निर्णय नं. ९७९९ - निर्णय दर्ता बदर दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९७९९ - निर्णय दर्ता बदर दर्ता भाग: ५९ साल: २०७४ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७३/११/२३ ३१४३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भर प्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति : २०७३।११।२३ ०६५-CI-०१८० मुद्दाः निर्णय दर्ता बदर दर्ता पुनरावेदक / वादी : राजेन्द्र प्रसाद पण्डित विरूद्ध प्रत्यर्थी / प्रतिवादी : टिपाल्जोर लामा फैसलाअनुसार भएको कार्यान्वयनको कार्यले फैसलालाई विस्थापित गर्न परिवर्तन गर्न सक्तैन, मिल्दैन । फैसलाअनुसार भएको कार्यान्वयनले फैसलाको मूल ठहर खण्डलाई संशोधन गर्न पनि नसक्ने । फैसलाको ठहर खण्ड यथावत् रहिरहने तर सो फैसलाबमोजिम कार्यान्वयन भएको कार्य बदर हुने हो भने त्यस्तो कार्यान्वयनले फैसलालाई नै परिवर्तन गर्न पुग्दछ जुन हाम्रो न्यायिक पद्दति प्रणालीविपरीत हुने हुन्छ । अतः अन्तिम भई रहेको फैसला कहीँकतैबाट बदर हुन नसकेको स्थितिमा सो फैसलाअनुसार भएको कार्यान्वयनको पाटोलाई मात्र बदर गर्न सैद्धान्तिकरूपबाट नै मिल्ने नदेखिने । (प्रकरण नं.८) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता गुणनिधि न्यौपाने, विद्वान्‌ अधिवक्ताहरू खगेन्द्र प्रसाद अधिकारी, विश्वप्रकाश सिग्देल र मुरारी सापकोटा प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता नारायणबल्लभ पन्त र अधिवक्ता जगदीशचन्द्र पाण्डे अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः माननीय जिल्ला न्या.श्री केदारप्रसाद चालिसे पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्या. श्री अलि अकबर मिकरानी माननीय न्या. श्री जगदिश शर्मा पौडेल फैसला न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)बमोजिम दर्ता भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छ :- विपक्षीमध्येका पाल्साङ छिरिङ लामाबाट मालपोत कार्यालय, काठमाडौंबाट र.नं. ७५९७ मिति २०४४।२।१३ मा पारित हालैको बकसपत्रका आधारमा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २ (ख) कि.नं. ६६० को क्षे.फ. १-१०-२ को पूरा जग्गा हक प्राप्त गरी आएको थियो । हाल कित्ता फोड भई कायम भएको उक्त कि.नं. ६६० को मूल कित्ता नं. १६९ को क्षे.फ. ५-३-२समेत साबिकमा विपक्षी राजेन्द्र पण्डितकी आमा मिठु देवीबाट मेरा परदाता छेचु लामाले मिति २०३४।६।२ मा पारित राजीनामाको लिखतबाट प्राप्त गरेपश्चात मिति २०४२।९।७ मा दिने छेचु लामा लिने पाल्साङ छिरिङ लामा भएको पारित राजीनामा लिखतबाट उक्त कि.नं. १६९ मध्ये पूर्व उत्तर तर्फबाट क्षे.फ. १-१०-२ कित्ताबाट भई मेरा दाता पाल्साङ छिरिङका नाउँमा दर्ता कायम भई सो कित्ता पूरै पाल्साङ छिरिङ लामाबाट मिति २०४४।२।१३ मा मैले हालैदेखिको बकसपत्र गरेपश्चात् मेरो स्वामित्वमा आएको हो । मिठुदेवी पण्डितले छेचु लामालाई गरी दिएको मिति २०३४।६।२ को लिखतको सम्बन्धमा नाबालक राजेन्द्रप्रसाद पण्डितको हकमा ईश्वरी पण्डितले दिएको मुद्दामा तहतह हुँदै सर्वोच्च अदालतबाट आधा लिखत सदर कायम रही आधामा राजेन्द्रप्रसाद पण्डितको हक कायम हुन गएको छ । सो मुद्दा चलिरहकै क्रममा छेचु लामाले उक्त जग्गामध्ये १-१०-२ जग्गा पाल्साङ छिरिङ लामालाई मिति २०४२।९।७ मा राजीनामा गरिदिएपश्चात् निजबाट मैले मिति २०४४।१।१३ मा हालैको बकसपत्र पास गराई लिएकोमा राजेन्द्रप्रसाद पण्डितले पाल्साङ छिरिङ लामासमेतलाई प्रतिवादी बनाई देवानी दायरी नं. २००० र म वादी टिपाल्जोर लामालाई समेतलाई प्रतिवादी बनाई द