निर्णय नं. ९७७४ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९७७४ - कर्तव्य ज्यान भाग: ५९ साल: २०७४ महिना: असार अंक: ३ फैसला मिति :२०७३/०२/०३ ४३४५ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु.प्रधानन्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री गोपाल पराजुली फैसला मिति :२०७३।२।३ ०६८-CR-१३९५ मुद्दा : कर्तव्य ज्यान पुनरावेदक प्रतिवादी : दैलेख जिल्ला, भवानी गाउँ विकास समिति वडा नं. १ साहू बाडा घर भई हाल कारागार कार्यालय दैलेखमा थुनामा रहेका ईश्वर बोगटी विरूद्ध प्रत्यर्थी वादी : शम्शेर बोगटी र खगेन्द्रबहादुर बस्नेतसमेतको जाहेरीले नेपाल सरकार असहाय पक्षलाई कानून व्यवसायी उपलब्ध गराई स्वच्छ सुनुवाइको मौका नदिएको भन्ने पुनरावेदन जिकिरको सम्बन्धमा विचार गर्दा फौजदारी मुद्दामा सुनुवाइको मौका नदिई एकतर्फीरूपमा निर्णयमा पुग्ने कार्यलाई कानूनसम्मत भएको कार्य मान्न मिल्दैन । प्रत्येक व्यक्तिले आफू विरूद्ध लागेको अभियोगमा सफाई दिने अवसर पाउने हक व्यक्तिको नैसर्गिक अधिकारको विषय हो । अभियोग लागेको व्यक्तिलाई सुनुवाइको मौका नदिई गरेको कुनै निर्णयले कानूनी मान्यता प्राप्त गर्न नसक्ने । आफ्नो विरूद्धमा लगाइएको अभियोगको विरूद्धमा प्रतिरक्षा गर्नका लागि पक्षले रोजेको कानून व्यवसायी राख्न पाउने र त्यस्तो कानून व्यवसायी राख्न नसक्ने असक्षम र असमर्थ पक्षलाई निःशुल्क कानूनी सहायता उपलब्ध गराउनु राज्यको कर्तव्य हुन आउने । (प्रकरण नं. ४) सुनुवाइको मौका दिइसकेपछि आरोपित व्यक्तिले दिएको जवाफ र अन्य सम्बद्ध तथ्य वा प्रमाणको मूल्याङ्कन गरी कानूनद्वारा निर्दिष्ट सीमाभित्र रही सजाय तोक्नु अख्तियारवालाको दायित्व र कर्तव्य हो । प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट बहस पैरवी गर्नका लागि पुनरावेदन अदालत, सुर्खेतले कानून व्यवसायीको व्यवस्था गर्ने कार्य नगरी सुनुवाइको मौकाबाट वञ्चित गरी निर्णयमा पुगेको कार्यलाई प्राकृतिक न्यायको सिद्धान्त एवं संवैधानिक व्यवस्थासमेतको अनुकूल कार्य मान्न नमिल्ने । (प्रकरण नं. ५) आफ्नै आमालाई कुटपिट गर्दा लडी बेहोस भएपछि घरमा गई डोरी खोजी ल्याई झुन्ड्याउने कार्यलाई मनसायरहित कार्य भन्न मिलेन । मार्नेसम्मको मनसाय नभएको भए आफूले प्रहार गरेको मुक्काको कारण बेहोस भई भुइँमा लडेपछि होसमा ल्याउने प्रयास गर्न सक्ने थिए । त्यसो नगरी उल्टै डोरीको पासो लगाई झुन्ड्याई मारेको अवस्थामा मनसाय नभई तत्काल उठेको रिस थाम्न नसकी आवेशप्रेरित हत्या हुन गएको भन्न नसकिने । (प्रकरण नं.६) पुनरावेदक प्रतिवादीको तर्फबाट : विद्वान् वैतनिक अधिवक्ता किरणकुमारी गुप्ता प्रत्यर्थी वादीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. र १३(३) नं. सुरू फैसला फैसला गर्ने न्यायाधीश: मा.जिल्ला न्यायाधीश श्री ठाकुरप्रसाद शर्मा पुनरावेदन तहमा फैसला गर्ने: मा.मुख्य न्यायाधीश श्री गोविन्दकुमार श्रेष्ठ माननीय न्यायाधीश श्री रत्नबहादुर बागचन्द फैसला स.का.मु.प्र.न्या. सुशीला कार्की : पुनरावेदन अदालत, सुर्खेतको मिति २०६८।९।१२ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) अन्तर्गत यस अदालतमा दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ:- जाहेरवाला शम्शेर बोगटी श्री गोरख दल गण बर्दिया गुलरियाबाट ४ दिनको बिदामा आमालगायत परिवार भेट्न घर आएको र बुबा नमराज बोगटी १२/१३ वर्षदेखि भारततर्फ गएका हालसम्म घरमा फर्की नआएकामा आमा लल्ता बोगटी मिति २०६७।९।१५ गते दिँउसो १/२ बजेको समयमा घाँस काट्न गएकी