निर्णय नं. ४३१३ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३१३ - उत्प्रेषण भाग: ३३ साल: २०४८ महिना: असोज अंक: ६ फैसला मिति :२०४८/०५/२५ २२३९ निर्णय नं. ४३१३ ने.का.प. २०४८ अङ्क ६ संयुक्तइजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४६ सालको रिट नं. १४९१ आदेश भएको मिति: २०४८।५।२५।३ मा निवेदक : मोरङ विराटनगर न.पं. वडा नं. १४ बस्ने लम्बोदरलाल कायस्त विरुद्ध विपक्षी : मालपोत कार्यालय विराटनगरसमेत विषय : उत्प्रेषण (साविक पेज नं. ३०४) (१) जिल्ला अदालतमा रिट निवेदक तथा विपक्षी समेत बीच अंश मुद्दाको कारवाही चलिरहेको देखिँदा मुद्दा पर्दा पर्दैको अवस्थामा त्यसलाई असर पर्ने गरी तथा अधिकार प्राप्त अदालतबाट कानुन बमोजिम मुद्दाको कारवाही भइरहेको अवस्थामा सोही मुद्दाको विवादित विषयमा रिट क्षेत्रबाट हेर्न नमिल्ने । (प्रकरण नं. १८) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री गोपालप्रसाद भण्डारी विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास आदेश न्या.लक्ष्मणप्रसाद अर्याल १. स्व.बैजनाथका दुई छोरामा जेठा दाजु सगमलाल र जयलाल भई सगमलालको ९० सालमा र कान्छा जयलालको २००६ सालमा देहावसान भए पश्चात सगमलालका ४ भाइ छोराहरु क्रमशः झण्डीलाल, अर्जुनलाल, हर्षितलाल र जनार्दनलालले १० आना र कान्छा जयलाल पट्टिका दुई छोरामा जेठा विपक्षी शारदाका पति स्व.दामोदर र कान्छा म निवेदक ६ आना हिस्सा लिने गरी ०८।८।१०।१ मा अंशबण्डा गरी लियौं । २. अंशबण्डा हुँदा तक हाम्रो बाबु बाजेको जिम्दारी र जिरायत जग्गा समेत भएको हुँदा सो सहित बण्डा भएको थियो । बाबु बाबुका छोराहरुमा अंशबण्डा भएको हो । बण्डा हुनु अघि दाजु दामोदरसंग हामी आपसको समेत यसै बण्डापत्रबाट अलग अलग भाग गरौं भन्दा जि.प.खान्गी र जिरायत जग्गा समेत भएकोले हाल फुटाई लिन अनुकूल पर्दैन । बण्डापत्रबाट प्राप्त हुने मोरड्ड र महोत्तरीका जग्गा मध्ये दाजु महोत्तरी बस्ने मलाई मोरड्ड राख्ने इच्छा व्यक्त गर्नु भई मानो सम्म छुट्टाई अलग बसौं भन्दा रीतपूर्वकको आपसी बण्डापत्र पछि गर्ने गरी पारस्परिक सहमति र सल्लाहबाट अलग जग्गा जिरायत र पटुवारी खान्गी लोभ गरी दाजु महोत्तरी बस्ने इच्छा व्यक्त गर्नु भएकाले म निवेदक मोरङ बस्ने अब उप्रान्तको आर्जनमा आ–आफ्नो हुने गरी बण्डापत्रबाट प्राप्त सम्पत्तिमा मोरङपट्टिका र अब दाखिल दर्ता गर्दा नरम करम मिलाई तिम्रा फाँटमा पनि जि.पं.मा दाखिल दर्ता गराई रीतपूर्वकको आपसी बण्डा गर्ने भन्ने दाजुको इच्छा मुताविक मोरड्ड पट्टिका प्र.वरियाती मौजे मोरङ, जागिर खान्गी मधुरा मौजाका जग्गा समेत मेरै दर्तामा रहने तथा महोत्तरी तर्फका मेरा दर्ताका मेरै दर्तामा राख्न मञ्जूर गरी चलको हकमा हातहातै बण्डा गरी बण्डापत्र भई म निवेदक मोरड्ड बस्ने भई उल्लेख गरी ००९।१।१ देखि मानो छुट्टी म फिरादी परिवार सहित विराटनगर आई बसेको छु । मानो छुट्टिएको कुरा ००८ सालको बण्डापत्रबाट प्राप्त सम्पत्ति दाखिल दर्ता गर्ने सिलसिलामा जि.पं.मा दर्खास्त दिंदा दाजु स्व.दामोदरको वतन महोत्तरी कोजरी मौजे अफौरा र म निवेदकको विराटनगर भनी उल्लेख (साविक पेज नं. ३०५) भएको दर्खास्तबाट प्रष्ट छ । ००८ सालदेखि ०४५ साल तकको लामो अन्तरालसम्म हामीहरुको लेनदेन कारोबार आफ्नो आफ्नो भएको कुरामा विवाद छैन । यसको अतिरिक्त दाजु स्व.दामोदरले बिगत ०४२ सालसम्म विभिन्न व्यक्तिहरुलाई जग्गा बिक्री गर्दा आफ्नो वतन जि.धनुषा देवडिया गा.पं. उल्लेख गर्नु भएको छ । मेरो अंश हकमा जग्गा दाजु समेतले बिक्री गरेकोमा मैले मोर