निर्णय नं. ९८१४ - क्षतिपूर्ति
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९८१४ - क्षतिपूर्ति भाग: ५९ साल: २०७४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७३/१२/२१ ७३०८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खड्का माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति :२०७३।१२।२१ ०६८-CI-१५५५ मुद्दा : क्षतिपूर्ति पुनरावेदक / प्रतिवादी : बागमती अञ्चल, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१५ स्वयम्भु, सिद्धिचरण मार्ग, घर नं. २६०/१९ घर भई वीर अस्पतालमा कार्यरत प्रा. डा. बुलन्द थापा विरूद्ध प्रत्यर्थी / वादी : सगरमाथा अञ्चल, उदयपुर जिल्ला, त्रियुगा नगरपालिका वडा नं. १२ धर्मपुर घर भई हाल बागमती अञ्चल, काठमाडौं जिल्ला काठमाडौ महानगरपालिका वडा नं. ३४ बस्ने सुष्मा थापा चिकित्सकलाई सेवाग्राहीहरूले दैवीशक्तिको रूपमा ग्रहण गरी व्यवहार गर्ने तर चिकित्सकबाट प्राप्त हुने सेवा भने व्यापारतर्फ परिणत भई दृष्टिकोण र व्यवहारमा फरकपन आई चिकित्सा सेवामा नै गम्भीर असर पर्न गएको देखिन्छ । चिकित्सा सेवा व्यापार होइन र सौदाबाजीको व्यवहार गर्नुपर्ने पेसा पनि होइन । चिकित्सकहरूले बिरामीहरूलाई पर्याप्त परामर्श नगर्ने, आफ्नो लगानी रहेको ल्याबमा पठाई बराबर परीक्षण गर्न लगाउने, पूर्ण परीक्षण नै गरी शल्यक्रिया गर्ने तथा तुरून्त एन्टिबायोटिक चलाउने गरेको पाइन्छ । प्रायः शल्य चिकित्सकहरूबाट त तुरून्तै चिरफार नगरी नहुने, जतिसक्दो चाँडो चिरफार गर्नुपर्ने भनी दबाब सृजना गरी मनोवैज्ञानिकरूपले असर पार्ने जस्ता व्यवहारबाट हाम्रो चिकित्सा सेवाले प्रदान गर्न खोजेको सेवा ज्यादै संवेदनशील विषय बन्न गएको पाइने । (प्रकरण नं. ७) चिकित्सकले गलत सेवा प्रदान गरेको वा लापरवाहीपूर्ण कार्य गरेको कारणबाट उपभोक्तालाई असर वा हानि नोक्सानीको पुग्न गएको अवस्थामा क्षतिपूर्ति पाउनु पीडित उपभोक्ताको कानूनी अधिकार पनि हो । केही चिकित्सकको लावरवाही र गलत उपचारको कारणले चिकित्सा सेवाप्रति पर्न गएको नकारात्मक सोचलाई नजरअन्दाज गर्नसमेत सकिँदैन । कुनै चिकित्सकले लापरवाही तथा गलत सेवा प्रदान गरी उपभोक्तालाई क्षति पुग्न गएको अवस्थामा क्षतिपूर्ति भराउने कानूनी व्यवस्थासहित उपभोक्ता संरक्षण ऐन जारी भएको पाइन्छ । सोही उपभोक्ता संरक्षण ऐनअनुसार क्षतिपूर्तितर्फ दाबी लिएको अवस्थालाई न्यायोचितरूपबाट हेरिनु पर्ने । चिकित्सकले लापरवाही गरेको वा गलत उपचार गरेको अवस्थामा पनि अरू चिकित्सकले गलत तथा लापरवाही भएको भनी प्रतिवेदन दिन इन्कार गर्ने वा प्रतिवेदन नै दिन नचाहने कारणले उपभोक्ता मारमा परेको र गलत तथा लापरवाही गर्नेले उन्मुक्ति पाउँदै जाँदा यस्तो नराम्रो प्रवृत्तिले प्रोत्साहन पाउने नभई चिकित्सा सेवामा नकारात्मक असर पर्न जाने हुन्छ । अब यस्तो गम्भिर मर्कालाई न्यायको रूपबाट विचार नगर्दा सर्वदा उपभोक्तालाई चर्को मार पर्न जाने हुन्छ जसको कारणबाट धन र स्वास्थ्यको समेत अपूरणीय क्षति हुन जाने । (प्रकरण नं. १२) पुनरावेदक / प्रतिवादीको तर्फबाट : विद्वान्् अधिवक्ता लोकभक्त राना विपक्षी / वादीको तर्फबाट : विद्वान् अधिवक्ताहरू विष्णुप्रसाद लामिछाने, कहरसिंह खड्का र नरबहादुर खड्का अवलम्बित नजिर : सम्बद्ध कानून : उपभोक्ता संरक्षण ऐन, २०५४ को दफा २२ सुरू निर्णय गर्ने अधिकारी :– प्र.जि.अ. श्री भोलाप्रसाद शिवाकोटी पुनरावेदन तहमा फैसला गर्नेः मा.न्या. श्री यज्ञप्रसाद बस्याल मा.न्या. श्री सुष्मालता माथेमा फैसला न्या. पुरूषोत्तम भण्डारी : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेद