निर्णय नं. ९७७९ - मोही नामसारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९७७९ - मोही नामसारी भाग: ५९ साल: २०७४ महिना: असार अंक: ३ फैसला मिति :२०७३/०५/१० ५९१८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति : २०७३।०५।१० ०६९-CI-०५३० मुद्दाः मोही नामसारी पुनरावेदक प्रतिवादी : जिल्ला काठमाडौं तीनथाना गा.वि.स. वडा नं. २ बस्ने मुरली दमिनी विरूद्ध विपक्षी वादी : जिल्ला काठमाडौं तीनथाना गा.वि.स. वडा नं. २ बस्ने गालु दमिनी जग्गाधनीको जग्गा कमाएबापत प्राप्त हुने मोहियानी हक कानूनबमोजिम निष्काशन वा मोही लगत कट्टा नभएसम्म स्वतः समाप्त हुने देखिँदैन । मोही हक कानूनी हक भएको हुँदा कानूनबमोजिम मात्र समाप्त हुनेहुन्छ । भूमिसम्बन्धी ऐन, २०२१ दफा २९ ले मोही हक समाप्त हुने निश्चित आधार तोकेको देखिन्छ । कानूनले निश्चित गरेको उक्त व्यवस्थाविपरीत मोहीहक समाप्त हुने भन्न नमिल्ने । (प्रकरण नं. ३) भूमिसम्बन्धी ऐन, २०२१ दफा २६(१) अनुरूप मोहीका हकदारका नाममा मोही नामसारी गर्नुपर्ने निश्चित हदम्याद तोकेको देखिँदैन । ऐनले मोहियानी नामसारी गर्नलाई कुनै हदम्यादको व्यवस्था गरेको नदेखिँदा मोहीका हकदारले जहिलेसुकै नामसारी गराई लिन सक्ने देखिने । साबिक मोही बाबुराम दमाईको नामको मोहियानी हक निजको शेषपछि हकखाने छोरा सानु दमाईका नाममा सर्न आउनेमा कुनै कानूनी अड्चन नरहेको अवस्थामा नै मोहियानीहक बुहारीका नाममा समेत नामसारी हुनसक्ने कानूनी प्रावधान लागू भएको हुँदा वादीको पतिले आफ्नो जीवनकालमा आफ्नो नाममा मोही नामसारी नगराएकै आधारमा निजलाई प्राप्त हुने मोही हक स्वतः समाप्त भएको भन्न नमिल्ने । (प्रकरण नं. ४) पुनरावेदक प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ता इन्द्र खरेल विपक्षी वादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ अवलम्बित नजिर : सम्बद्ध कानून : भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१), २९ सुरू तहमा फैसला गर्नेः भूमिसुधार अधिकारी श्री दिनेशप्रसाद शर्मा पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री टीकाबहादुर हमाल माननीय न्यायाधीश श्री सत्यराज गुरूङ फैसला न्या. बैद्यनाथ उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन दर्ता भई पेस हुन आएको प्रस्तुत मुद्दा मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः मेरो ससुरा बाबुराम दमाई (परियार) को नाममा मोहयानी हक कायम भएको का.जि. तिनथाना गा.वि.स. वडा नं. २ साबिक कि.नं. ७६ कि.का. भई कायमी कि.नं. २४३ को क्षेत्रफल ०-८-२-० जग्गाको ज.ध. मा का.जि. तिनथाना गा.वि.स. वडा नं. २ बस्ने मुरली दमिनी भएको उक्त जग्गाको मोही मेरो ससुरा बाबुराम दमाई परियारको मृत्यु २०२२ सालमा र सासु कान्छी नानी दमाई परियार २००६ सालमा परलोक भएकोमा निज मृतकहरूको हक अपुताली खाने हकदार एक मात्र छोरा मेरो पति सानु दमाई भएकोमा उहाँको पनि मिति २०६१/४/१ मा मृत्यु भएको हुँदा उहाँहरूको शेषपछि हक खाने म गालु दमिनी १, राजु परियार १, राजकुमार परियार १ समेत जना ३ भए पनि सो जग्गा मोहीको दायित्व पूरा गरी मैले जोत कमोद गरेको हुँदा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम मृतक मोही सुसरा बाबुराम दमाई (परियार) को नामबाट दाबीको कि.नं. २४३ को मोहीहक मेरा नाममा नामसारी गरिपाउँ भन्ने गालु दमिनीको निवेदन माग दाबी । मेरो बुढा ससुरा भूते दमाई भन्ने भोटे दमाई र सासु डल्ली दमाईको कोखबाट जम्मा ५ जना छोराहरूको जायजन्म भएको जेठो सेते दमाई, माइलो चंखे दमाई, साइ