निर्णय नं. ९७८४ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९७८४ - जबरजस्ती करणी भाग: ५९ साल: २०७४ महिना: असार अंक: ३ फैसला मिति :२०७३/०७/०९ ५०८४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओम प्रकाश मिश्र माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ फैसला मिति : २०७३।०७।०९ ०७१-CR-१२८० मुद्दा : जबरजस्ती करणी पुनरावेदक प्रतिवादी : जिल्ला कञ्चनपुर, रैकवार विचवा, गाउँ विकास समिति वडा नं. ५ घर भई हाल कारागार कार्यालय, कञ्चनपुरमा कैदमा रहेका सियाराम रानासमेत विरूद्ध प्रत्यर्थी वादी : जिल्ला कञ्चनपुर, रैकवार विचवा, गाउँ विकास समिति वडा नं. ५ बस्ने परिवर्तित नाम सुनमायाको जाहेरीले नेपाल सरकार जबरजस्ती करणीको अपराध सामान्य प्रकृतिको अन्य अपराध जस्तो होइन । जबरजस्ती करणीको अपराधमा पीडितको शारीरिक, मानसिक र मनोवैज्ञानिक जुन क्षति हुन्छ, त्यो अपूरणीय हुन्छ । यसबाट पीडितको स्वतन्त्र मानवीय अस्तित्व, मान, सम्मान र उसको व्यक्तिगत एवं सामाजिक प्रतिष्ठा, मान–मर्यादा र मानवीय अस्मिता लुटिएको हुन्छ । उसको स्वतन्त्र अस्तित्व नै खण्डित भएको हुन्छ । त्यसमा पनि वर्ष १४ की बालिकासित करणी गर्नु स्वयम्मा गम्भीर प्रकृतिको अपराधको श्रेणीमा पर्ने । (प्रकरण नं. ३) पुनरावेदक प्रतिवादी : विद्वान् अधिवक्ता मदनबहादुर कार्की र विद्वान् वैतनिक अधिवक्ता किरणकुमारी गुप्ता प्रत्यर्थी वादी : अलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : मा.जिल्ला न्या. श्री भोजराज अधिकारी पुनरावेदन तहमा फैसला गर्नेः माननीय मुख्य न्यायाधीश श्री पोषनाथ शर्मा माननीय न्यायाधीश श्री विमलप्रसाद ढुङ्गेल फैसला न्या. ओमप्रकाश मिश्र : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ख) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- मिति २०६९।११।१६ गते राति खाना खाई हामी परिवारका सबै सदस्य आआफ्नो सुत्ने कोठामा गइसकेपछि मलाई पिसाब लागी पिसाब फेर्नको लागी बाहिर आई पिसाब फेरिरहेको अवस्थामा लुकीछिपी बसेका जिल्ला कन्चनपुर, रैकवार विचवा, गाउँ विकास समिति वडा नं. ५ बस्ने सियाराम राना पछाडिबाट आई मेरो मुख च्यापेको र अन्य व्यक्तिहरूले समेत मेरो हात समाती तीनै जना मिली मलाई रून कराउन नदिई हल्ला गरेमा घाँटी रेटी ज्यान मार्ने धम्कीसमेत दिई मानबहादुर ऐरको गहुँबारीमा लगी तीनै जनाले पालैपालो गरी पटक पटक जबरजस्ती करणी गरेकाले निजहरूलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलअन्तर्गत हदैसम्मको सजाय गरिपाउँ भन्ने परिवर्तित नाम सुनमायाको जाहेरी दरखास्त । जिल्ला कन्चनपुर, रैकवार बीचवा, गाउँ विकास समिति वडा नं. ५ कलुवापुरस्थित पूर्व गंगादेवी ऐरको शौचालय, पश्चिम सग्गु रानाको घर, उत्तर फगुवा रानाको माछा पोखरी र दक्षिण भिमबहादुर ऐरको खेतबारी यति चार किल्लाभित्र पर्ने मानबहादुर ऐरको गहुँबारीको दक्षिणतर्फको किनारमा गहुँबारी मडारिएको र भाँचिएको, मानिस आवत जावत गरेको जस्तो चिह्न देखिएको सोही ठाँउमा यौन सम्पर्क गरिसकेपछि गाँठो पारी राखेको ढाल थान १, र कोव्रा (Cobra) लेखिएको लेखिएको ढालको खाली डिब्बा थान-१ समेत फेला परेको सोही ठाउँमा मिति २०६९।११।१६ गते राति जिल्ला कन्चनपुर, रैकवार बीचवा, गाउँ विकास समिति वडा नं. ५ बस्ने सियाराम राना, कल्लु भन्ने विजयसिंह राना र रामदास रानासमेत गरी जना ३ ले परिवर्तित नाम सुनमायालाई पालैपालो पटक पटक जबरजस्ती करणी गरेको भन्ने घटनास्थल मुचुल्का । प्रतिवादी सियाराम रानासमेत जना ३ को खोजतलास गर्दा प्रतिवादी रामदास राना फेला नपरे