निर्णय नं. ९७८२ - करारबमोजिम दायित्व पूरा गराई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९७८२ - करारबमोजिम दायित्व पूरा गराई पाउँ भाग: ५९ साल: २०७४ महिना: असार अंक: ३ फैसला मिति :२०७३/०८/२७ ४४६८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत फैसला मिति : २०७३।८।२७ ०६७-CI-००६७ मुद्दाः करारबमोजिम दायित्व पूरा गराई पाउँ । पुनरावेदक वादी : मुनिम बानियाको छोरा जिल्ला बर्दिया, गुलरिया नगरपालिका वडा नं. ९ बस्ने देउता बानिया विरूद्ध प्रत्यर्थी प्रतिवादी : मुनिम बानियाको छोरा जिल्ला बर्दिया, गुलरिया नगरपालिका वडा नं.९ बस्ने दुर्गाप्रसाद बानियासमेत बाबुको शेषपछि बाँकी रहेको सम्पत्ति आफ्ना दुवै छोराहरूले बराबरी बाँडी लिन पाउने भन्ने शब्दावली प्रयुक्त भएको अवस्थामा बाबुको अंश भागमा परेको अचल सम्पत्ति बाबुले हक हस्तान्तरण नै गर्न पाउँदैन भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं. ३) एक पटक विधिवत् अदालतबाट अंशको रूपमा प्राप्त गरिसकेको सम्पत्तिलाई घरसारमा अर्कैरूपमा परिभाषित गर्दैमा त्यस्तो घरायसी परिभाषाभित्र अचल सम्पत्ति पाउने र जानसक्ने अवस्था हुँदैन । अंशबन्डाको मिलापत्रलाई करारको कागजले विस्थापित गर्न नसक्ने । अदालतबाट अंशको रूपमा प्राप्त गरेको अचल सम्पत्तिको हक हस्तान्तरणसमेतलाई रोक लगाउने गरी घरसारमा करार भएमा पनि सोको कुनै कानूनी मान्यता हुँदैन त्यस्तो कागज शून्य अवस्थाको हुन जाने । (प्रकरण नं. ६) ऐन कानूनमा स्पष्ट उल्लेख भएको कुरामा सोही ऐन कानूनबमोजिमको अक्षरश: पालना गर्नुपर्ने हुन्छ । ऐन कानूनमा उल्लेख हुँदाहुँदै सोलाई नमानी आफ्नो स्वइच्छाले मनोमानीपूर्वक हक हस्तान्तरण गर्दा रजिस्ट्रेसन नै गर्नुपर्ने कागजलाई रजिस्ट्रेसन नगरी कानूनविपरीत घरायसीमा गरेको कागजलाई कानूनी मान्यता दिन मिल्ने अवस्था देखिएन । प्रतिवादीको नाममा रहेको अचल सम्पत्तिको हक हस्तान्तरण नै अवरूद्ध हुने गरी वादी प्रतिवादीहरू बीच करार भएको रहेछ र त्यस्तो करार भनिएको कबुलियतनामाले अचल सम्पत्तिको हस्तान्तरणलाई नै अवरूद्ध गर्दछ भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं. ८) पुनरावेदक वादीको तर्फबाट : प्रत्यर्थी प्रतिवादीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : करार ऐन, २०५६ को दफा ८८ सुरू फैसला गर्नेः माननीय न्यायाधीश श्री टेकनारायण कुँवर पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान माननीय न्यायाधीश श्री रमेश पोखरेल फैसला न्या.गोपाल पराजुली : न्याय प्रशासन ऐन, २०४८ दफा ९ बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य जिकिर एवं ठहर यसप्रकार छ: जिल्ला बर्दिया, गुलरिया गाउँ विकास समिति वडा नं. ८ख को कि.नं. १९१/९३७, कि.नं. १९१/९३७ को ज.वि. १-१-१५ को जग्गा म फिरादी र प्रतिवादी दुर्गाप्रसाद बानियाको नाउँमा ऐ. कि.नं. ६० को ज.वि. ०-९-५ र कि.नं. ८१ ज.वि. ०-८-५ को जम्मा ज.वि. ०-१७-१० जग्गा प्रतिवादी मुनिम बानियाको नाउँमा राखी सो जग्गा बाबुको जीवनकालमा आयस्ता खाने, बेचबिखन गर्न नपाउने र शेषपछि छोरा देउताराम र दुर्गाप्रसाद बानियाले बराबर खाने गरी तीनैजनाको मन्जुरीबाट करारनामाको लिखत तयार गरी सहिछाप गरी लिए दिएको अवस्था हुँदाहुँदै प्रतिवादी मुनिम बानियाले पूरै जग्गा प्रतिवादीमध्येकी गितादेवी बानियालाई हालैको बकसपत्र मिति२०६२/४/२५ मा गरिदिनु भएको र प्रतिवादीले करारको दायित्व पूरा नगरेकाले पूरा गराई पाउँ भन्नेसमेत व्यहोराको वादी देउताराम बानियाको फिरादपत्र । जिल्ला बर्दिया, गुलरिया नगरपालिका वडा नं.८ख क