निर्णय नं. ९७२५ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९७२५ - अंश भाग: ५८ साल: २०७३ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७३/०६/१३ १५६४९ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत फैसला मिति : २०७३।६।१३ ०६७-NF-००२६ मुद्दाः अंश निवेदक वादी : भक्तपुर जिल्ला भक्तपुर न.पा. वडा नं.४ बस्ने पाँचकन्या प्रजापतीसमेत विरूद्ध विपक्षी प्रतिवादी : ऐ.ऐ. बस्ने हरिचन्द्र प्रजापतीसमेत मुलुकी ऐन, अंश बन्डाको १० नं. ले बाबु, आमा र लोग्नेलाई आफ्ना सन्तती, छोराछोरी र श्रीमतीलाई इज्जत आमदअनुसार खान लाउन, शिक्षा दिक्षा, स्वास्थ्योपचारको व्यवस्था गरी दिन पर्छ भनी घरको मूल व्यक्तिउपर जिम्मेवारी तोकेको देखिन्छ । अंशबन्डा गरिदिँदा आफ्ना सम्पत्ति तथा सबै अंशियारहरू जीयजीयैको अंश गरिदिनुपर्ने र अंशबन्डा गर्दा अंश पाउने सबैको बराबर अंश गरी दिनु भनी अंश बन्डाको १ र २ नं. ले व्यवस्था गरेको छ । पैतृक सम्पत्तिमा बाबु, आमा, लोग्ने र श्रीमतीले जथाभावी गरी अंशियारहरूमध्ये कसैलाई काखा र कसैलाई पाखा राख्ने गरी पैतृक सम्पत्तिको बाँडफाँड र हक हस्तान्तरण गर्न मिल्दैन । यसो गर्दा बाबु आमाले आफूले पैतृक वा स्वआर्जन जुनसुकै तरिकाबाट आर्जन गरेको भए पनि सन्ततीको लागि पैतृकसरह हुन्छ भन्ने कुरा पनि हेक्का राख्नु पर्दछ । साथै वृद्धावस्थामा पालन पोषण गर्ने भन्ने नाममा सन्तत्तिहरूबीचमा प्रत्यक्षरूपमा देखिने र महसुस हुने गरी भेदभाव गर्नसमेत नमिल्ने । (प्रकरण नं. ३) अंशबन्डा गर्दा सबै अंशियारहरूलाई बराबर हुने गरी गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा सबै सम्पत्तिबाट बराबर कि.का. गर्दा व्यवहारमा मिल्दो नहुन पनि सक्दछ । त्यसैले सम्पत्तिको मूल्याङ्कन, क्षेत्रफल, बनोट, प्रकृति आदि तथ्यको आधारमा व्यावहारिक हुने गरी सम्पत्तिको बाँडफाँड गरिदिनु न्यायोचित हुन्छ । साथै त्यस्तो कार्यले सम्पत्तिको उचित व्यवस्थापन भई सबै अंशियारहरूको व्यवहार सल्टिन पुग्दछ । अंश बन्डाको महलको मुख्य मकसद पनि पैतृक सम्पत्तिको न्यायोचितरूपमा बराबर बाँडफाँड हुनुपर्ने । (प्रकरण नं. १६) बाबुले बासस्थानको लागि हा.ब. गरिदिएको र निजकै सहमति मन्जुरीमा पुरानो घर भत्काई नक्सा पास गरी घर निर्माण गरेको स्थितिमा निजहरूको आफ्नो निजी प्रयास आर्जनबाट गरेको त्यस्तो व्यवहार खल्बल्याउनु न्यायोचित हुँदैन । हा.ब. गरिदिएको जग्गामा हा.ब. गरिदिने पिताले आफूले घर निर्माण गरिदिएको भए वा सो घर निर्माणमा आर्थिक टेवा दिएको भए छोराहरूलाई जग्गा हा.ब. गरिदिनुपर्ने र घर बनाउन सहमति दिनुपर्ने अवस्था नरहने । (प्रकरण नं. १७) निवेदक वादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता ध्रुवनाथ पन्त, विद्वान्‌ अधिवक्ताहरू विश्वप्रकाश सिग्देल र विजयप्रसाद मिश्र विपक्षी प्रतिवादीको तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, शम्भु थापा र हरिप्रसाद उप्रेती एवं विद्वान्‌ अधिवक्ता बच्चुसिंह खड्का, ईश्वरीप्रसाद भट्टराई अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, अंशबन्डाको महलको १, २ र १९ नं. सुरू फैसला गर्ने : मा.जि.न्या.श्री सुष्मालता माथेमा पुनरावेदन तहमा फैसला गर्नेः मा.न्या.श्री रणबहादुर बम मा.न्या.श्री लक्ष्मणमणि रिसाल स.अ. संयुक्त इजलासबाट फैसला गर्नेः मा.न्या.श्री मोहन प्रकाश सिटौला मा.न्या.श्री प्रकाश वस्ती फैसला न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०६६।१२।१५ को फैसलाउपर न्याय प्रश