निर्णय नं. ९७९६ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९७९६ - कर्तव्य ज्यान भाग: ५९ साल: २०७४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७३/१२/२५ ६४८६ सर्वोच्च अदालत,संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. फैसला मिति : २०७३।१२।२५।६ ०७३-RC-००२८ मुद्दा : कर्तव्य ज्यान वादी : भक्तपुर जिल्ला, तत्कालीन चित्तापोल गाउँ पञ्चायतका प्रधानपञ्च गोकर्ण बहादुर कार्कीको जाहेरीले वादी नेपाल सरकार विरूद्ध प्रतिवादी : भवानी शोभराजको छोरा २० एभेन्यू डि, इभ्री ७५०१३ प्यारिस फ्रान्स घर भई हाल कारागार शाखा जगन्नाथ देवल, काठमाडौंंअन्तर्गत केन्द्रीय कारागार थुनामा रहेका चार्ल्स गुरूमुख शोभराज कर्तव्यवाला पत्ता लागेको अवस्थामा २० वर्षपछि पनि मुद्दा चल्ने ज्यानसम्बन्धी महलको २० नं. को व्यवस्थाले नै स्पष्टरूपमा बोली राखेकै छ । यस्तो अवस्थामा कर्तव्य भएको २० वर्षपछि मुद्दा चल्न नसक्ने भन्ने जिकिर ज्यानसम्बन्धी महलको २० नं. को मनसाय प्रतिकूल भई सो जिकिरसँग सहमत हुन नसकिने । (प्रकरण नं.१०) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता दशरथ पंगेनी प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता लोकभक्त राणा, विद्वान् अधिवक्ताहरू शकुन्तला थापा, रामबन्धु शर्मा र विद्वान् वैतनिक अधिवक्ता किरण कुमारी गुप्ता अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३), २० नं. सुरू तहमा फैसला गर्ने : माननीय जिल्ला न्या. श्री नागेन्द्रलाल कर्ण पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री बालकृष्ण उप्रेती माननीय न्यायाधीश श्री नारायण प्रसाद शाह फैसला न्या. दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा १०(२) बमोजिम साधकको रोहमा पेस भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- मिति २०३२ साल पौष ६ गते म आफ्नो गाउँ पञ्चायतको कामकाज गर्दै रहेको अवस्थामा ६ नं. वडा सदस्य भरत राना मगरले पलासे अरनिको राजमार्गको ढलमा कहाँको के नाम गरेको व्यक्ति के परिवन्धबाट मरेको छ भनी खबर गरेकोले मसमेत गई हेर्दा निज मृतकको जिउमा लुगा नभई सर्वाङ्ग नाङ्गो अवस्थामा मुख नचिनिने गरी आगोले डढेको,घाँटीमा रगतसमेत देखिएको मृतकको लास भेटिएकोले के कति परिबन्धबाट मारी यहाँ फालेको हो ? जाँचबुझ गरी कानूनबमोजिम गरिपाउँ भनी मिति २०३२।९।६ गतेको जिल्ला भक्तपुर, चित्तापोल गाउँ पञ्चायतका तत्कालीन प्रधानपञ्च गोकर्ण बहादुर कार्कीले दिएको दर्खास्त । जिल्ला भक्तपुर, तत्कालीन चित्तापोल गाउँ पञ्चायत वडा न.६ स्थित अरनिको राजमार्गदेखि दक्षिण गाउँ जाने बाटो, उत्तर सडकको ढलमा पुर्व टाउको पश्चिम खुट्टा भई उत्तानो परी लडेको टाउकोमा रहेको कपाल डढेको, कान दुवै आगोले खाई छाला डढेको, नाकको दुवै प्वालबाट रगत आएको, आँखा दुवै बन्द रही आगोले खाएको, निधारको दुवै आँखामाथि चोट लागेको, जुँगा डढेको, घाँटीमा किलकिलेनिर सेरिएको काटेको घाउ प्वाल देखिएको, बायाँ हात जिउले थिचेको, दाहिने हात बाँधिएको, औंला आगोले डढेको, नारीमा कपडाले बाँधेको डढेको कपडा देखिएको, पाइन्ट आदि आगोले खाई केही भाग देखिएको, कट्टिमा डढेको अण्डरवयरको कपडा भएको, दुवै कट्टिमा छाला डढेको, पिसाब फेर्ने ठाउँमा आगोले हड्डी र छाला डढेको, दाहिने पिँडौलामा तिघ्रामा धेरैजसो भाग आगोले खाएको, बाँया पट्टीको तिघ्रा पिडौला र कुरकुच्चामा आगोले खाएको, लास ओल्टाई पल्टाई हेर्दा टाउकोमा पछाडिपट्टी केही भाग कैलो रंङको र सो कपालमा रगत लागेको,पछाडि पिठ्यूमा रगतको दाग लागी लासले थिचेको,देव्रेपट्ट