निर्णय नं. ९७३१ - उत्पेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९७३१ - उत्पेषण भाग: ५८ साल: २०७३ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७३/०३/०५ ३३७९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. आदेश मिति : २०७३।३।५ ०७१-WO-०९०२ विषयः उत्पेषण निवेदक : ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं.५ मानभवन घर भई नेपालटेलिभिजन संस्थानमा प्राविधिक सेवा, कार्यक्रम समूह, छायाङ्कन उपसमूह तह ८ को कार्यकारी क्यामेरामेन पदमा कार्यरत उत्तम सिलवाल विरूद्ध विपक्षी : सूचना तथा सञ्चार मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत वस्तुतः कुनै व्यक्तिको संविधान तथा कानून प्रदत्त हकको कहीँ कतैबाट अतिक्रमण भएको र सोउपर उपचारको व्यवस्था नभएको वा उपचारको व्यवस्था भए पनि त्यस्तो उपचार अपर्याप्त वा प्रभावहीन भएको अवस्थामा मात्र यस अदालतको रिट क्षेत्राधिकार आकर्षित हुने हुन्छ । यस अर्थमा यस अदालतको रिट क्षेत्राधिकार आकर्षित हुन पहिलो सर्तको रूपमा कानूनद्वारा सिर्जित भएको त्यस्तो हक, अधिकार कानूनको अख्तियारी प्रयोग गर्ने कोही कसैबाट अतिक्रमित भएको कुरा प्रथमदृष्टि (Prima facie) मा नै स्थापित हुनुपर्दछ । कानूनद्वारा हक नै सिर्जना नभएको अवस्थामा आत्मगतरूपमा हकको हनन् भएको भनी यस अदालतको रिट क्षेत्रमा प्रवेश गर्न र उपचार प्राप्त हुन नसक्ने । (प्रकरण नं. ६) निवेदकको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती र विद्वान् अधिवक्ता नारायणप्रसाद पराजुली विपक्षीको तर्फबाट : विद्वान् अधिवक्ता खडानन्द कँडेल, विद्वान् अधिवक्ताहरू शेरबहादुर के.सी., राजेश्वर अधिकारी र रामचन्द्र पौडेल अवलम्बित नजिर : सम्बद्ध कानून : नेपाल टेलिभिजन संस्थान कर्मचारी सेवा सर्त विनियमावली, २०६६ आदेश न्या. गोपाल पराजुली : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदको संक्षिप्त तथ्य र आदेश यसप्रकार छः म निवेदक २०५५ सालमा नेपाल टेलिभिजनमा प्राविधिक सेवा, कार्यक्रम समूह, छायाङ्कन उपसमूहअन्तर्गत वरिष्ठ क्यामेरामेन पदमा स्थायी नियुक्ति पाई मिति २०६१/५/१४ मा बढुवा भई सोही सेवा, समूहको तह ८ को कार्यकारी क्यामेरामेन पदमा कार्यरत छु । नेपाल टेलिभिजन संस्थान, कार्यकारी सेवा सर्त विनियमावली, २०६६ को विनियम ५८(१) को खण्ड (ग) मा अधिकृत स्तरबाट अधिकृत स्तरमा बढुवा हुन बढुवा हुने पदभन्दा मुनिको पदमा ३ वर्ष अवधि पुगेको हुनुपर्ने व्यवस्था रहेको हुँदा निवेदक बढुवाको अवसरको प्रतिक्षामा थिएँ / छु । यसैबीच म कार्यरत रहेकै सेवा समूहको ध्वनि उपसमूहको तह ८ को पद रिक्त रहेको थियो । सो पदमा बढुवा गर्नका लागि सो समूह, उपसमूहअन्तर्गत तल्लो अर्थात् तह ७ मा योग्य उम्मेदवार नभएका कारण विनियमावलीको विनियम ९(२) बमोजिम म निवेदक कार्यरत रहेकै सेवा समूहको एक तह माथिको पदमा पद मिलान गर्नुपर्ने र नेपाल टेलिभिजनको आठौं तहमा कार्यरत कर्मचारीहरूमध्ये सबैभन्दा जेष्ठ कर्मचारीलाई बढुवा गरिएको अवस्थामा समेत मेरो बढुवा हुने कुरामा म ढुक्क थिएँ । यसरी बढुवाको प्रतिक्षामा रहेकै अवस्थामा उक्त मेरै सेवा, समूहको पदसहित जम्मा ११ वटा पद परिवर्तन / मिलान गर्न सञ्चालक समिति सक्षम सिफारिस गर्ने भनी विपक्षी पदपूर्ति समितिले मिति २०७१।१२।२८ मा निर्णय गरेको र विपक्षी सञ्चालक समितिले समेत पदपूर्ति समितिको निर्णयलाई नै सदर गरी मिति २०७१/१२/२५ मा बहुमतका आधारमा निर्णय गरेको र स्वीकृतिका लागि मिति २०७१/१२/२९ मा मन्त्राल