निर्णय नं. १५२८ - कुलोपानी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १५२८ - कुलोपानी भाग: २४ साल: २०३९ महिना: बैशाख अंक: १ फैसला मिति :२०३९/०१/१६ २४१९ निर्णय नं. १५२८ ने.का.प. २०३९ अङ्क १ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३६ सालको देवानी विविध नं. ६८ फैसला भएको मिति : ०३९।१।२६।१ निवेदिका : जि.प्यूठान वागेसाल गा.पं.वडा न.७ बस्ने एकबहादुर मास्के समेत विरुद्ध विपक्षी : ऐ.ऐ.वडा नं.८ बागेसाल गाउँ बस्ने पुनाराम धामी समेत मुद्दा : कूलो पानी (१) कूलाको डोड बनाउँदा यति रुपैयाँ लाग्ने र कूलो समेत तयार गर्दा यति रुपैयाँ लागेको हो भनी त्यसको तथ्य सबूत वादीतर्फबाट पेश हुनसकेको नदेखिँदा सो बिगो वादीलाई प्र.हरुबाट भराई दिने ठहराएको प्यूठान जिल्ला अदालतको इन्साफ र विवादको कूलोबाट वादीहरुलाई पानी लान नपाउने गरी सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट भएको इन्साफ गल्ति ठहर्छ । (प्रकरण नं. ११) फैसला न्या.बासुदेव शर्मा १. सुदुर पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट भएको इन्साफ जाँच गरी पाउँ भन्ने समेत व्यहोराको वादीहरुको निवेदनमा बक्स भई आएका हुकुम प्रमांगी अनुसार इन्साफ जाँच निमित्त पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकारको रहेछ : २. हामीहरुको बागेसाल मौजाको मसुरे रत्ने भन्ने जग्गामा पाखो मात्र भई सो पाखोलाई हिउँदे खेती र गाउँका मानिसहरु चौपायालाई भालुवाङ कोईलाबास समेतमा आवत जावत गर्ने मूल बाटो हिंड्ने मानिस समेतलाई खानेपानीको निमित्त १९९० सालदेखि बागेसाल दरवान खोलाबाट कूलो खनी किसमान सिंह समेत मिली २, ३ बर्ष सम्म कूलो खनी छाडी त्यसपछि ०१२ सालमा मानबहादुर समेतले खनी पहराहरुमा डोडे बनाउन छाडेपछि ०२७ सालमा हामी समेतले कोश भरको कूलो खनी ११९ गज लम्बा ९ ठाउँमा अग्राखको डोड थान १९ बनाई जडान गरी पानी चलन गरी आएका थियौं । ०३० सालमा सो कूलो बिग्रन गई जि.पं.बाट औजार लिई कूलो तयार गरी आएकोमा, सो डोड १९ काटी बेकम्बा पारी बाँध र अन्यत्र भत्काई खिचलो गरेकोले बाँध पैनी कूलो खनी भत्काई पानी ल्याउन नदिएमा कानून बमोजिम सजाय भई सो कूलो डोड तयार गरी दिए सो र नदिए डोड तयार गरी जडान र खने भत्किएको बनाउँदा लाग्ने खर्च रु.४०००।–अन्यायवालाहरुलाई दामासाहीले भराई कूलो साविक चर्चि आए बमोजिम हामीहरुकै सदर कायम राखी पाउँ भन्ने समेत एकबहादुर मास्के समेत जना ८ आठको मिति ०३२।४।२२ को फिरादपत्र । ३. मसुरे रत्ने खोरिना पाखो भन्ने जग्गामा वा अन्यन्त्र आफ्नो जग्गा वा धर्म खातिर पिउने पानीका निमित्त समेत यो उद्देश्यले कूलो खनेका हुन अतः अघिका दर्ता आवादी खेतहरु समेत छन् । त्यसैलाई खने लगेको साविक कूलो पानीको हो भनी तथ्यका साथ खुलाई लेख्न दावी गर्न नसकी फिरादीको दावी निराधार झुठ्ठो सिद्ध छ । अघिका मानिसले खनी मरमत गरी ०२७ सालमा डोड राखी पानी कूलो चलाएको भन्ने फिराद साँचो भए श्रृष्टीकाल देखि नै पानीको अभाव ०२७ सालदेखि पानी चलन बनावटी देखिन आएको र हाम्रा प्राचीन दर्ता आवादी परम्पराको कूलो पानी हाल आवादी खोरिया भन्ने खर्कले दशै कूलालाई सुख्खा पारी शिरै काटी लाने उम्मेदबाट मुद्दा मामिला चलाई हामीलाई बिगो कसी हाल आवादी तुल्याई कब्जा गर्ने मुराद गरेका हुन । कूलो परी डोंड काटी नोक्सान पारी दिएकोसमेत होइनौं भन्नेसमेत पुनाराम धामीसमेत जना १३ को संयुक्त प्रतिउत्तरपत्र रहेछ । ४. २०२३।५।२६ मा भई आएको नक्सा हेर्दा झगडा परेको कूलो न.नं.१४ को भई न.नं.७ को कूलोलाई पानी कम हुन जाने भई झगडा परी आएको देखिएकोले खोलामा पानी क