निर्णय नं. ९८१५ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९८१५ - उत्प्रेषण / परमादेश भाग: ५९ साल: २०७४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७३/१२/१५ ६५६८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा फैसला मिति : २०७३।१२।१५ ०७०-CI-०५१५ मुद्दाः उत्प्रेषण / परमादेश पुनरावेदक / विपक्षी : झापा जिल्ला, शरणामति गाउँ विकास समिति वडा नं.५ स्थित जनता उच्च माध्यमिक विद्यालय, शरणामति झापासमेत विरूद्ध प्रत्यर्थी / निवेदक : झापा जिल्ला, शरणामती गाउँ विकास समिति वडा नं. ५ स्थित जनता उच्च माध्यमिक विद्यालयका शिक्षक तारानाथ रिजाल नियुक्त हुन योग्यता पुग्ने शिक्षकहरूको वृत्ति विकासलाई नै अवरूद्ध हुने गरी लामो अवधिसम्म पद रिक्त राखी अस्थायी शिक्षकलाई निमित्त दिई कार्य सञ्चालन गरी रहनु वाञ्छनीय नहुने । कानूनको परिपालना नगरी कानूनले दिएको छुट वा सुविधालाई निश्चित स्वार्थ पूर्तिका लागि प्रयोग गर्नु भनेको कानूनकै उल्लङ्घन गर्नु हो । कानूनले दिएको सुविधा उपयोगको अवस्था कानूनको पूर्ण पालनाबाट मात्र स्वीकार्य हुने । (प्रकरण नं. ५) स्थायी शिक्षक भइरहेको अवस्थामा अस्थायी शिक्षकलाई विद्यालयको प्रधानाध्यापक जस्तो महत्त्वपूर्ण पदमा कार्य गरिरहन दिनु शिक्षा नियमावलीको उल्लिखित व्यवस्था र प्रधानाध्यापकको काम, कर्तव्य र अधिकारलाई अनदेखा गरेको हुन्छ । रिट निवेदक निज अस्थायी शिक्षक लेखनाथ सुवेदी भन्दा वरिष्ठ र स्थायी पदमा नियुक्ति भइरहेको भन्ने देखिन्छ । लामो समयसम्म अस्थायी शिक्षकलाई महत्त्वपूर्ण जिम्मेवारी दिन सक्ने स्वविवेकीय अधिकार व्यवस्थापन समितिलाई शिक्षा नियमावलीले दिएको नपाइने । (प्रकरण नं. ६) पुनरावेदक / विपक्षीको तर्फबाट : प्रत्यर्थी / निवेदकको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : शिक्षा नियमावली, २०५९ सुरू फैसला गर्नेः मा.मुख्य न्या.श्री गोविन्दकुमार उपाध्याय मा.न्यायाधीश श्री उदय प्रकाश चापागाई आदेश न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर आदेश यसप्रकार छः म निवेदक मिति २०४६ सालदेखि माध्यमिक विद्यालय अस्थायी शिक्षकमा नियुक्ति भई भद्रकाली माध्यमिक विद्यालयको हवरा–२ झापामा दरबन्दी भई २०५२।१२।७ बाट जनता माध्यमिक विद्यालय, शरणामतिमा सरूवा भई हालसम्म निरन्तर कार्यरत छु । सो विद्यालयमा मभन्दा वरिष्ठ अरू कुनै स्थायी शिक्षक छैनन् । मैले मुख्य विषय इतिहासमा मानविकीमा माष्टर डिग्री र नेपाली विषयमा शिक्षा शास्त्रमा पनि डिग्री गरेको छु । हालसम्म उक्त विद्यालयमा प्रधानाध्यापक नभएकोले विपक्षी नं.४ का अस्थाई शिक्षक लेखनाथ सुवेदीले निमित्त प्र.अ.भई शैक्षिक तथा आर्थिक प्रशासन चलाई आउनु भएको छ । म मिति २०६१।१।१० बाट माध्यमिक विद्यालय दरबन्दीमा स्थायी भई मिति २०६९।६।२४ बाट माध्यमिक विद्यालय द्वितीयमा बढुवा भएको योग्यतम् वरिष्ठतम शिक्षक हुँदाहुँदै कनिष्ठ र अस्थायी शिक्षकलाई प्रधानाध्यापक प्राचार्यको जिम्मेवारी दिन शिक्षा नियमावली, २०४९ को नियम ९२ (१२) ले नमिल्ने भएकोले मलाई प्राधानाध्यापकको जिम्मेवारी दिनु भनी मैले विपक्षी नं.२ समक्ष मिति २०६९।४।४ मा निवेदन गरेकोमा मिति २०६९।५।४ मा विपक्षी नं.२ को बैठक बसी हाल बहालवाला प्राचार्यलाई नै केही शैक्षिक सत्रसम्म लैजाने भनी निर्णय गरेको तथा त्यसपछि पुनः मिति २०६९।५।१० मा विपक्षी नं.२ को बैठक बसी लेखनाथ सुवेदीलाई नै प्राचार्य पदमा निर