निर्णय नं. ९७९४ - सवारी ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९७९४ - सवारी ज्यान भाग: ५९ साल: २०७४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७३/११/०८ १३१२६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति : २०७३।११।८ ०७०-CR-११४५ मुद्दा : सवारी ज्यान पुनरावेदक / वादी : पारूग वलीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : सिन्धुपाल्चोक जिल्ला, ठुले धादिङ गाउँ विकास समिति वडा नं. ६ घर भई हाल काठमाडौं जिल्ला, जोरपाटी बराल पेट्रोल पम्प नजिक बस्ने सेरपु लामा कुनै पनि सवारी चलाउने व्यक्तिले सवारी चालक अनुमतिपत्र लिनुपर्ने गरी ऐनमा भएको उक्त व्यवस्था ऐच्छिक नभई अनिवार्यरूपमा पालना गर्नुपर्ने व्यवस्था हो । सार्वजनिक सडकमा सवारी चलाउने ज्ञान र सीप नभई कुनै पनि सवारी चलाउनु हुँदैन । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले लिखित र प्रयोगात्मक परीक्षणबाट सफल भएका उम्मेदवारलाई सवारी चालक अनुमतिपत्र प्रदान गर्ने कानूनी व्यवस्था गरेको देखिन्छ । तसर्थ लिखित र प्रयोगात्मक परीक्षणमा उत्तीर्ण भई सवारी चालक अनुमतिपत्रको प्रमाणपत्र प्राप्त गरेका व्यक्तिमा सवारी चलाउने ज्ञान र सीप भनी कानूनतः अनुमान गर्नु पर्ने । सवारी चालक अनुमतिपत्र नै नभएका व्यक्तिले सार्वजनिक सडकमा सवारी चलाउने कार्य गर्नु भनेको कानूनद्वारा निषेधित कार्य हो । कानूनद्वारा निषेधित कार्य गरी सवारी चलाउने अनुमति नै प्राप्त नगरेको व्यक्तिले सवारी चलाई सो सवारी साधनबाट ठक्कर लागी वा किची मानिसको ज्यान गएमा सोकार्य स्वतः लापरवाहीपूर्वक गरिएको कार्यको परिणामस्वरूप भएको मान्नुपर्ने । (प्रकरण नं.४) कुनै पनि सवारी साधन चलाउन सवारी चालक अनुमतिपत्र प्राप्त गरेको हुनुपर्ने सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ४५ को व्यवस्था र दफा १६१(२) को लापरवाहीपूर्वक सवारी चलाउँदा मानिस मर्न गएमा हुने सजायसम्बन्धी व्यवस्था एक अर्कामा अन्तर्सम्बन्धित रहेको पाइन्छ । यस अवस्थामा दफा ४५ बमोजिम सवारी चालक अनुमतिपत्र प्राप्त नगरी कसैले सवारी चलाई मानिसको ज्यान मर्न गएमा उक्त कार्य लापरवाहीपूर्वक गरिएको मानिने हुँदा लापरवाहीपूर्वक सवारी चलाई मानिसको ज्यान मरेमा ऐनको दफा १६१(२) आकर्षित हुने । (प्रकरण नं.५) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : नेकाप २०७० फागुन, नि.नं.९०७३, पृ.१३२७ सम्बद्ध कानून : सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ४५ र १६१(२) सुरू तहमा फैसला गर्ने : माननीय जिल्ला न्या. श्री नारायणप्रसाद श्रेष्ठ पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री रामचन्द्र यादव फैसला न्या. पुरूषोत्तम भण्डारी : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को (क) र (ख) बमोजिम मुद्दा दोहोर्याई हेरिपाउँ भनी वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा निवेदन परी दोहोर्याई हेर्ने निस्सा प्रदान भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः मृतक गणेशप्रसाद ओझाको बायाँ खुट्टाको कुर्कुच्चाभन्दा माथि गोली गाँठो नजिक नली खुट्टाको हाड भाँच्चिएर बाहिर निस्की दुई टुक्रा भएको, टाउकोमा दायाँपट्टी कानभन्दा माथि कन्चटको भागमा थिल थिल अवस्थामा रहेको भित्र टाउकोमा हाड फुटेको भन्नेसमेत व्यहोराको लास जाँच प्रकृति मुचुल्का । मिति २०६५।८।१२ गते बेलुका राति अं. २३.०० बजेको समयमा मेरो बु