निर्णय नं. ९७१६ - अंश चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९७१६ - अंश चलन भाग: ५८ साल: २०७३ महिना: फागुन अंक: ११ फैसला मिति :२०७२/०५/०१ ४९६५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ फैसला मिति : २०७२।०५।०१ मुद्दा : अंश चलन ०६४-CI-०८८१ पुनरावेदक प्रतिवादी : जिल्ला भक्तपुर, गुण्डु गाउँ विकास समिति वडा नं. ७ वस्ने सूर्यप्रसाद श्रेष्ठसमेत विरूद्ध प्रत्यर्थी वादी : ऐ.ऐ वडा नं. ७ बस्ने दिलबहादुर कोजु ०६४-CI-०९५७ पुनरावेदक वादी : जिल्ला भक्तपुर, गुण्डु गाउँ विकास समिति वडा नं. ७ बस्ने दिलबहादुर कोजु विरूद्ध प्रत्यर्थी प्रतिवादी : जिल्ला भक्तपुर, गुण्डु गाउँ विकास समिति वडा नं. ७ मूल घर भई हाल दधिकोट गाउँ विकास समिति वडा नं. ७ बस्ने बक्कलाटो मदन कोजुको हकमा संरक्षक भई आफ्नो हकमा समेत ऐ. ऐ. बस्ने विश्वराम कोजुसमेत ०६४-CI-१०२० पुनरावेदक प्रतिवादी : जिल्ला भक्तपुर, गुण्डु गाउँ विकास समिति वडा नं. ७ वस्ने मदन कोजुको हकमा संरक्षक भई आफ्नो हकमा समेत ऐ. ऐ. बस्ने विश्वराम कोजुसमेत विरूद्ध प्रत्यर्थी वादी : जिल्ला भक्तपुर, गुण्डु गाउँ विकास समिति वडा नं. ७ वस्ने दिलबहादुर कोजु वस्तुतः घरसारमा भएको अंश छोडपत्रको लिखतबाट स्वतः मानो छुट्टिएको मिति यकिन हुन सक्तैन । कुनै न कुनैरूपमा त्यस्तो घरसारको लिखत वास्तविक व्यवहारबाट नै कार्यान्वयन भएको औपचारिक रूपबाट देखिनु पर्ने । (प्रकरण नं. ११) सामान्यतया अंश हुँदा चल सम्पत्तिको हकमा हात हातै बुझी लिए भन्ने व्यहोरा उल्लेख गर्ने गरिन्छ । अंश गर्दा लेखिने त्यस्तो कुराले औपचारिक ढाँचासम्म निभाउनको लागि पनि व्यक्त गरिने हुन्छ । चल सम्पत्तिको यथार्थ विवरण नाप, तौल, गन्ति गरी छुट्याइएको र त्यस्तो लिखत निर्विवाद रहेको अवस्थामा त्यस्तो लिखतको प्रमाणिकता छुट्टै हुन जान्छ । वस्तुतः पारित नभएको घरसारमा भएको अंश बुझेको भरपाईमा उल्लिखित सम्पत्ति हात हातै बुझी लिएको भन्ने व्यहोराबाट सो अंश भरपाई कार्यान्वयन भइसकेको भन्न नमिल्ने । (प्रकरण नं. १२) मानो छुट्टिएको लिखतले मान्यता प्राप्त गर्न अनिवार्यरूपमा रजिस्ट्रेसनको महलअनुसार पारित भएको हुनु पर्दछ । व्यवहार प्रमाणबाट कार्यान्वयन नै हुन नसकेको घरायसी अंश छोडपत्रको लिखतले मानो छुट्टिएको मिति निर्धारण गर्न सक्तैन । घरसारको अंश बुझेको भरपाई अनुसार कार्यान्वयन भई अंशबन्डा भई गएको घर जग्गा दर्ता भएको र दुवै पक्षले स्वीकार गरेको अवस्थामा त्यस्तो घरायसी लिखतबाट मानो छुट्टिएको मितिको बारेमा निष्कर्षमा पुग्न मद्दत गर्न सक्ने । (प्रकरण नं. १३) व्यवहारमा अंश प्राप्त गर्न नसकेको घरायसी लिखतले अंश जस्तो मुद्दामा मानो छुट्टिएको विषयमा महत्त्वपूर्ण प्रमाणको रूप लिन सक्दैन । घरायसी लिखत अनुसार कार्यहरू नभएपछि सो लिखत गर्नुभन्दा अघिको स्थितिमा कुनै परिवर्तन नभई पूर्ववत् अवस्थामा नै रहन जाने । (प्रकरण नं. १४) वादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादव, विद्वान् अधिवक्ताहरू शेरबहादुर कार्की र सानु सुवाल प्रतिवादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता हरिहर दाहाल, विद्वान् अधिवक्ताहरू प्रविणता वस्ती, नन्दप्रसाद अधिकारी, नरप्रसाद थापा र मातृका निरौला अवलम्बित नजिर : नेकाप २०५२, अंक २, नि.नं.५०४७ नेकाप २०६८, अंक ९, नि.नं.८६७९ सम्बद्ध कानून : सुरू फैसला गर्नेः माननीय जिल्ला न्यायाधीश श्री मिरा खड्का पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री दुर्गाप्रसाद