निर्णय नं. ९७२६ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९७२६ - उत्प्रेषण / परमादेश भाग: ५८ साल: २०७३ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७२/१२/०१ ३०२३ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र आदेश मिति : २०७२।१२।१ ०७०-WO-०३४५ मुद्दा : उत्प्रेषण / परमादेश निवेदक : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ३ बाँसबारी उपभोक्ता मार्ग घर नं. २९ बस्ने अशोककुमार बास्कोटासमेत विरूद्ध विपक्षी : पुनरावेदन अदालत, पाटन, ललितपुरसमेत मातहत अदालतमा कारवाहीयुक्त मुद्दाहरूमा बुझ्नु पर्ने प्रमाण नबुझिएको वा नबुझ्नु पर्ने प्रमाण बुझी न्यायमा असर पर्ने देखिएको अवस्थामा मात्र माथिल्लो अदालतबाट निर्देश गर्न सक्ने हुन्छ । मातहत अदालतमा विचाराधीन मुद्दाहरूमा साधारण अधिकारक्षेत्र ग्रहण गरी न्यायको रोहबाट इन्साफ गर्न सम्बन्धित अदालत वा न्यायिक निकाय स्वतन्त्र रहेका हुन्छन् । त्यस्तो विचाराधीन मुद्दालाई नै असर पार्ने गरी बुझ्नु पर्ने प्रमाण बुझ्न र निर्णय गर्न नपाउने भनी असाधारण अधिकारक्षेत्र ग्रहण गरी दायर हुन आएको रिट क्षेत्राधिकारबाट बोल्न मिल्ने पनि नहुने । (प्रकरण नं. ४) कानूनी प्रश्नको निरूपणमा असाधारण अधिकारक्षेत्रको प्रयोग गर्दा संविधानले निर्दिष्ट गरेका कुराहरूको अधीनमा रही गर्नुपर्छ । अन्य वैकल्पिक उपचारको व्यवस्था नभएको वा भए पनि त्यस्तो उपचार अप्रभावकारी वा प्रभावहीन देखिएको अवस्थामा मात्रै कानूनी विवादको निरूपणका लागि असाधारण अधिकारक्षेत्र आकर्षित हुने हो । सर्वोच्च अदालतलाई प्रदान गरिएको असाधारण अधिकारक्षेत्रको प्रयोग मातहत अदालतमा विचाराधीन रहेका मुद्दाहरूको कारवाही रोक्ने वा त्यस्ता विषयहरूमा कारवाही नै गर्न नपाउने गरी गर्न मिल्ने होइन । सम्बन्ध विच्छेद, जालसाजी, लिखतबदर, अंश चलन जस्ता सामान्य क्षेत्राधिकारबाटै समाधान हुने विषयमा असाधारण अधिकारक्षेत्र ग्रहण गरी हस्तक्षेप गर्नु न्यायको मान्य सिद्धान्तविपरीत हुन जाने । (प्रकरण नं. ६) निवेदकको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय लक्ष्मीबहादुर निराला तथा श्यामकृष्ण खरेल विपक्षीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता नारायणवल्लभ पन्त तथा विद्वान् अधिवक्ता जगदीशचन्द्र पाण्डे अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या. ओमप्रकाश मिश्र : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा धारा १०७(२)बमोजिम यसै अदालतको अधिकारक्षेत्रभित्र पर्ने प्रस्तुत रिट निवेदनको सङ्क्षिप्त तथ्य यसप्रकार छ: विपक्षीमध्येका रक्षा पाँडेले निजका लोग्ने डा. विवेक बास्कोटालाई मात्र प्रतिवादी तुल्याई काठमाडौं जिल्ला अदालतमा मिति २०६८।१२।२९ मा सम्बन्ध विच्छेद मुद्दा दायर गरेकीमा काठमाडौं जिल्ला अदालतबाट मिति २०६९।५।३ मा अन्य अंशियारको हकमा अ.बं. १३९ नं. बमोजिम बुझ्ने आदेश भए अनुसार हामी निवेदकहरूलाई बुझी मिति २०६९।६।२३ मा हामी निवेदकहरूलाई तारेखमा नराख्ने गरी आदेश भई काठमाडौं जिल्ला अदालतबाट मिति २०७०।२।२६ मा विवेक बास्कोटाबाट मात्र तायदाती फाँटवारी माग गर्ने आदेश भएको थियो । सो आदेश बदरका लागि विपक्षी डा. रक्षा पाँडेले पुनरावेदन अदालत, पाटनमा अ.बं. १७ नं. बमोजिमको निवेदन दिएकीमा काठमाडौं जिल्ला अदालतको सो मिति २०७०।२।२६ को तायदाती फाँटवारी माग गर्ने गरी भएको आदेशलाई बेरीतको भनी बदर ठहर गरी भएको पुनरावेदन अदालत, पाटनको मिति २०७०।७।७ को आदेश त्रुटिपूर्ण भई सम्मानित अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको विपरीत रहेको र सो आदेशले हामी न