निर्णय नं. १५२७ - उत्प्रेषणको आदेश जारी गरि पाऊँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १५२७ - उत्प्रेषणको आदेश जारी गरि पाऊँ । भाग: २४ साल: २०३९ महिना: बैशाख अंक: १ फैसला मिति :२०३८/१२/०३ २१८६ निर्णय नं. १५२७ ने.का.प. २०३९ अङ्क १ फुलबेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०३७ सालको रि.फु.नं. ५३ आदेश भएको मिति : २०३८।१२।३ मा निवेदक : का.न.पं.वडा नं.२४ जुद्ध सडक दुगंवहिल बस्ने इच्छाहर्ष बज्राचार्य विरुद्ध विपक्षी : ऐ.वडा नं.२२ का.जि.दुगंवहिल बस्ने नाती महर्जन बिषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) किलास गारोतर्फ तेरो मेरोको प्रश्नमा हक बेहक हुने गरी नगर पञ्चायत ऐन, २०१९ को दफा ४९(२) को विरुद्ध काठमाडौं नगर पञ्चायत बैठकबाट निर्णय गरेकालाई यस अदालत डिभिजन बेञ्चबाट ०३५।८।७।४ मा रिट जारी गरेको बेगल बेगल रुपको मुद्दा भई हक बेहककै प्रश्न निर्णय गर्नुपर्ने प्रस्तुत मुद्दामा निवेदकको हक नभएको भनी ठहर हुन जाँदा यस अधिकार क्षेत्रबाट हक बेहकको निर्णय हुने हुँदा रुलिङ बाझिएको भनी ठहर गर्न नमिल्ने । (प्रकरण नं. ९) आदेश न्या.हेरम्बराज १. २०३७।७।८।५ मा भएको निर्णयमा रुलिङ बाझियो भनी निवेदकको निवेदन परेकोमा स.अ. नियमावली, ०२१ को नियम ३३(ख) अनुसार निर्णयार्थ यस बेञ्चसमक्ष पेश हुनआएको रहेछ । २. उक्त नातीचा महर्जनको घर समेतको ४ किल्ला भित्रको का.जि.जुद्ध सडक नछेटोलको ब्लक नं ६/३५८ को घर छाना भत्काई तथा थपी नक्सा बमोजिम बनाउन पाउँ भन्ने समेत विपक्षी इच्छाहर्षको नक्सा दर्खास्त, विपक्षीको घरदेखि उत्तरपट्टिको मेरो किलास ६।। इन्च मिच्ने गरी नक्सा दर्खास्त दिएको, ०२६।११।११।१ मा मुद्दा पर्दा पर्दै न.पा.बेगर बनाई मेरो पाखा काट्ने गरी किलास मिची घर बनाई ल्याएको रोकी पाउँ भनी प्र.पं.ज्यूमा निवेदन दिएकोमा आवश्यक कारवाही गरी दिनु भन्ने आदेश भएको थियो । उजुरी दिई सकेपछि दिइएको नक्सा दर्खास्त खारेज गरी पाउँ भन्ने समेत निवेदक नाती महर्जनको उजुरी र बनाउने भनेको घर म समेतको हक भन्ने समेत अष्टमानको सरजमिनमा उजुरी परेकोमा बनाउने घरमा हक बेहक पर्न आएको चित्त नबुझ्नेले अदालतमा नालेस गरी हक बेहक गर्न जानु भनी सुनाउनु भन्ने ०२८।४।१० को नक्सा मुद्दा फाँटको पर्चा उपर विपक्षी इच्छाहर्षको पुनरावेदन परेकोमा अष्टमान समेतसँगको लिखत बदर मुद्दा वादी इच्छाहर्षले बनाउन नक्सा दर्खास्त दिएको घर वादीको ठहरेको ओभरसियरको रिमार्क अनुसार गार्हो इच्छाहर्षको घरसँग मिलन भई गएको भन्ने लेखिएकोले नक्सा पारित हुने ठहर्छ । हक बेहकमा पठाउने भन्ने सुरु नक्सा मुद्दा फाँटको पर्चा बदर हुने ठहर्छ भन्ने समेत विपक्षी काठमाडौं नगर पञ्चायत बैठकको मिति ०३५।८।७।४ को फैसला रहेछ। ३. रिट निवेदन जिकिर यस प्रकार छ : मेरो उजुरीमा विपक्षीको घरदेखि उत्तरपट्टि मेरो किलास ६।। इन्ची मिचिने गरी नक्सा दर्खास्त गरे भन्ने समेत प्रष्ट लेखिएकोमा सो ६ इन्ची मिचिएकोमा हक बेहक गरी नक्सा पास गर्ने भनी ठहर फैसला भएको छ । सो नगरपञ्चायत ऐन, ०१० को दफा १७ को (ढ) र उक्त ऐनको दफा ४९ को विरुद्ध छ । अ.बं.३५ नं.ले बदरभागी छ । सो फैसलाले मेरो कानूनी हकमा आघात भएको छ, का.न.पं.बैठकको ०३५।८।७।४ को निर्णय उत्प्रेषण लगायत जुन उपयुक्त हुन्छ, आज्ञा आदेश वा पूर्जि जारी गरी मेरो मौलिक हक प्रचलन गराई पाउँ भन्ने समेत निवेदन जिकिर । ४. निवेदकको घरदेखि दक्षिण तर्फ ६ इन्ची किलास मिच्ने गरी र पास भन्दा बढी घर नबनाएको हकबेहक गर्नपर्ने देखिन नआएकोले नक्सा पास गरी दिने फैसल