निर्णय नं. ९८०९ - करारबमोजिमको सेयर नामसारी दाखेल खारेज गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९८०९ - करारबमोजिमको सेयर नामसारी दाखेल खारेज गरिपाउँ भाग: ५९ साल: २०७४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७३/०८/१३ ६८९२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री केदारप्रसाद चालिसे फैसला मिति : २०७३।०८।१३ ०६७-CI-०३३३ मुद्दाः करारबमोजिमको सेयर नामसारी दाखेल खारेज गरिपाउँ पुनरावेदक / वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १६ स्थित मुक्ति श्री प्रा.लि. को अधिकारप्राप्त अध्यक्ष अजेयराज सुमार्गी पराजुलीसमेत विरूद्ध प्रत्यर्थी / प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३ महाराजगंज स्थित प्रधान कार्यालय रहेको हिमालयन स्प्रिङ्ग वाटर कम्पनी प्रा.लि.समेत कम्पनी भन्नु र कम्पनीका सेयरहोल्डर भन्नु सिद्धान्ततः नितान्त फरक विषय हो । संगठित संस्थाको सिद्धान्त, सीमित दायित्वको सिद्धान्त एवं स्वतन्त्र कानूनी व्यक्तित्वको सिद्धान्तअनुसार कम्पनी, यसका सेयरहोल्डर तथा सञ्चालक वा संस्थापक भन्नु बेग्लाबेग्लै विषय हुन् । नेपालको कम्पनी ऐन, २०६३ ले समेत उक्त सिद्धान्तहरूको अनुशरण गरेको पाइन्छ । कम्पनीको तर्फबाट कसैसित सम्झौता वा करार गरिएमा त्यसबाट उत्पन्न हुने दायित्वमा कम्पनी जिम्मेवार हुने हो, सेयरहोल्डर वा सञ्चालकले गरेका व्यक्तिगत सम्झौता वा दायित्वको बारेमा कम्पनीलाई जिम्मेवार बनाउन नमिल्ने । (प्रकरण नं. ३) कम्पनीको सेयरका साथै अन्य चलअचल सम्पत्तिसमेत स्वतः निवेदकको नाउँमा आउनुपर्ने भन्ने पुनरावेदन जिकिर सम्बन्धमा हेर्दा कम्पनीको सेयर, डिवेन्चर भन्नु र अन्य सम्पत्ति भन्नु एउटै विषय होइन । सेयर, डिवेन्चर भनेको त्यो होल्ड गर्नेले आफ्नो निजी सम्पत्तिसरह कानूनबमोजिमको प्रक्रिया पूरा गरी बेचबिखन हकहस्तान्तरण गर्न पाउने विषय हो तर कम्पनीको नाउँमा रहेको अन्य चलअचल सम्पत्ति कम्पनी स्वयम्‌ले बाहेक सेयरहोल्डरले आफूखुशी बेचबिखन हक हस्तान्तरण गर्न सक्ने अवस्था नै नरहने । (प्रकरण नं. ५) व्यक्तिका नाममा रहेका कम्पनीका सेयर भनेका व्यक्तिगत सम्पत्ति हुन् । यस्तो सम्पत्तिलाई कानूनको प्रक्रिया पूरा गरी भोग गर्न, दानदातव्य दिन, धितो राख्‍न वा बेचबिखन हक हस्तान्तरण गर्न पाउने नै हुन जाने । निजी तवरमा खरिद बिक्री हुने उक्त कम्पनीका सेयरहरू सम्झौताअनुसार करारका पक्षहरूले पूरा गरे गरेनन् भन्ने सम्बन्धमा कम्पनीलाई जिम्मेवार बनाउन मिल्ने पनि नदेखिने । (प्रकरण नं. ६) पुनरावेदक वादीको तर्फबाट : प्रत्यर्थी प्रतिवादीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री विनोद मोहन आचार्य पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री मोहनप्रसाद घिमिरे माननीय न्यायाधीश श्री मीरा खड्का फैसला न्या. ओमप्रकाश मिश्र : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छः- विपक्षीमध्येको हिमालयन स्प्रिङ्ग वाटर कम्पनीको जम्मा जारी गरेको सेयर थान १५ लाख कित्तामध्ये विपक्षीहरू मध्ये विजय मल्लका नाउँमा १ लाख कित्ता, विपक्षी विरणी राणाका नाउँमा ४ लाख कित्ता, विपक्षी केदारभक्त श्रेष्‍ठका नाउँमा ५ लाख कित्ता र विपक्षी कृष्णबहादुर श्रेष्‍ठसँग ५ लाख थान गरी जम्मा १५ लाख थान सेयर रहेकोमा उक्त विपक्षी कम्पनीको सम्पूर्ण सेयरसहित सम्पूर्ण उद्योग नै फिरादी कम्पनीले खरिद गर्ने भई विपक्षीहरू र फिरादी कम्पनीवीच मिति २०६४।८।१४ म