निर्णय नं. ९७८० - डाँका चोरी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९७८० - डाँका चोरी भाग: ५९ साल: २०७४ महिना: असार अंक: ३ फैसला मिति :२०७३/०८/२६ ३४७० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति : २०७३।०८।२६ ०६७-CR-०८७८ मुद्दाः डाँका चोरी पुनरावेदक प्रतिवादी : रोल्पा जिल्ला, लिवाङ गा.वि.स. वडा नं. ६ घर भई हाल कारागार कार्यालय रोल्पामा थुनामा रहेको संजय घर्तीसमेत विरूद्ध प्रत्यर्थी वादी : मिनबहादुर गुरूङको जाहेरीले नेपाल सरकार सुरू अदालतको फैसलाउपर चित्त बुझाई पुनरावेदन अदालतमा पुनरावेदन नगरी बस्ने पक्षले अर्को विपक्षले पुनरावेदन गरेकोमा सोउपर पहिला पुनरावेदन नगर्ने पक्षलाई पछि सर्वोच्च अदालतमा पुनरावेदन गर्न पाउने कानूनी व्यवस्था नभएको अवस्थामा सुरू जिल्ला अदालतको फैसलाउपर पहिलो तहको पुनरावेदन अदालतमा पुनरावेदन नगर्नेलाई अन्तिम तहको सर्वोच्च अदालतमा पुनरावेदन दिन मिल्ने अवस्था नहुने । (प्रकरण नं. ६) पुनरावेदक प्रतिवादी : विद्वान् वैतनिक अधिवक्ता किरणकुमारी गुप्ता प्रत्यर्थी वादी : विद्वान् उपन्यायाधिवक्ता गुरूप्रसाद वाग्ले अवलम्बित नजिर : सम्बद्ध कानून : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ सुरू तहमा फैसला गर्नेः मा.जिल्ला न्या. श्री भोजराज अधिकारी पुनरावेदन तहमा फैसला गर्नेः माननीय मुख्य न्यायाधीश श्री वीरसिंह महरा माननीय न्यायाधीश श्री पवनकुमार शर्मा फैसला न्या. गोपाल पराजुली : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः मिति २०६३।१२।७ गते काठमाडौंबाट प्युठान खलंगासम्मको लागि यात्रु लिई आइरहेको ना.३ ख. ६०३८ नं. को बस मिति २०६३।१२।८ गते बिहान अं. ४:३० बजे प्युठान रम्दी गा.वि.स. वडा नं. ९ अन्तर्गत चोरखोलामा बाटो अवरूद्ध गरी बस रोकी यात्रुहरूलाई ओराली अं.१०/१२जना कम्ब्याट ड्रेस लगाएका मुखमा रूमाल बाँधेका केटाहरूले लुटपाट गरी लगेकोले लुटेराहरूलाई पत्ता लगाई कारवाही गरी बिगो दिलाई पाउँ भन्ने जाहेरी दरखास्त । जिल्ला प्युठान रम्दी गा.वि.स.वडा नं.९ चोरपानी भन्ने स्थानमा मिति २०६३।१२।७ गते काठमाडौंबाट प्युठान खलंगासम्मको लागि यात्रु लिई आएको ना.३ ख. ६०३८ नं. को बस मिति २०६३।१२।८ गते बिहान अं.४:०० बजे उक्त स्थानमा आईपुग्दा अं. १०/१२ जनाको हतियारधारी समूहले बस रोकी बस मालिक र यात्रुहरूको नगद तथा जिन्सी धनमाल डाँका गरी लगेको भन्ने घटनास्थल प्रकृति मुचुल्का । मिति २०६३।१२।७ गते म कास्की पोखरा काकाको घरबाट आइरहेको समयमा उक्त दिन रम्दी गा.वि.स. चकचकेमा रोल्पा लिवाङ बस्ने विष्णु सुनारसँग भेट भई आज बस लुटपाट गर्नुपर्छ भन्ने सल्लाहअनुसार सोही राति १०/१२ जना केटाहरू सहित भई प्युठान रम्दी गा.वि.स.९ स्थित चोरखोलामा ना.३ ख.६०३८ नं. को बस रोकी सो बसका यात्रुहरूलाई लुटपाट गरेका हौं । लुटपाटबाट मलाई रू.९९५।- रूपैयाँ दिएका थिए भन्नेसमेत व्यहोराको प्रतिवादी संजय घर्तीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान । मिति २०६३।१२।७ गते विष्णु सुनार, म र अन्य नाम नचिनेका १०/१२ जना केटाहरू भई ट्रकमा बसी प्युठान चकचके आई संजयसँग भेट भई संजय र विष्णु सुनारले गोप्य सल्लाह गरी राति चोर खोलामा आई ना.३ ख.६०३८ नं. को बस लुटपाट गरेका हौं । कति नगद जिन्सी लुटे थाहा भएन । मैले रू.६००।- भाग पाएको थिएँ भन्नेसमेत व्यहोराको प्रतिवादी दिपेस सुनारले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान । म र विष्णु सुनारबीच चिनजान थियो । मैले विष्णु