निर्णय नं. ९७७५ - अध्यक्ष पदमा नियुक्ति हुने उद्देश्यले झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९७७५ - अध्यक्ष पदमा नियुक्ति हुने उद्देश्यले झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको भाग: ५९ साल: २०७४ महिना: असार अंक: ३ फैसला मिति :२०७३/०३/१३ ३५३४ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु.प्रधानन्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय फैसला मितिः २०७३।३।१३ ०७०-CR-१७३४ मुद्दाः अध्यक्ष पदमा नियुक्ति हुने उद्देश्यले झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको पुनरावेदक प्रतिवादी : रूपन्देही जिल्ला, खुदावागर गाउँ विकास समिति वडा नं. ३ बस्ने उच्च माध्यमिक विद्यालय खुदावागर, रूपन्देहीका विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष नागेन्द्रबहादुर तिवारी विरूद्ध प्रत्यर्थी वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तर्फबाट सुग्रीबप्रसाद यादवको उजुरी निवेदनले नेपाल सरकार पुनरावेदक प्रतिवादीले झुट्टा प्रमाणपत्र बनाए नबनाएको सम्बन्धमा कतैबाट प्रश्न नउठेको हुँदा प्रमाणपत्र बनाएको मितिमा लागू रहेको कानून अर्थात् भ्रष्टाचार निवारण ऐन, २०१७ आकर्षित हुने नभई निज प्रतिवादीले फाइदा प्राप्त गर्नका लागि उक्त प्रमाणपत्र पेस गरेको समयमा तत्काल बहाल रहेको कानूनी व्यवस्था नै आकर्षित हुने हुँदा प्रतिवादीका हकमा भ्रष्टाचार निवारण ऐन, २०५९ नै आकर्षित हुने । (प्रकरण नं. ७) पुनरावेदक प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ता दिनेश त्रिपाठी प्रत्यर्थी वादीको तर्फबाट : अवलम्बित नजिर : ने.का.प. २०६५, नि.नं.७९७४, अंक ६ सम्बद्ध कानून : भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) सुरू फैसला गर्ने: अध्यक्ष मा.न्या. श्री केदारप्रसाद चालिसे सदस्य मा.न्या. श्री मोहनरमण भट्टराई सदस्य मा.न्या. श्री भूपेन्द्रप्रसाद राई फैसला स.का.मु.प्र.न्या. सुशीला कार्की : विशेष अदालत, काठमाडौंको मिति २०७०।९।२१ को फैसलाउपर विशेष अदालत ऐन, २०५९ को दफा १७ अन्तर्गत यस अदालतमा दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ:- उच्च माध्यमिक विद्यालय, खुदावागर, रूपन्देहीको विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष नागेन्द्रबहादुर तिवारीले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएकाले उक्त शैक्षिक प्रमाणपत्र छानबिन गरी आवश्यक कारवाही गरिपाउँ भन्ने सुग्रीबप्रसाद यादवको अख्तियार दुरूपयोग अनुसन्धान आयोगसमक्ष पेस भएको उजुरी पत्र । जिल्ला शिक्षा कार्यालय, रूपन्देहीको च.नं.९२४ मिति २०६८।९।२० को पत्रसाथ यस आयोगमा प्राप्त उच्च माध्यमिक विद्यालय, खुदावागर, रूपन्देहीको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नागेन्द्रबहादुर तिवारीको माध्यमिक शिक्षा परिषद्‌ क्षेत्रीय कार्यालय वाराणसी, उत्तर प्रदेश, भारतबाट सन् २००१ मा अनुक्रमाङ्क २०१६३१४ बाट हाइस्कुल परीक्षा उत्तीर्ण गरी प्राप्त गरेको भनिएको प्रमाणपत्र ठीक हो होइन भनी प्रमाणीकरणको लागि उच्च माध्यमिक शिक्षा परिषद्‌ सानोठिमी, भक्तपुरमार्फत सम्बन्धित बोर्ड / परिषद्‌‌मा पठाउँदा उक्त परिषद्‌को पत्राङ्क मा.शि.प. / क्षे.का.वा / हाईस्कुल / इन्टर / अभिलेख / सत्यापन ५२१५ दिनाङ्क ३१।१२।१२ को पत्रसाथ प्राप्त प्रमाणीकरण विवरणको सि.नं. २५ मा परीक्षार्थीको नाम नागेन्द्रबहादुर तिवारी लेखिएको ठाउँमा गोलो लगाई MUSTKIM AHMAD लेखी, पिताको नाम काशीराम तिवारी लेखिएको ठाउँमा गोलो लगाई JAMIL AHMAD लेखी जन्म मिति १४-८-७३ गोलो लगाई परीक्षा हाइस्कुल वर्ष २००१ अनुक्रमाङ्क २०१६३१४, कलेजको नाम MG