निर्णय नं. ९८०८ - दर्ता फारी गरिपाऊँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९८०८ - दर्ता फारी गरिपाऊँ भाग: ५९ साल: २०७४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७३/०९/२१ ६७०४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दिपकराज जोशी माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति : २०७३।०९।२१ ०७१-CI-०२५४ मुद्दाः- दर्ता फारी गरिपाऊँ । पुनरावेदक / प्रतिवादी : जिल्ला पाँचथर फाक्तेप गा.वि.स. वडा नं. ८ बस्ने माहासिंको छोरा जयकुमार राई विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला पाँचथर फाक्तेप गा.वि.स. वडा नं. ८ बस्ने माहासिंको छोरी पदमकुमारी राई वादी तथा प्रतिवादी दिदी भाइ नाताको भएको र संयुक्त नाममा रहेको कि.नं. ७१ जग्गा सगोलको भएकोले अन्य अंशियारमा समेत अंश लाग्नु पर्छ भनी प्रतिवाद गरेको देखिएकोमा अंश भाग पाउनको लागि कानूनबमोजिमको अंशियार नाताभित्रको पर्नैपर्ने हुन्छ । प्रतिवादीको प्रतिउत्तर लेखबाटै समेत पनि २०२८ सालभन्दा पहिले नै वादीको विवाह भइसकेको र २०२८ सालमा सम्बन्ध विच्‍छेद गरेको भन्‍ने देखिएकोले वादी र प्रतिवादी अंशियार नाताभित्रका पर्छन् भनेर भन्‍न सकिने अवस्था पनि रहेन । प्रस्तुत पृष्ठभूमिमा संयुक्त दर्ताको जग्गाको हक स्वामित्वका सम्बन्धमा प्रमाण ऐन २०३१ को दफा ६(क) मा उल्लिखित एकाघर सँगका अंशियारहरू मध्ये जुनसुकै अंशियारको नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्नेछ भन्‍ने कानूनी व्यवस्था प्रस्तुत विवादमा आकार्षित हुने अवस्था नरहने । (प्रकरण नं. ३) विवादित जग्गा वादी र प्रतिवादी दुई जनाको नाउँमा दर्ता रहेको र निजहरूले नै भोग चलन गरी आएको भन्‍ने स्थापित तथ्य देखिएको तथा वादी र प्रतिवादी अंशियारभित्रको नरहेको अवस्थामा वादी र प्रतिवादीको बराबर हक लाग्ने भई विवादित कि.नं. ७१ को जग्गाबाट वादीले आधी दर्ता फारी लिन पाउने नै देखिने । (प्रकरण नं. ४) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्रुतीकुमारी रेग्मी तथा किरण कुमारी गुप्ता प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ को दफा ६(क), ६(ख) सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री विमलप्रसाद ढुंगेलपुनरावेदन तहमा फैसला गर्नेः मा.मुख्य न्या. श्री गोविन्दकुमार उपाध्याय मा.न्यायाधीश श्री उदय प्रकाश चापागाई फैसला न्या. दिपकराज जोशी : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, इलामको मिति २०७०।९।१४ को फैसलाउपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छः- म फिरादी विपक्षीका स्वर्गिय पिता माहासिंह राईको छोरी भई हामी दिदी भाइ नाताको भएकोले सगोलमा जग्गा खरिद गरी लिने भई पाँचथर फाक्तेप गा.वि.स वडा नं.४ बस्ने मलहाङ लिम्बु, जसबीर लिम्बु, सनकबहादुर लिम्बु, हंशबीर लिम्बुसमेत ४ जनाको नाममा सगोल दर्ता भएको पाँचथर फाक्तेप गा.वि.स. वडा नं.८ क कि.नं.७१ रो २०–१–१–३ को जग्गा थैली रू.३५००।– मा दर्तावालाहरूबाट मिति २०३४।६।२ मा म फिरादी र विपक्षीले सगोलबाटै खरिद गरी लिई हाम्रा नाममा सगोल दर्ता कायम रहेको उक्त कि.न.७१ को जग्गाबाट आधा २ खण्डको १ खण्ड म फिरादीको हक स्वामित्व कायम भएको जग्गा हुँदा म फिरादी र विपक्षीका नाममा सगोल दर्ता कायम रहेको कि.नं.७१ को जग्गा सगोलबाटै म फिरादी र विपक्षी मिलेमतोबाट भोग गरी आएकोमा म फिरादी वृद्ध अवस्था र रोगी भएकोले खेतीको काम गर्न नसक्ने भई सगोलबाट जग्गा कमाई गर्न समस्या परेको र सगोलबाट हामीले कमाई गरी आएको धेरै वर्ष भएको हुँदा दर्ता फारी गरी आ–आफ्नो