निर्णय नं. ९८०३ - अंश चलनसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९८०३ - अंश चलनसमेत भाग: ५९ साल: २०७४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७३/१०/२० ४२५६ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा फैसला मिति : २०७३।१०।२० ०६९-NF-०००८ मुद्दाः अंश चलनसमेत पुनरावलोकनकर्ता / वादी : ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. ३ पुल्चोक घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ७ बस्ने लाक्पा खम्बाछे शेर्पा विरूद्ध प्रत्यर्थी / प्रतिवादी : ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. ३ पुल्चोक बस्ने ओमकुमारी शेर्पा वादी अंशियार नाताका होइनन् भनी नातामा विवाद गर्ने प्रत्यर्थी प्रतिवादीले आफ्नो नातातर्फको दाबी वस्तुगत प्रमाणको आधारमा प्रमाणित गर्नुपर्ने । (प्रकरण नं. ९) अंशियार छोरा नातामा नै इन्कार गरेको अवस्थामा पुनरावेदक वादीले पाउने अंश पाएको भन्ने अवस्था नरहने । (प्रकरण नं. १०) पुनरावलोकनकर्ता / वादीको तर्फबाट : विद्वान् अधिवक्ताहरू योगराज सुवेदी, बच्चु सिंह खड्का तथा प्रकाश थापा प्रत्यर्थी / प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ताहरू शंकर लिम्बु, भीम राई, रामहरि श्रेष्ठ तथा दिनेशकुमार घले अवलम्बित नजिर : ने.का.प.२०४९, नि.नं.४४६७, पृ.१२७ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ को दफा २७(२) सुरू फैसला गर्ने न्यायाधीशः मा.जिल्ला न्या.श्री कुमारप्रसाद पोखरेल पुनरावेदन तहबाट फैसला गर्नेः माननीय न्यायाधीश श्री लक्ष्मणमणि रिसाल माननीय न्यायाधीश श्री माधवप्रसाद चालिसे यस अदालतको संयुक्त इजसालमा फैसला गर्नेः माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री प्रकाश वस्ती फैसला न्या. केदारप्रसाद चालिसे : सर्वोच्च अदालतको मिति २०६६।११।१३ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१) को खण्ड (ख) बमोजिम पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान भई पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- स्व. पिता पासाङ खम्बाछे शेर्पाका दुई श्रीमतीहरूमध्ये जेठी किन्जी, कान्छी ओमकुमारी भएकोमा जेठी किन्जी तर्फबाट जायजन्म भएकामा म फिरादी र लाक्पा खम्बाछे गरी दुई एवं कान्छीतर्फबाट जायजन्म भएका जेठा वाङ्गदी र कान्छो लाक्पा शेर्पा हुन् । म फिरादीकी आमा किन्जी शेर्पेनीको मिति २०५०।६।२५ मा र पिता पासाङ खम्बाछे शेर्पाको मिति २०५३।१।३१ मा परलोक भयो । पिताको जन्मस्थान सोलुखुम्बु भए तापनि नेपाल सरकार कृषि मन्त्रालयअन्तर्गत प्राविधिक पदमा रही नोकरी गर्दाको सिलसिलामा विभिन्न ठाउँहरू जस्तै ललितपुर, पोखरा र मुस्ताङमा गई सेवा गर्दै आइरहेकोमा अंशबन्डा नहुँदै पिताको परलोक भयो । पिताको परलोकपछि हामी वादी प्रतिवादीहरू एकासगोलमा ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं. ३ को घरमा बस्दै आएका थियौं । पिताको जागिरको समयमा मपनि साथमा रहँदै आएकोमा आजभन्दा पाँच वर्षअघि म ट्रेकिङ्गको काममा विभिन्न ठाउँमा जाने गरेको र मेरा बालबच्चा कान्छी आमा विपक्षीसँग बस्दै आएका, पिताजीको परलोकपछि मेरो परिवारलाई घृणा गरेका हुँदा सगोलमा बस्ने अवस्था नभएको र पिताको सम्पूर्ण सम्पत्ति विपक्षीको कब्जामा रहेकोले आफ्नो अंश भाग माग गर्दा बाबुको वर्षदिनको काम नसकेसम्म अंशको कुरा नगर अहिले अन्यत्र कोठा लिएर बस भनेकाले विपक्षीको कुरामा विश्वास गरी कोठा बहालमा लिएर बस्दै आएको थिएँ । पिताको वर्षदिनको काम सकिएपछि विपक्षीसँग आफ्नो भाग अंश