निर्णय नं. ९७९२ - लागु औषध अपराध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९७९२ - लागु औषध अपराध भाग: ५९ साल: २०७४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७३/०८/०६ ७९७० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे फैसला मिति : २०७३।८।६ मुद्दा : लागु औषध अपराध । ०६८-CR-०२२७ पुनरावेदक / प्रतिवादी : झापा जिल्ला दमक नगरपालिका वडा नं.१३ घर भई हाल क्षेत्रीय कारागार कार्यालय, सुनसरी, झुम्कामा थुनामा रहेका सुमन शाही विरूद्ध प्रत्यर्थी / वादी : प्रहरी प्रतिवेदनले नेपाल सरकार ०६८-CR-०२२८ पुनरावेदक / प्रतिवादी : झापा जिल्ला टागनडुब्बा गाउँ विकास समिति वडा नं. २ घर भई हाल कारागार कार्यालय झापामा थुनामा रहेका विशाल तामाङ विरूद्ध प्रत्यर्थी / वादी : प्रहरी प्रतिवेदनले नेपाल सरकार कानूनको व्याख्या गर्दा त्यसबाट पर्न जाने प्रभाव प्रति न्यायकर्ता सदैव गम्भीर रहन पर्ने देखिन्छ । कानूनको यान्त्रिक व्याख्या गर्दा त्यसबाट अनपेक्षित परिणाम निस्कन गई न्यायबाट वञ्चित हुनुपर्ने अवस्थातर्फ पनि न्यायकर्ताले ध्यान पुर्याउन जरूरी हुन्छ । कानून र न्यायको समायोजन हुन नसके प्रतिवादीले न्याय प्राप्त गर्ने अवस्था नै रहन्न । अतः न्यायकर्ताले यस विषयमा गम्भीर भई न्याय सम्पादन गर्न वाञ्छनीय हुन्छ । तथ्यगत रूपबाट लागु औषधको कुलतमा लागेकालाई लागु औषधको कारोबारीको रूपमा सजाय गर्दा न्यायको भावना नै मर्न जाने हुँदा विवेकशील भई न्याय गर्नु न्यायकर्ताको मुलभूत र अन्तरनिहित कर्तव्य भएकोमा द्विविधा हुन नसक्ने । (प्रकरण नं.६) पुनरावेदक / प्रतिवादीका तर्फबाट : प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को (घ),(ङ) र (च), दफा १४(१)(ज) सुरू तहमा फैसला गर्नेः- माननीय जिल्ला न्या. श्री शालिग्राम कोइराला पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री विष्णुदेव पौडेल माननीय न्यायाधीश श्री रेवन्त बहादुर कुँवर फैसला न्या. केदारप्रसाद चालिसे : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ:- मिति २०६५।७।१७ गते राति जिल्ला झापा दमक नगरपालिका वडा नं. १३ बस्ने सुमन शाहीको घर कोठामा लागु औषध छ भन्ने खबर प्राप्त भई घरमा खान तलासी गर्दा सुमन शाहीको कोठामा अवैध लागु औषध फेनारगन ३६ थान, लुपिजेसिक ३९ थान, डाईजिपाम् ३५ थान फेला पारी बरामद गरी बरामदी मुचुल्कासहित सुमन शाही र विशाल तामाङसमेतलाई पक्राउ गरी दाखेल गरेको भन्नेसमेत व्यहोराको खानतलासी तथा बरामदी मुचुल्का । मिति २०६५।७।१७ गते राति जिल्ला झापा दमक नगरपालिका वडा नं. १० स्थित बजार एरियामा ऐ.ऐ.१३ बस्ने सुमन शाही र ऐ.ऐ.बस्ने विशाल तामाङसमेतले लागु औषध इन्जेक्सन लगाई मातेर तरबार बोकी सर्वसाधारण मानिसलाई आतंकित पार्दै हिँडेको भन्ने खबर पाई उक्त स्थानमा जाँदा निज सुमन शाही र विशाल तामाङ कत्ती बोकी हिँडिरहेको अवस्थामा फेला पारी सोधपुछ गर्दा आफूहरूले लागु औषधको इन्जेक्सन लगाएको बताएको हुँदा निजहरूले बताएअनुसार निज सुमन शाहीको घर कोठा खान तलासी गर्दा ११० थान लागु औषध फेला परेकाले निज सुमन शाही र विशाल तामाङलाई पक्राउ गरी दाखेल गरेको भन्ने प्रहरी प्रतिवेदन । मेरो दाजु सुमान शाही पहिलादेखि नै लागु औषध सेवन गरी हिँड्ने गर्दथे निज सुमन शाही र विशाल तामाङ लागु औषध सेवन गरी मिति २०६५।७।१७ गते राति हो हल्ला गर्दै हिँ