निर्णय नं. ९७३० - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९७३० - कर्तव्य ज्यान भाग: ५८ साल: २०७३ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७२/११/०९ २९०७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय फैसला मिति : २०७२।११।०९ ०७१-RC-०१०२ मुद्दा : कर्तव्य ज्यान वादी : धन कुमारी राईको जाहेरीले नेपाल सरकार विरूद्ध प्रतिवादी : धनकुटा जिल्ला आखिँसल्ला गा.वि.स. वडा नं. ५ घर भई हाल कारागार कार्यालय धनकुटामा कैदमा रहेको फिच्चु भन्ने राम कुमार राई वस्तुत: जोखिमी हतियार खुकुरी प्रहार गरी हत्या गरेको कुरा प्रतिवादी स्वयम्‌ले मौका तथा अदालतमा स्वीकार गरेको, सो तथ्यलाई मिसिल संलग्न प्रत्यक्षदर्शी अनिषा राईको बकपत्र शव परीक्षणसमेतबाट पुष्टि भइरहेको र नाबालकले केही भनेको भन्ने आधारमा सामान्य सहनशीलता (normal degree of tolerance) नअपनार्इ नाबालकउपर जोखिमी हतियारले संवेदनशील अंगमा निर्ममतापूर्वक पटक पटक प्रहार गरेको कार्य मनसायपूर्वक देखिन आएकोले रिस उठी थाम्न नसकी मारेको भन्ने प्रतिवादीको प्रतिरक्षाको आधार बन्न नसक्ने । (प्रकरण नं. ४) वादीको तर्फबाट : प्रतिवादीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : मा.जिल्ला न्या. श्री गोपालप्रसाद बास्तोला पुनरावेदन तहमा फैसला गर्ने : मा.का.मु.मुख्य न्या. श्री शम्भुबहादुर खड्का माननीय न्यायाधीश श्री विदुरविक्रम थापा फैसला न्या. गोपाल पराजुली : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर रहेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः मेरो छोरा वर्ष ११ को मनके भन्ने मनकुमार राई घरबाट पानी लिन भनी आँखिसल्ला ५ स्थित नेवार धारामा गई पानी लिई आउँदा धारामाथि चेप्ला खोला नजिक आई पुगेको र वर्ष ११ कि अनिशा राई पनि पानी लिन सोही स्थानमा पुगेको अवस्थामा विपक्षी फिच्चु भन्ने रामकुमार राई त्यही ठाउँमा आई मेरो छोरालाई खुकुरीले काट्न थालेपछि अनिशा राई त्यहाँबाट डरले भागी घरमा आई निजको आमा बुबालाई सुनाएपछि अनिशाको आमाको नन्दकुमारी राईले मलाई खबर गरेपछि म नन्दकुमारी, भाइ यज्ञबहादुरसमेत छोरा खोज्दै घटनास्थलमा पुग्दा छोरालाई धारिलो हतियारले काटी खाडलमा छाडी विपक्षी भागिसकेको रहेछ र छोरालाई त्यहाँबाट उपचारका लागि धनकुटा अस्पतालमा ल्याउँदा छोराको मृत्यु भइसकेको रहेछ । छोरालाई अस्पतालको लास घरमा राखी जाहेरी गर्न आएकी छु । निज विपक्षी तथा निजका बाबु सपरिवारसँग जग्गाको सिमाना भएको हुँदा निजहरूले म तथा मेरो परिवारलाई खुकुरीले चाना चाना पारी काटी दिन्छु, मारी दिन्छु, अपुतालीसमेत बनाइ दिन्छु भन्ने गरेका हुँदा विपक्षीहरू साँध सिमानासम्बन्धी रिसइवीको कारणले नै मेरो छोरालाई काटी मारेको हो भन्नेसमेत व्यहोराको धनकुमारी राईको जाहेरी दरखास्त । निधारमाथि दाहिने साइडको निधारमाथि चल्ली, दाहिने कान तथा दाहिने गालासमेतमा धारिलो हतियारले काटेको भित्रको हड्डीसमेत काटिएको चोट देखिएको भन्ने मृतक मनके भन्ने मनकुमार राईको लासजाँच प्रकृति मुचुल्का । जिल्ला धनकुटा आँखिसल्ला गा.वि.स.वडा नं. ५ स्थित चेप्लाकुवा जाने गोरेटो बाटोमा रहेको ढुङ्गा तथा माटोमा प्रसस्त रगत जमेको देखिएको, उक्त माटो प्रहरीले उठाई लगेको र सो ठाउँमा प्लास्टिकको जर्किन पेप्सीको बोतल, जग, डोकोसमेत रहेको भन्ने व्यहोराको घटनास्थल मुचुल्का । जिल्ला धनकुटा आँखिसल्ला गा.वि.स.वडा नं. ५ वस्ने अभियुक्तको बाबु वीरबहादुर राईको घरभित्र रहेको काठको