निर्णय नं. ९७८१ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९७८१ - उत्प्रेषण / परमादेश भाग: ५९ साल: २०७४ महिना: असार अंक: ३ फैसला मिति :२०७३/०७/०४ ४०८२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की आदेश मिति : २०७३।०७।०४ ०७१-WO-०३१९ मुद्दाः उत्प्रेषण / परमादेश निवेदक : जिल्ला पर्सा, प्रसौनी बिर्ता गा.वि.स. वडा नं.१ बस्ने जगदेव पण्डित कुम्हाल विरूद्ध विपक्षी : पुनरावेदन अदालत, हेटौंडा, मकवानपुरसमेत अंश मुद्दाको फिराद परी पर्सा जिल्ला अदालतबाट मिति २०६८।९।१७ मा फैसला भइसकेपश्चात् अघि परेको अंश मुद्दालार्इ असर पर्ने गरी २०६९ सालमा लेनदेनको मुद्दा परेको र अघि परेको अंश मुद्दाको प्रतिउत्तरमा समेत प्रस्तुत ऋणलार्इ नदेखाएको अवस्थामा लेनदेनको लिखतमा साक्षी नबसेको वा सहमति नहुने पक्षले पनि तिर्नुपर्ने गरी अवस्था परिस्थिति (Context) विचार नगरी सावधानीबेगर हचुवारूपमा मान्यता दिँदा घरायसी लिखत जहिलेसुकै तयार हुनसक्ने हुँदा त्यस्ता लिखतले नभए नगरेका झुठ्ठा बनावटी व्यवहारले समेत प्रश्रय पाउन सक्ने हुन्छ । घरायसी लिखत झुठ्ठा बनावटी हुनसक्ने अवस्था परिस्थितिको निर्क्यौल नगरी लिखत पेस भएको आधारमा मात्र घरको मुख्यले गरेको व्यवहार त्यसले सिर्जना गर्ने परिणाम र प्रभाव नहेरी गोश्वारा धनबाट ऋण व्यहोर्दा कसैको अंश हकसमेतमा अन्यायपूर्णरूपमा असर पर्ने अवस्थाको सिर्जना मात्र होइन कानून र न्यायको मर्म (Spirit of Law and Justice ) मा नै बाधा अड्चन देखापर्ने हुँदा त्यस्ता लिखतहरू तयार हुँदाका अवस्था र परिस्थिति एवं सो लेनदेनको मुद्दा पर्दाको अवस्था र परिस्थितिसमेत ख्याल गरी त्यस तर्फसमेत न्यायकर्ताले सचेततापूर्वक विचार गर्नुपर्ने । (१) लिखत पेस हुनु र लिखतको मितिअघिको देखिनु एउटा कुरा हो भने सो लिखत सोही मितिमा नै तयार भएको पुष्टि हुने विश्वसनीय आधार देखिनु अर्को कुरा हो । निम्न अवस्था परिस्थिति देखिए अन्यथा प्रमाणित नभए विश्वसनीय आधार मान्न सकिने । घरायसी लिखत भए पनि वादी प्रतिवादी (घरको मुख्य वा अन्य अंशियारसमेत) ले स्वीकार गरेको, (२) अन्य अंशियाराको मन्जुरी नभए पनि लिखत अड्डाबाट पारित गराई लिएको, (३) अंश मुद्दा पर्नुपूर्व नै साहूको नालेस परेको, (४) साहुको नालेस परिसकेपछि अंश मुद्दा परेको, (५) साहुको लेनदेन वा अंशियाराको अंश मुद्दा पर्नुपूर्व नै लिखत गरी लेनदेन गर्ने व्यक्ति (घरको मुख्य व्यक्ति वा एकाघरको उमेर पुगेकोले व्यवहार गरेकोमा मुख्य जानकारको सहिछाप भएकोमा त्यस्तो अन्य अंशियार व्यवहारकर्ता) मरिसकेको, (६) घरायसी लिखत भए पनि उक्त लिखतको ऋणमा एकाघर सगोलमा बस्ने अंशियारहरूको समेत लेनदेनको कागजमा सहिछाप गरेको, (७) साहुको लेनदेन मुद्दा पर्नुपूर्व नै अंश मुद्दा परेकोमा वादी वा प्रतिवादीले फिराद वा प्रतिउत्तरमा नै ऋण देखाएकोमा सो घरव्यवहारमा खर्च भएको वस्तुनिष्ठरूपमा पुष्टि भएको । (प्रकरण नं. २) अंश मुद्दा अन्तिम भएपश्चात् सो अंश मुद्दाको बन्डालार्इ असर पर्ने किसिमले पछि परेको लेनदेन मुद्दा र सोको बिगो भरिभराउको कारवाहीको क्रममा आएर घरको मुख्यले सगोलमा हुँदा नै लेनदेन गरेकोले गोश्वारा धनबाट ऋणको बिगो भरिभराउ हुने भनी लिएको दाबीको आधार अन्य अंशियाराको हकमा सहिसद्दे व्यवहारका विश्वसनीय आधार (Reliable Ground) बन्न नसक्ने हुँदा त्यसरी साक्षी पनि नबस्ने र मन्जुर पनि नहुने अंशियारा पक्षबाट भरिभराउ हुँदा वा त्यस्तो लिखतलार्इ मान्यता दिँदा लेनदेन व्यवहारको ८ नं, अंशबन्डाको १८ नं. र दण्ड सजाय