निर्णय नं. ४३१४ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४३१४ - उत्प्रेषणयुक्त परमादेश भाग: ३३ साल: २०४८ महिना: असोज अंक: ६ फैसला मिति :२०४८/०६/०२ २३७१ निर्णय नं. ४३१४ ने.का.प. २०४८ अङ्क ६ संयुक्तइजलास माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल सम्वत् २०४६ सालको रिट नम्बर ९५८ आदेश भएको मिति: २०४८।६।२ मा रिट निवेदक : का.जि.गोठाटार गा.पं. वडा नं. १ बस्ने श्री कृष्णराज पुडासैनी विरुद्ध विपक्षी : भू.सु.का. काठमाडौंका भू.सु. अधिकारी आर.डी.प्रभाससमेत विषय : उत्प्रेषणयुक्त परमादेश (१) मोहियानी हक एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने वा नसर्ने भन्ने कुरा प्रमाणको मूल्याड्ढन गरी तोकिएको अधिकारी स्वयंले कानुन बमोजिमको प्रकृया पूरा गरी निर्णय गर्नु पर्नेमा जग्गाधनीलाई बुझ्दै नबुझी फाँटवालाले मुद्दाको संक्षिप्त तथ्य उद्धृत गरी उचित निर्णयको लागि पेश गरेको टिप्पणीमा कुनै राय नै व्यक्त नगरी प्रशासकीय टिप्पणीमा टिप्पणी उठाउनेले व्यक्त गरेको राय सरहको सम्झी सदर मात्र लेखी निर्णय गरेको अ.बं. १८५ र यस अदालतबाट प्रतिपादित सिद्धान्त समेत विपरीत निर्णय भएको देखिएकोले उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ अब कानुन बमोजिम पुनः निर्णय गर्नु भनी विपक्षी भू.सु.का. को नाउँमा परमादेशको आदेश समेत जारी हुने । (प्रकरण नं. १८) (२) निर्णयकर्ता भू.सु.अधिकारीले कस्तो टिप्पणी पेश गरेको हो हेर्दै नहेरी निर्णयको लागि पेश गरेको टिप्पणीमा कुनै राय ठहर नै नलेखी सदर गर्ने गरी निर्णय गरेको अर्धन्यायिक अधिकारीको कर्तव्य अनुरुप भएको नदेखिँदा आइन्दा यस्तो निर्णय गर्ने जस्तो कुरामा होस पुर्‍याएर मात्र कार्य गर्ने भन्ने “न्यायिक टिप्पणी” गर्ने समेत ठहर्छ, यस टिप्पणीको जानकारी सम्बन्धित कार्यालयमा लेखी पठाउने । (प्रकरण नं. १९) रिट निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुंगाना (साविक पेज नं. ३११) विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री बद्रीबहादुर कार्की, विद्वान सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधान अवलम्बित नजीर : ने.का.प. २०३८ पृष्ठ २९ मा सिद्धान्त प्रतिपादित । आदेश न्या.लक्ष्मणप्रसाद अर्याल १. नेपालको संविधान, २०१९ को धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. प्रस्तुत मुद्दामा दिने डम्वरमान श्रेष्ठ– १, निरकुमारी श्रेष्ठ –१ समेत दुई जनाले का.जि. बत्तीसपुतली गा.पं. वडा नं. ६ कि.नं. ९५ को क्षेत्रफल ०–१०–० जग्गा म रिट निवेदकको परदाता सोमप्रसाद पुडासैनीलाई मिति ०३०।११।२१ मा त्यसपछि उक्त जग्गा सोमप्रसाद पुडासैनीले मेरो दाता कन्चन पुडासैनीलाई मिति ०३१।९।२२ मा र कञ्चन पुडासैनीले म रिट निवेदकलाई उक्त जग्गा मिति २०३९।३।२८ मा मा.पो.का. काठमाडौं मार्फत राजीनामा रजिष्ट्रेशन पारीत गरी दिनु भएको । उक्त पारित ३ वटा लिखतहरुमा पनि जोताहा कृष्णकुमारी बस्नेत भइरहेको कुरा प्रष्ट छ । ३. यसरी उक्त का.जि.बत्तीसपुतली पं. वडा नं. ६ कि.नं. ९५ क्षेत्रफल ०–१०–० जग्गाको जग्गा धनि म रिट निवेदक र जोताहा कृष्णकुमारी बस्नेत भएकोमा निज जोताहा कृष्णकुमारी बस्नेत (दुषित जालसाज पूर्व छोडपत्र लिखत गरी दिन गरी)–१ विपक्षी मध्येकी चोलकुमारी आचार्य (सो दुषित जालसाज छोडपत्र लिखत गराई लिने गरी)–१ तत्कालिन बत्तीसपुतली गा.पं.का प्रधानपञ्च राधेश्याम थापाले (सो दुषित जालसाजी छोडपत्र लिखत प्रमाणित गरी दिने गरी)–१, उक्त मिति २०३०।११।२१ को पारित हो वा लिखतको विपरीत गरी मि