निर्णय नं. ९७१८ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९७१८ - उत्प्रेषण / परमादेश भाग: ५८ साल: २०७३ महिना: फागुन अंक: ११ फैसला मिति :२०७३/०४/२७ ३५०२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा आदेश मिति : २०७३।०४।२७ ०७१-WO-०६२७ मुद्दाः उत्प्रेषण / परमादेश रिट निवेदक : जिल्ला पर्सा, विरगञ्ज उपमहानगरपालिका, वडा नं. ९ बस्ने पशुपतिनाथ शर्मा विरूद्ध विपक्षी प्रत्यर्थी : पुनरावेदन अदालत, हेटौंडा, मकवानपुरसमेत लेनदेन मुद्दाको फैसलाबमोजिमको बिगोबापतमा त्यस्तो गोश्वाराको सम्पत्तिबाट अन्य अंशियारले गरेको व्यवहारमा दायित्व रहन सक्ने देखिँदैन । विपक्षी प्रत्यर्थी सुशील शर्माले ऋण लिँदा निवेदक पशुपति शर्मासमेतका अंशियारहरूको मन्जुरी लिएको भन्ने कुनै आधार प्रमाण पेस गर्न सकेको अवस्थासमेत देखिँदैन । ऋण लिँदासमेत निवेदकसमेतका अन्य अंशियारहरूलाई ऋण लिँदाको तमसुक लिखतमा समेत साक्षी राखेको नदेखिँदा मुलुकी ऐन, लेनदेन व्यवहारको ८ र ९ नं. अनुसार गोश्वारा धनबाट व्यहोर्नु पर्ने भन्ने मिल्ने नदेखिने । (प्रकरण नं. ४) रिट निवेदकको तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता हरिहर दाहाल, विद्वान्‌ अधिवक्ताद्वय कृष्ण मुरारी रौनियार र मनमोहन तिमिल्सेना विपक्षी प्रत्यर्थीको तर्फबाट : अवलम्बित नजिर : नेकाप २०६५, अंक १, नि.नं.७९२२ नेकाप २०५१, अंक ५, नि.नं.४९१५ सम्बद्ध कानून : मुलुकी ऐन, लेनदेन व्यवहारको ८ र ९ नं. आदेश न्या. हरिकृष्ण कार्की : नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) बमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छः म निवेदक पशुपति शर्माकी पत्नी चन्द्रकलाको दाम्पत्य जीवनबाट क्रमशः रवि शर्मा, उमाशंकर शर्मा, रमाशंकर शर्मा, श्याम शर्मा, कृष्ण शंकर र विजय शर्मा गरी ६ छोराहरूको जायजन्म भएको छ । घरका मुख्य म निवेदकले आफ्नो पत्नी तथा छोराहरूको इज्जत आमद अनुसार खान लाउन, शिक्षा दीक्षालगायत गृहस्थ जीवनमा गर्नुपर्ने सम्पूर्ण कर्तव्य दायित्व निर्वाह गरी आएको छु । सबै छोराहरू समेत आ-आफ्नो ल्याकत, योग्यता, दक्षता अनुसार काम गरी आएका छन् । म निवेदकको नाममा जिल्ला पर्सा, विरगञ्ज उपमहानगरपालिका, वडा नं. ९ सिट नं. ०३९०-०१ कि.नं. ३१ को क्षेत्रफल ००१२१४ जग्गा र सो जग्गामा पक्की घर छ । उक्त पक्की घर जग्गाबाहेक यस सरहदमा मेरो नाममा कुनै घर जग्गासमेत छैन । म निवेदकको नाम दर्ताको उक्त जग्गासमेत बन्द व्यापारका लागि मैले पब्लिक डेभलपमेन्ट बैंक लिमिटेडमा धितो राखी ऋण कर्जासमेत लिएबाट उक्त बैंकको पत्रबाटै रोक्का रहे भएको छ । विपक्षी लक्ष्मीदेवीले विपक्षी शुशीलउपर विपक्षी पर्सा जिल्ला अदालतमा शुशील शर्मासँगको लेनाका सन्दर्भमा दिनु भएको बिगो भरिभराउ मुद्दामा मेरो नाम दर्ताको उक्त जग्गा देखाई मिति २०६६।७।१९ को पर्सा जिल्ला अदालतको फैसलाअनुसारको बिगो भरिभराउको दरखास्त दिनुभएकोमा पर्सा जिल्ला अदालबाट उक्त बिगो भरिभराउ मुद्दामा मेरो नाममा मिति २०६८।१२।१० मा जनाउ म्याद तामेल भएकोमा मैले विपक्षी पर्सा जिल्ला अदालतको तहसिल फाँटमा मेरो नामको जग्गा घर बिगोको कार्यवाहीबाट अलग गरी रोक्का फुकुवा गरिपाउँ भनी मिति २०६८।१२।२६ मा आफ्नो यथार्थ व्यहोरा खुलाई निवेदन दिएकोमा “प्रस्तुत लेनदेन मुद्दाको वादीले दरखास्तमा देखाएको जेथाबाट कार्यान्वन गर्नु भनी मिति २०६८।१२।१७ मा तहसिलदारबाट आदेश भएकोमा सो आदेश उपर दण्ड सजायको ६१ नं. बमोजिम मैले विपक्षी पर्सा जिल्ला अदालतमा उजुर गरेकोम