निर्णय नं. ९७९३ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९७९३ - उत्प्रेषण भाग: ५९ साल: २०७४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७४/०१/१३ ३२३४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की आदेश मिति : २०७४।१।१३ ०७३-WO-०३९० विषय : उत्प्रेषण निवेदक : पुण्यप्रसाद पौडेलको छोरा जिल्ला कास्की ढिकुर पोखरी वडा नं. ७ घर भई हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल राष्ट्रिय ट्रमासेन्टर महाबौद्ध काठमाडौंमा मेडिकल अधिकृत आठौं तहमा कार्यरत वर्ष ३२ को डा. सन्तोष पौडेल विरूद्ध विपक्षी : नेपाल सरकार स्वास्थ्य मन्त्रालय, रामशाहपथ काठमाडौंसमेत सरकारबाट अध्ययन गर्न पठाएका राष्ट्रसेवक र कानूनबमोजिम बिदा स्वीकृत गराई निजी तवरमा अध्ययन गरेका राष्ट्रसेवकबीच समान हैसियत रहने र निजी तवरले अध्ययन गरेको भन्ने आधारले मात्र कानूनले विवेकसम्मत आधार देखाई फरक फरक स्थितिमा राखेको अवस्थामा बाहेक वृत्ति विकासको अवसरमा विभेद गर्नु न्याय, कानून र समानताको सिद्धान्तका साथै संविधानद्वारा प्रत्याभूत समानताको हकको समेत विपरीत हुन जाने । (प्रकरण नं.४) निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ता टंकप्रसाद दुलाल विपक्षीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता लोकराज पराजुली अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या. हरिकृष्ण कार्की : नेपालको संविधानको धारा ४६/१३३(२)(३) नं. बमोजिम यस अदालतको क्षेत्राधिकारअन्तर्गतको भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छ:- म रिट निवेदकले मिति २०६५।७।५ बाट नेपाल सरकारको स्वास्थ्य सेवामा अस्थायी मेडिकल अधिकृतको रूपमा सेवा प्रवेश गरेकोमा २०६६।१०।२५ को पत्रबमोजिम मेडिकल अधिकृत आठौं तहमा स्थायी भई मिति २०६८।५।३१ सम्म शिशुवा प्राथमिक स्वास्थ्य केन्द्र कास्कीमा सेवा गरेको र मिति २०६८।६।१ बाट २०७१।५।३१ सम्म रेजिडेण्ट मेडिकल अधिकृत भई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल महाबौद्ध काठमाडौंमा हाडजोर्नी विषयमा अर्थोपेडिक सर्जरीमा स्नातकोत्तर तह एम. एस. अर्थोपेडिक तथा ट्रमा सर्जरीको अध्ययन पूरा गरी हाल म रिट निवेदक चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल राष्ट्रिय ट्रमा सेन्टर महाबौद्ध काठमाडौंमा आठौं तहको मेडिकल अधिकृत पदमा कार्यरत रहेको हुँदा म रिट निवेदक नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ८ बमोजिमका खुल्ला प्रतियोगिताद्वारा गरिने पदपूर्तिको लागि नेपाल स्वास्थ्य सेवा नियमावली (संशोधनसहित) २०५५ को नियम १५ तथा अनुसूची ६ को (२) (छ) बमोजिम नेपाल स्वास्थ्य सेवा सर्जरी समूह अर्थोपेडिक सर्जरी उपसमूह नवौं तह (प्रा.) कन्सलटेण्ट अर्थोपेडिक सर्जनको पदको लागि विपक्षी आयोगको विज्ञापन नं. १७१४१/०७२/०७३ को पदका लागी उम्मेदवार बन्न योग्य भई उक्त विज्ञापनको खुल्ला प्रतियोगितामा सामेल भएको थिएँ । उक्त विज्ञापनमा पद संख्या ३ माग भएकोमा २०७२ साल माघ २३ र २४ गते सञ्चालन भएको लिखित परीक्षामा म रिट निवेदक उत्तीर्ण भई मिति २०७३।४।११ गतेको दिन अन्तर्वार्ता तोकी म रिट निवेदकलाई विपक्षी आयोगको सूचना नं. ११८४/०७२/०७३ मिति २०७३।३।२० को विपक्षी आयोगको सूचनामा लिखित परीक्षामा उत्तीर्ण भई अन्तर्वार्ताको लागि सूचीकृत गरिएको थियो । म रिट निवेदकको स्नातकोत्तर तहको अध्ययनको अवधि रेजिडेण्ट अध्ययन समयलाई अनुभवको रूपमा लिन नमिल्ने भनी उक्त मिति २०७३।४।११ गतेको अन्तर्वार्तामा सहभागी नगराएको हुँदा म रिट निवेदकले मिति २०७३।४।१२ गतेका दिन द.नं. १०२