निर्णय नं. ९८०२ - निर्णय दर्ता बदर हक कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९८०२ - निर्णय दर्ता बदर हक कायम भाग: ५९ साल: २०७४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७३/१०/२७ ६४६४ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल माननीय न्यायाधीश श्री मीरा खड्का माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा फैसला मिति : २०७३।१०।२७ ०७२-DF-००१५ मुद्दाः निर्णय दर्ता बदर हक कायम । पुनरावेदक / वादी : जिल्ला ललितपुर, ललितपुर उपमहानगरपालिका वडा नं.१८ बस्ने हेरादेवी बज्राचार्यसमेत विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला ललितपुर, ललितपुर उपमहानगरपालिका वडा नं.११ बस्ने पूर्णलाल महर्जनसमेत साबिकको नापीमा दर्ता बाँकी रहन गएका जग्गाको हक स्वामित्व निरूपण गर्दा सो नापीमा खडा भएका फिल्डबुकमा लेखिएका व्यहोराहरू महत्त्वपूर्ण प्रमाणको रूपमा लिनुपर्ने देखिन आउँछ । फिल्डबुकमा लेखिने व्यहोरा सो जग्गाको स्वामित्वको सम्बन्धमा कालान्तरसम्ममा विवादको यकिन गर्ने प्रमाण मानिन्छ । त्यसैले फिल्डबुकलाई सो जग्गाको स्वामित्व निर्धारण गर्ने प्रमाणको रूपमा लिनु नै श्रेयष्कर हुने । (प्रकरण नं. ९) अवैध दर्ताको आधारमा भएको लिखत स्वतः अवैध, दुषित र बदरभागी हुन जाने हुन्छ । प्रतिवादीहरूले विवादित जग्गा मिति २०५३।११।१४ मा मोही कृष्णबहादुरको सहयोगमा आफ्नो नाउँमा दर्ता गराई २०५३।११।१९ मा कृष्णबहादुरलाई नै बकसपत्र गरी हक हस्तान्तरण गरेको देखिन्छ । साबिक ३९३ को हाल रै.नं. १४ को लगतलाई समेत आफ्नो नाउँमा दर्ता गराई जग्गा हस्तान्तरण गरेको देखिँदा त्यस्तो दर्ताले कानूनी मान्यता पाउने भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १३) फिल्डबुकमा उल्लेख भएको उही व्यहोरा विपक्षी जग्गाधनीहरूको हकमा प्रमाणमा ग्राह्य हुने र पुनरावेदक वादीहरूको हकमा भुलवश लेखिएको भनी नजरअन्दाज गर्न नमिल्ने । (प्रकरण नं. १३) सार्वजनिक सूचना प्रकाशन गर्नु भनेको असर पर्नेको हक त्यसै हनन् नहोस् भन्नेतर्फको सुनिश्चिततासम्म हो तथापि सम्बन्धित पक्षले सार्वजनिक सूचनाको जानकारी पाएको कुरा अन्य प्रमाणबाट पुष्टि हुनु पर्दछ । त्यसरी प्रमाणित नगरेसम्म त्यो सूचनालाई आधार बनाई हक पुग्ने पक्षको हक हनन् गर्न नमिल्ने । (प्रकरण नं. १३) मुलुकी ऐन जग्गा पजनीको १७ र जग्गा मिच्नेको १८ नं. ले काम कारवाहीको जानकारी पाएको मितिबाट हदम्याद सुरू हुने नभनी दर्ता भएको थाहा पाएको मितिबाट ६ महिनाभित्र नालेस नदिए लाग्न सक्तैन भन्ने व्यहोरा उल्लेख गरेको देखिएबाट समेत फिराद वादी हदम्यादविहीन भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १३) पुनरावेदक / वादी : विद्वान् अधिवक्ता प्रेमसिंह धामी प्रत्यर्थी / प्रतिवादी : विद्वान् अधिवक्ता योगराज सुवेदी, रक्षबहादुर क्षेत्री अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः- मा.न्यायाधीश श्री जनार्दनबहादुर खड्का पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री रणबहादुर बम माननीय न्यायाधीश श्री माधवप्रसाद चालिसे सर्वोच्च अदालतमा फैसला गर्नेः- मा.न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय मा.न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला न्या. जगदीश शर्मा पौडेल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को क्षेत्राधिकारभित्रको भई सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम पेस भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- हामीहरूका ससुरा तथा बाजे वीरनरसिं गुभाजु (बज्राचार्य) तथा विपक्षीहरूका पितासमेतको नाममा नापनक्सा भई हामीहरूको संयुक्त हक भोगको निर्विवादरूपमा हक रहेको विवादित जग