निर्णय नं. ९८१३ - अंश दिलाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९८१३ - अंश दिलाई पाउँ भाग: ५९ साल: २०७४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७३/१०/२१ ४०९३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खड्का माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत फैसला मिति : २०७३।१०।२१ ०७२-CI-०८३९ विषयः अंश दिलाई पाउँ । पुनरावेदक / वादी : जिल्ला ताप्लेजुङ, खोक्लिङ गा.वि.स. वडा नं. ६ बस्ने देवीकुमारी कटुवाल विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला ताप्लेजुङ, फुङलिङ गा.वि.स. वडा नं. ४ बस्ने बलबहादुर कटुवालको हक खाने छोरा ऐ.ऐ. बस्ने अजयकुमार कटुवाल मुलुकी ऐन, अंश बन्डाको १ नं. अनुसार अंशियार कायम भएपछि अंशियारहरूका बीचमा जिय जियकै अंश छुट्याउनु पर्ने कानूनी व्यवस्था रहेको अवस्थामा बन्डा गर्नुपर्ने सम्पत्ति नरहेको भन्ने आधारमा अंशियार नै कायम नरहने भन्ने अर्थ गर्न पनि नमिल्ने । (प्रकरण नं. ३) पुनरावेदक / वादीको तर्फबाट : प्रत्यर्थी / प्रतिवादीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा.जिल्ला न्यायाधीश श्री पशुपति आचार्य पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री प्रमोदकुमार श्रेष्ठ वैद्य माननीय न्यायाधीश श्री रामचन्द्र राई फैसला न्या. मीरा खड्का : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, इलामको मिति २०७१।२।२८ को फैसलाउपर दोहोर्याई पाउन निवेदन परी दोहोर्याउने निस्सा भई पुनरावेदनको रोहमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः- विपक्षी पति बलबहादुर कटुवालका २ वटी पत्नीमा जेठी साबित्री कटुवाल र कान्छी म देवी कटुवाल हुँ । जेठीतर्फबाट जायजन्म भएको जेठा टंक कटुवाल र कान्छा मदन कटुवाल हुन् । म फिरादीतर्फबाट जायजन्म भएका छोरा विपक्षीमध्येका अजयकुमार कटुवाल र छोरी इन्दिरा हुन् । जेठी साबित्री कटुवाल र निजतर्फका छोराहरू छुट्टि भिन्नभई आ-आफ्नो खेति पाति व्यहोरी खाई आएका छन् भन्ने सुनेकी छु । दुवैतर्फका छोरा छोरीहरूका विवाह भइसकेको छ । अंशबन्डा गर्नुपर्ने अंशियारहरूमा विपक्षीहरू पति बलबहादुर कटुवाल, छोरा अजयकुमार कटुवाल र म फिरादी देवी कटुवालसमेत ३ जना हौं । हामी ३ अंशियारका बीचमा हालसम्म अंशबन्डा भएको छैन । जेठी सौता साबित्री कटुवाल र निजका छोराछीरीसमेत ल्याई एकासगोलमा राख्न खोजेका कारण विपक्षी पतिसँग वादविवाद हुन गई विपक्षी पति तथा जेठी सौता र निजतर्फको छोराहरूसमेत मिली मलाई शारीरिक तथा मानसिक यातना सहित खान लाउन नदिई मिति २०५७।८।१५ गते घरबाट निकाला गरेको हुँदा हालसम्म माइतीको शरणमा बस्दै आएकी छु । उक्त मिति २०५७।८।१५ गतेलाई मानो छुट्टिएको मिति कायम गरी अंशबन्डा गर्नुपर्ने वादी प्रतिवादीहरूमा विपक्षी पति बलबहादुर कटुवाल विपक्षी छोरा अजयकुमार कटुवाल र म फिरादी देवी कटुवालसमेत ३ जना सगोलका अंशियार भएकोले मुलुकी ऐन, अंशबन्डाको २१, २२, २३ र २४ समेतका आधारमा वादी प्रतिवादीबाट चल अचल सम्पत्तिको तायदाती फाँटवारी लिई ३ भागको १ भाग अंश दिलाई भराई पाउँ भन्नेसमेत व्यहोराको फिराद पत्र । प्रतिवादीहरूका नाममा अदालतबाट जारी भएको इतलायनामा म्याद मिति २०६८।७।२७ मा तामेल भएकोमा प्रतिउत्तर पत्र नफिराई प्रतिवादीहरूले सुरू म्यादै गुजारी बसेका । यी वादीलाई प्रतिवादी बलबहादुर कटुवालले २, ३ वर्ष अगाडिनै घरबाट निकाला गरेका हुन् । फुङलिङ गा.वि.स. वडा नं. ४ को कि.नं. १८०१ को जग्गा वादीले अंश पाउनु पर्छ भन्नेसमेत व्यहोराको वादीका साक्षी धनप्रसाद ओझाले सुरू अदालतमा गरे