध घटाउन कसुरदार प्रेरित भएको अवस्था, कसुरदारको मानसिक अवस्था, उमेर, उक्त अपराध घटाउन कसुरदारको अत्यन्त कम भूमिका, कसुरदारको पूर्व आपराधिक रेकर्डको अभाव, अपराध घटाउन पीडितको संलग्नतासमेत रहेको अवस्था, अपराध गर्दाको अवस्था र परिस्थिति आदिको आधारमा विधायिकाले न्यूनतम सजाय गर्ने गरी कानूनमा नै व्यवस्था गरिदिएको वा निर्णयकर्ता (Judge) लाई तत्सम्बन्धी विवेक प्रयोग गर्ने अधिकार प्रदान गरेको अवस्थाहरू पर्दछन् । जबकी Aggragating factors पटके अपराधी, पीडितलाई पुगेको क्षतिको गम्भीरता, कसुर घटाउन कसुरदारको नेतृत्वपूर्ण भूमिका, सामाजिकरूपमा अत्यन्त निकृष्ठ र अनैतिक मानिने कसुर, पदको आडमा गरिने कसुर र क्रूर तथा यातनापूर्ण तवरले गरिएको अपराध, अपराधमा घातक हतियारको प्रयोग आदि जस्ता आधारमा विधायिकाले अधिकतम सजाय गर्ने भनी कानूनमा नै व्यवस्था गरिदिएको वा निर्णयकर्तालाई तत्सम्बन्धमा विवेक प्रयोग गर्ने अधिकार प्रदान गरेको अवस्थाहरू पर्दछन्, हाम्रो प्रचलित नेपाली फौजदारी कानूनमा पनि कसुरदारलाई कुनै कसुरका लागि दायित्व वहन गराउनेसम्बन्धी विभिन्न सिद्धान्तहरूको व्यवस्था भएको पाइने । कतिपय कसुरका लागि सजाय निर्धारणमा न्यायाधीशलाई विवेक प्रयोग गर्न कुनै स्