निर्णय नं. ९७९५ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९७९५ - उत्प्रेषण भाग: ५९ साल: २०७४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७३/०७/२६ ६२७१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा आदेश मिति : २०७३।७।२६ ०६९-WO-०७५६ मुद्दा : उत्प्रेषण निवेदक : काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. १ हात्तिसारस्थित सिद्धार्थ बैंक लिमिटेड केन्द्रिय कार्यालयको तर्फबाट अधिकार प्राप्त ऐ.बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी विरूद्ध विपक्षी : चितवन जिल्ला भरतपुर न.पा.वडा नं.१० स्थित मालपोत कार्यालय, चितवनसमेत एक पटक बैंकको हकमा रोक्का राखिएको र त्यसकै आधारमा ऋण प्रवाह भएको सम्पत्तिलाई फेरी अरू कुनै निकायका पत्र वा आदेशबाट पुन: रोक्का रहने हो भने ऋण असुलीको प्रक्रिया नै अवरूद्ध हुन गई बैंकिङ कारोबार नै खलबलिन जाने । (प्रकरण नं.४) रोक्का राखिएको उक्त सम्पत्तिको प्रयोजन समाप्त नभई अर्का प्रयोजनका लागि पुनः रोक्का राख्दा पहिले रोक्का राखिएको प्रयोजन नै निरर्थक वा प्रयोजनहीन हुने गरी दोहोरो रोक्का राख्न कानूनसङ्गत नदेखिने । (प्रकरण नं.५) निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ता बालकृष्ण ढकाल विपक्षीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता भरतलाल शर्मा अवलम्बित नजिर : सर्वोच्च अदालतबाट प्रतिपादित वाणिज्य कानूनसम्बन्धी केही महत्त्वपूर्ण नजिरहरू, २०१५-२०६२, भाग-४, पृ.४२५, पृ.४८१ नेकाप २०७१, अंक ५, नि.नं.९१५६ सम्बद्ध कानून : बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ को दफा ५६(३) र (४) मालपोत ऐन, २०३४ को दफा ८(ख) आदेश न्या. अनिलकुमार सिन्हा : नेपालको अन्तरिम संविधान २०६३ को धारा ३२/१०७(२) बमोजिम यसै अदालतको अधिकार क्षेत्रभित्र पर्ने प्रस्तुत रिट निवेदनको तथ्य एवं आदेश यसप्रकार छः- रिट निवेदक सिद्धार्थ बैंक लि. (यसपछि बैंक भनिएको) का ऋणी श्री शिवानी एअर प्रा.लि.(यसपछि ऋणी कम्पनी भनिएको) ले यस बैंकबाट विभिन्न मितिमा कर्जा तथा बैंकिङ सुविधा प्रयोग गरी जनवरी १४, २०१३ सम्मको अभिलेख अनुसार १२,३०,७३२।३८ साँवा तथा ब्याज र पेनाल्टीसमेत लिन बाँकी छ । सो कम्पनीले बैंकबाट ऋण लिँदा कम्पनीकै नाममा दर्ता रहेको र कसैलाई हक हस्तान्तरण गरी नदिएको र कसैको रोक्का नरहेको जिल्ला चितवन कल्याणपुर गा.वि.स. वडा नं.७ ख कि.नं. १३९० क्षे.फ. ०-२-९१/२, ऐ. कि.नं. १३९१ क्षे.फ. ०-१-१०१/२ जग्गा तथा सोमा बनेको भवन तथा लिग लिगापातसमेत मालपोत कार्यालय चितवनबाट यस बैंकले धितो बन्धक पारित गरी मालपोत कार्यालय चितवनको च.नं. २१७० मिति २०६३।८।१८ को पत्रबाट बैंकको पक्षमा रोक्का रहेको छ । ऋणीले सो ऋण नतिरी यस बैंकबाट कर्जा चुक्ता गर्न आउने सूचना तथा जग्गा लिलामको लागि सूचना प्रकाशित गर्दा कसैको निवेदन परेन । यसरी बैंकले लिलाम गर्दा कसैको दरखास्त नपरेपछि बैंकको सञ्चालक समितिको बैठकले आफ्नै नाममा सकार गर्ने गरी मिति २०६८।१।२८ मा निर्णय गरेअनुरूप मिति २०६८।३।१ मा मालपोत कार्यालय, चितवनमा जग्गा नामसारी गरिपाउँ भनी पत्राचार गर्दा मालपोत कार्यालय चितवनबाट उक्त जग्गाहरू काठमाडौं जिल्ला अदालत, ललितपुर जिल्ला अदालत र अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट रोक्का भएको, उक्त कार्यालयहरूबाट फुकुवा भई नआएसम्म बैंकको नाममा नामसारी गर्न नसकिने भनी जवाफ प्राप्त भयो । बैंकले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सो विषयमा पत्राचार गरेकोमा उक्त आयोगले मिति २०६९।५।२० मा बैंकको पत्राचारलाई बेवास्ता गरी निर्णय गरेको छ । यसरी बैंक तथा वित्ती