निर्णय नं. ९७७६ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९७७६ - कर्तव्य ज्यान भाग: ५९ साल: २०७४ महिना: असार अंक: ३ फैसला मिति :२०७३/०१/२० २९२६ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु.प्रधानन्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७३।१।२० ०७२-RC-०१६० मुद्दाः कर्तव्य ज्यान वादी : पेम्बा लामाको जाहेरीले नेपाल सरकार विरूद्ध प्रतिवादी : जिल्ला इलाम, एकतप्पा गा.वि.स. वडा नं.१ घर भई हाल जिल्ला इलाम, इलाम नगरपालिका वडा नं. ६ बस्ने भई हाल कारागार कार्यालय, इलाममा रहेका विशेष राई, मनोज राई भन्ने यामबहादुर राई कुनै विशेष परिस्थितिमा गरिएको कार्यबाट ज्यान मरेकोमा बात नलाग्ने गरी कानूनमा उल्लेख गरिएका उन्मुक्तिका आधारहरू पूर्वयोजनाबमोजिम आपराधिक मानसाय राखी गरिएको कार्यमा समेत लागू हुने र त्यस्ता आधारहरूको साहारा लिन पाउने भन्ने हुँदैन । सो परिस्थिति प्रमाणबाट पुष्टि हुनुपर्ने । (प्रकरण नं. ७) वादीको तर्फबाट : प्रतिवादीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू फैसला गर्नेः मा.जिल्ला न्यायाधीश श्री प्रकाश ढुंगाना पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री माधवप्रसाद पोखरेल माननीय न्यायाधीश श्री प्रमोदकुमार श्रेष्ठ वैद्य फैसला स.का.मु.प्र.न्या. सुशीला कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा १० बमोजिम साधकको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- जिल्ला इलाम, गोदक गा.वि.स.वडा नं.५ स्थित पूर्वमा मेची राजमार्ग, पश्चिममा मोहनप्रसाद सिंजालीको चियाबारी, उत्तरमा मेची राजमार्ग, दक्षिणमा कर्णबहादुर कटुवालको घर, यति चार किल्लाभित्र भएको टिनको छानो टाटी र टिनको बेरा भएको कृष्णबहादुर कटुवाल भन्ने किशोर कटुवालको तिनकोठे भुइँ घर, उक्त घरको उत्तरतर्फको कोठामा पश्चिम ढोका भई रहेको भान्साघरको ढोकाभित्र मिति २०७१।२।२७ गते बेलुकी अं.७.३० बजेको समयमा हाल जिल्ला इलाम, इलाम नगरपालिका वडा नं.६ बस्ने विशेष राई, मनोज राई भन्ने यामबहादुर राईले आफ्नो झड्केलो छोरा टासी लामा र सँगै काम गर्ने जंगबहादुर राईलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको र निज प्रतिवादीले उक्त धारिलो हतियार आफैँले बोकी लगी घटनास्थलबाट भागी फरार भएका, घटनास्थलमा रगत जस्तो रातो पदार्थका छिटाहरू लागी सुकेको अवस्थामा रहेको, घटनास्थलमा भएको काठको पिरा र बाँसको भाटाको टुक्रामा रगत जस्तो रातो पदार्थ लागेकोले सो पिरा र बाँसको टुक्रासमेत प्रहरीले बरामद गरी लगेको हो भन्नेसमेत व्यहोराको मिति २०७१।२।२८ को घटनास्थल मुचुल्का । प्रतिवादी विशेष राई, मनोज राई भन्ने यामबहादुर राईसँग हाम्रो आमाले दोस्रो विवाह गरी आउनु भएकोमा हामीहरूसमेत निज हाम्रा झड्केला बाबुसँगै बस्दै आएका थियौ । यस्तैमा प्रतिवादी मेरो दाजु टासी लामा र मसमेत भई निमा शेर्पाको बौद्ध निर्माण सेवाले निर्माण गरी रहेको जिल्ला इलाम, गोदक गा.वि.स.वडा नं.५ स्थित मेची राजमार्गको नाली मर्मत गर्ने काम गर्दथ्यौं । सो क्रममा हामी ऐ. स्थितमा भएको कृष्णबहादुर कटुवालको घरमा कोठा बसी काम गर्दै आएकोमा मिति २०७१।२।२७ गते बेलुकी अं.७.३० बजेको समयमा मेरो दाजु टासी लामालाई प्रतिवादी यामबहादुर राईले धारिलो हतियार सिक्कलले एक्कासी टाउकोमा पछाडिपट्टिबाट प्रहार गरी सख्त घाइते बनाएकोमा सँगै काम गरी बस्ने जंगबहादुर राई तथा मसमेत छुट्याउन गएकोमा निज जंगबहादुर राईसमेतलाई निज प्रतिवादीले टाउकोमा ताकी धारिलो हतियार प्रहार गरी घाइते बनाएकोमा तत्काल उपच