निर्णय नं. ९७८९ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९७८९ - उत्प्रेषण / परमादेश भाग: ५९ साल: २०७४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७३/१२/२० २७३५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की आदेश मिति : २०७३।१२।२० ०७३-WO-०८६३ मुद्दा : उत्प्रेषण / परमादेश निवेदक : काठमाडौं जिल्ला मुलपानी गा.वि.स. वडा नं. ४ घर भई हाल कागेश्वरी मनोहरा न.पा. वडा नं. ९ बस्ने सुनिता दवाडीसमेत विरूद्ध विपक्षी : नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रधान कार्यालय, बबरमहल, काठमाडौंसमेत नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारीहरूको पदपूर्ति कार्यविधि निर्देशिका, २०६६ को कानूनी व्यवस्था हेर्दा उम्मेदवारहरूको आफन्त पदपूर्ति समितिमा रहेकै आधारमा निजका सन्ततिहरू प्रतिस्पर्धामा भाग लिन नपाउने गरी रोक लगाएको पाइँदैन । विपक्षी प्राधिकरण सार्वजनिक निकाय हो । सार्वजनिक निकायले कर्मचारी नियुक्ति गर्दा सम्बन्धित कानूनको अनुशरण गरी उम्मेदवारहरू बीच प्रतिस्पर्धा गराई योग्यतम उम्मेदवार चयन गर्नु नै पर्छ । यसमा कसैले विमति राख्नु हुँदैन । तर, उम्मेदवारको आफन्त विज्ञापित संस्थाको सेवामा रहेको कारणले मात्र निजसँग नाता जोडिएका व्यक्ति प्रतिस्पर्धामा समावेश हुन नै पाउँदैन भन्न उचित हुँदैन । बिना ठोस आधार कारण प्रतिस्पर्धा गर्नबाट वञ्चित गरिएमा नागरिकको हैसियतले पेसा रोजगार गर्न पाउने नागरिकको संवैधानिक र कानूनी मौलिक हकमा गम्भीर आघात पर्न जाने । (प्रकरण नं.५) कुनै पदपूर्ति समितिमा आफ्नो नाता पर्ने व्यक्ति रहेको अवस्थामा त्यस्तो पदपूर्ति समितिबाट लिइएको परीक्षा दूषित हुन सक्छ । तर प्रस्तुत मुद्दाको तथ्यमा हेर्दा निवेदकका पिताले परीक्षाको गोप्य प्रक्रियामा संलग्न हुने छैन भनी निर्णय गराई निजले सो निर्णयलाई स्वीकार गरी परीक्षाको गोप्य प्रक्रियामा संलग्न नभएको स्पष्ट देखिँदा देखिँदै यी निवेदिकाहरूका हकमा परीक्षा प्रणालीबाट च्यूत गर्ने विपक्षी प्राधिकरण पदपूर्ति समितिको निर्णय कानूनसम्मतको हो भन्ने देखिँदैन । जुन निर्णयमा आधार र कारणहरू खोलिएको हुँदैन विधि शास्त्रीय मान्यताको आधारमा त्यस्ता निर्णय न्याय र कानूनसम्मत मान्न नमिल्ने । (प्रकरण नं.६) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती र विद्वान्‌ अधिवक्ता नारायणप्रसाद पराजुली विपक्षीका तर्फबाट : विद्वान्‌ अधिवक्ता द्वारिकाप्रसाद भट्टराई अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या.गोपाल पराजुली : नेपालको संविधान, २०७२ को धारा ४६ र १३३ बमोजिम यस अदालतमा दर्ता हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ :- निवेदिका सुनिता दवाडीसमेतको निवेदन व्यहोराः- हामी निवेदिकाहरू अति अशक्त अपाङ्गता भएका दृष्टिविहीन व्यक्तिहरू हौं । हामी सेवा प्रदायी संस्था प्राधिकरणअन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय, गौचरमा टेलिफोन अपरेटर पदमा कार्यरत छौं । हाम्रा पिता महेश्वर दवाडी प्राधिकरणको प्रशासन सेवामा तह ९ को प्रबन्धक (हाल निमित्त प्रशासन प्रमुख) पदमा कार्यरत हुनुहुन्छ । विपक्षी प्राधिकरणले खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्ने भनी मिति २०७१।१०।१७ गतेको गोरखापत्रमा सूचना प्रकाशन गरेको रहेछ । उक्त सूचनामा प्रकाशित विभिन्न पदमध्ये विज्ञापन नं. १३४/०७१/०७२ तह २ को प्राविधिक हेल्पर पदको पदसंख्या २० का लागि हामीसमेत योग्य भएका हुँदा ती पदका लागि खुला, महिला र अपाङ्ग तीनवटै क्लष्टरमा हामीले मिति