निर्णय नं. ९७९१ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९७९१ - कर्तव्य ज्यान भाग: ५९ साल: २०७४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७३/०८/१४ ३८९७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७३।८।१४ मुद्दाः कर्तव्य ज्यान ०६९-CR-०९२५ पुनरावेदक / प्रतिवादी : मकवानपुर जिल्ला, डाँडाखर्क गा.वि.स. वडा नं. ७ घर भई हाल कारागार कार्यालय भिमफेदीमा थुनामा रहेको हरिबहादुर विश्वकर्मा विरूद्ध प्रत्यर्थी / वादी : पूर्णसिंह स्याङ्तानको जाहेरीले नेपाल सरकार ०६९-CR-०९५० पुनरावेदक / प्रतिवादी : मकवानपुर जिल्ला डाँडाखर्क गा.वि.स. वडा नं. ७ घर भई हाल कारागार कार्यालय भिमफेदीमा थुनामा रहेको राजकुमार वि.क. विरूद्ध प्रत्यर्थी / वादी : पूर्णसिंह स्याङ्तानको जाहेरीले नेपाल सरकार ०६९-CR-०९५१ पुनरावेदक / प्रतिवादी : मकवानपुर जिल्ला डाँडाखर्क गा.वि.स. वडा नं. ७ घर भई हाल कारागार कार्यालय भिमफेदीमा थुनामा रहेको प्रेमबहादुर स्याङ्तान विरूद्ध प्रत्यर्थी / वादी : पूर्णसिंह स्याङ्तानको जाहेरीले नेपाल सरकार ०७०-CR-००५५ पुनरावेदक / प्रतिवादी : मकवानपुर जिल्ला डाँडाखर्क गा.वि.स. वडा नं. ७ घर भई हाल कारागार पर्सा वीरगञ्जमा थुनामा रहेकी वर्ष ४० की साइलीमाया विश्वकर्मासमेत विरूद्ध प्रत्यर्थी / वादी : पूर्णसिंह स्याङ्तानको जाहेरीले नेपाल सरकार ०७०-CR-०९४९ पुनरावेदक / प्रतिवादी : मकवानपुर जिल्ला, डाँडाखर्क गा.वि.स. वडा नं. ७ घर भई हाल कारागार कार्यालय भिमफेदीमा थुनामा रहेको काजी भन्ने हरिबहादुर विश्वकर्मा विरूद्ध प्रत्यर्थी / वादी : पूर्णसिंह स्याङ्तानको जाहेरीले नेपाल सरकार पुनरावेदक प्रतिवादीहरूसमेत मिली बोक्सीको आरोपमा चरम र निर्मम यातना दिएका छन् । ह्यामर, काँटी, लाठी, कैँची जस्ता हतियार तथा लाठी, लात, मुक्काको प्रयोग गरी यातना दिने कार्य भएको छ । सिस्नु लगाइएको छ, कपाल खौरिएको छ, मानव मलमूत्र खुवाइएको एवं शरीरभरी दलिएको छ । मानवलाई दिने निकृष्ठ र पशुवत यातना यो भन्दा अरू के हुनसक्छ ? सामान्य मानिसको समझ (reasonable person test) बाट हेर्दा यस्तो चरम यातना दिँदा यातना पाउनेले सहन सक्दैन, उसको मृत्यु हुनसक्छ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । रातैभरी एउटी महिलालाई सबै मिली कुटपिट यातना दिने कार्य गर्दा ज्यानसम्बन्धीको ५ नं.मा उल्लेख भएजस्तो आफूले गरेको कर्तव्यबाट मानिस मर्ला जस्तो नदेखिएको अवस्था प्रस्तुत वारदातमा देखिन नआएको हुँदा भवितव्य कसुर कायम हुनुपर्ने भन्ने पुनरावेदन जिकिरसँग सहमत हुन नसकिने । (प्रकरण नं.१०) कुनै पनि मानिसमाथि बोक्सीको आरोप लगाउने कार्य कानूनले निषिद्ध गरेको छ भने सो प्रकृतिको आरोप लगाई मानिसको कपाल काट्ने, मानव मलमूत्र खुवाउने, कुटपिट गर्ने, यातना, प्रताडित गर्ने जस्ता कार्य अमानवीयसमेत भएकोमा दुईमत हुन सक्दैन । मानव समाजमा अन्धविश्वासको रूपमा रहेको बोक्सा बोक्सी जस्तो मान्यता निर्मूल गर्न कानून बनाएर मात्र प्रयाप्त हुँदैन । यस्तो क्रियाकलाप विरूद्ध कडा दण्ड नीतिसमेत अपनाउन आवश्यक रहेकोले सोहीअनुरूप कठोर सजाय पनि गर्न आवश्यक हुने । (प्रकरण नं.११) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ताद्वय सानुमैया डंगोल र विमला यादव प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३), १३(४) सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री टेक नारायण कुँवर पुनरावेदन तहमा फैसला गर्नेः मानन