निर्णय नं. ९८१६ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९८१६ - उत्प्रेषण भाग: ५९ साल: २०७४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७४/०१/१७ ३५०६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश डा. आनन्दमोहन भट्टराई आदेश मिति : २०७४।०१।१७ ०७३-WO-०५५४ मुद्दा : - उत्प्रेषण । निवेदक : भक्तपुर जिल्ला, मध्यपुर ठिमी नगरपालिका वडा नं. ४ को हाल ऐ.ऐ. वडा नं. १६ लोकन्‍थली बस्ने शिवभक्त प्रधानाङ्ग विरूद्ध विपक्षी : भक्तपुर जिल्ला, मध्यपुर ठिमी नगरपालिका वडा नं. ४ को हाल ऐ. ऐ. वडा नं. १६ लोकन्थली बस्ने शिवेन्द्रभक्त प्रधानाङ्गसमेत अंशबन्डाको ३२ नं. बमोजिम वादीले तारेख गुजारे पनि अंश मुद्दा डिसमिस गर्न नमिल्नेसम्मकै कारणबाट वादीले तारेख गुजारी बसेको अवस्थामा पनि सुरू तहका अदालतले मुद्दामा कारवाही र किनारा गर्नुपर्दछ भन्‍न मिल्दैन । अंशबन्डाका महलको २२ नं. लाई पनि हेरिनु पर्दछ र सामञ्‍जस्य पूर्णरूपमा व्याख्या गरिनु पर्दछ । यसरी हेर्दा तामेलीमा रहेको अंशमुद्दा तामेलीबाट जगाई बाँकी कारवाही र किनारा गर्नका लागी वादी पक्षले अदालतमा उपस्थित भई तामेलीबाट मुद्दा जगाई सुनुवाई गर्न अनुरोध गर्नु आवश्यक देखिन्छ । प्रतिवादी पक्ष उपस्थित हुँदैमा अंश मुद्दालाई तामेलीबाट जगाउने प्रयोजन पूरा नहुने । (प्रकरण नं. २) निवेदकको तर्फबाट : विद्वान्‌ अधिवक्ता डा. विश्वदीप अधिकारी विपक्षीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी ऐन, अंशबन्डाको महलको २२, ३२ नं. आदेश न्या. ईश्वरप्रसाद खतिवडा : नेपालको संविधान धारा १३३ को (२) (३) नं. बमोजिम परेको प्रस्तुत रिट निवेदनको तथ्य एवं आदेश यसप्रकार छः- विपक्षीमध्येका शिवेन्द्रभक्त र शैलेन्द्रभक्त नाताबाट मेरो छोरा हुन् । मेरी श्रीमती परलोक भई सकेको र मैले अर्को विवाह नगरेकोले अंशियारमा हामी ३ जना मात्र छौं । हामी एकसाथमा बसी मेरै आर्जन र पुर्ख्यौली सम्पत्तिबाट विपक्षीहरूलाई पालन तालन गरिआएको थिए । तर विडम्बना, अरूको बहकाउमा लागि निजहरूले मेरोउपर अंश, लिखत बदर, जालसाजी मुद्दाको भार बोकायो । जालसाजी र लिखत बदर नहुने ठहरी फैसला भएको, अंश मुद्दामा तारेख छोडेकोले मिति २०७१।१।१६ मा भक्तपुर जिल्ला अदालतमा तामेलीमा राख्‍ने आदेश भएको थियो । म ७३ वर्ष नाघि सकेको वृद्ध व्यक्ति हुँ । मेरो कमाउने अवस्था समाप्त भइसकेको छ । आफ्नो भएको आयस्ताबाट मेरो जिविका चलाउने एवं धर्म कर्म गर्न पाउने मेरो व्यक्तिगत एवं नैसर्गिक अधिकार हो । भक्तपुर जिल्ला अदालतबाट उक्त मुद्दा मिति २०७१।१।१६ मा तामेली राखी दिएको र सो तामेली राख्‍न मिल्दैन, मुद्दा किनारा लगाई पाउँ भनी मैले निवेदन दिएकोमा भक्तपुर जिल्ला अदालतबाट मिति २०७२।१०।१५ मा प्रतिवादीबाट दिएको निवेदनको आधारमा तामेलीबाट जगाउन मिलेन भन्‍ने आदेश भयो । सो आदेशउपर अ.बं.१७ नं. बमोजिम निवेदन दिँदा उक्त आदेश बेरित नदेखिँदा परिवर्तन गर्न परेन भनी तत्कालीन श्री पुनरावेदन अदालत, पाटन, ललितपुरबाट मिति ०७३।१।३१ मा आदेश भयो । जुन उद्देश्यले भविष्यको लागि केही जगेर्ना गरेको हो, त्यो उद्देश्य एवं मानिस भई बाँच्न पाउने अधिकार समाप्त हुने गरी आदेश गरेको र प्राकृतिक न्यायको विपरीत भएको आदेश बदरको लागि अरू विकल्प नभएको हुनाले सम्मानित अदालतसमक्ष यो निवेदन प्रस्तुत गर्न आएको छु । अतः साबिक पुनरावेदन अदालत, पाटन हाल उच्च अदालत पाटनको मिति २०७३।१।३१ को आदेश र भक्तपुर जिल्ला अदालतको मिति २०७२।१०।१५ को आदेश नेपालको संविधानको धारा १३३ को उपधारा (२) र (३) मा वर्णित