निर्णय नं. ९८१८ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९८१८ - अंश भाग: ५९ साल: २०७४ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७३/१२/०९ ४४५६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल फैसला मिति : २०७३।१२।०९ ०६६-CI-०३८४ मुद्दा: अंश पुनरावेदक / प्रतिवादी : कास्की जिल्ला पोखरा उप.म.न.पा.वडा नं. १५ बस्ने धनबहादुर भण्डारीसमेत विरूद्ध प्रत्यर्थी / वादी : कास्की जिल्ला, पोखरा उप.म.न.पा.वडा नं. १५ ढुङ्गेसाँगु तल्लो सिमलबोट घर भएकी विष्णु भण्डारी भनी वादीको पुनरावेदन पत्र र पुनरावेदन अदालत पोखराको फैसलामा लेखिएको भए तापनि सो नभई कास्की जिल्ला, भरतपोखरी गा.वि.स. वडा नं. ७ डाँडागाउँ घर भई हाल ऐ.ऐ. पोखरा उप म.न.पा.वडा नं. १० रामबजार डेरा गरी बस्ने विष्णुकुमारी पराजुली नागरिकताको प्रमाण पत्र भनेको राज्यले नागरिक भएको आधारमा दिइने पहिचानको दस्तावेज हो । नागरिकताले राज्य र नागरिकको सम्बन्धलाई जोडने कार्य गरी त्यस्तो सम्बन्धको प्रमाणित गर्ने हुँदा केवल नागरिकताको प्रमाण नाता कायम गर्ने दस्तावेज हुन सक्तैन । नागरिकतामा कसैको बाबुको नाम मात्र उल्लेख भएको आधारमा कसैलाई विवाहित वा अविवाहित भनी छुटयाउने आधार हुन नसक्ने । वादी विष्णुकुमारीको नागरिकता निकाल्ने क्रममा सोको लागि भर्नुपर्ने फारम निज आफैँले भरिदिएको भन्ने कुरालाई स्वीकार गरेको देखिएको छ । निजले तत्पश्चात वादीको नाममा नागरिकता निकाल्न इन्कार गरेको अवस्थामा वादीले राज्यबाट प्राप्त हुने सुविधा र लाभका लागि पनि नागरिकता आवश्यक हुने अवस्थामा आफ्नो पिताको सहयोगमा नागरिकता लिने कुरा स्वभाविक नै हुन जान्छ । त्यसका अतिरिक्त बाबुको नामबाट नागरिकता लिएकै आधारमा कुनै महिला विवाहित वा अविवाहित छुट्याउने आधार हुन नसक्ने र उक्त नागरिकतामा विवाहित भनी उल्लेख नभएकै आधारमा कुनै महिला अविवाहित रहेको भनी मान्न नमिल्ने । (प्रकरण नं. ३) पुनरावेदक / प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ताहरू शारंगा सुवेदी र शान्तीसिंह भण्डारी, विद्वान् अधिवक्ताहरू ईश्वरीप्रसाद भट्टराई, नवराज थपलिया र ममता बास्कोटा भट्टराई प्रत्यर्थी / वादीको तर्फबाट : विद्वान् अधिवक्ताहरू शेरबहादुर के.सी., भिमार्जुन आचार्य, रामचन्द्र पौडेल र सुधा खतिवडा अवलम्बित नजिर : ने.का.प.२०३७, नि.नं.१३४१ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ को २३(४) सुरू तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री वीरेन्द्रकुमार बटाजु पुनरावेदन तहमा फैसला गर्नेः- मा.न्यायाधीश श्री खेमराज शर्मा मा.न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला न्या. सपना प्रधान मल्ल : पुनरावेदन अदालत, पोखराको मिति २०६३/४/२२ को फैसलाउपर प्रतिवादीका तर्फबाट तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ : ससुरा जगतबहादुर भण्डारीका २ श्रीमतीमा जेठी सरस्वती भण्डारी-१ कान्छी कलावती भण्डारी-१ समेत २ जना भएकोमा जेठी सरस्वतीबाट-२ छोरा दुर्गाबहादुर-१, कृष्णबहादुर-१ तथा कान्छी कलावतीबाट छोरा धनबहादुर भण्डारी-१ छोरी द्रौपति भण्डारी-१ समेत जना २ छोरा छोरीको जायजन्म भएकोमा छोरी द्रौपतीको विवाह दान भई अन्य अंशियारको अंशबन्डासमेत भइसकेको छ । विपक्षी पति धनबहादुर भण्डारी आई.एन.एफ (I.N.F.) को कर्मचारी भएकोले जागिरका सिलसिलामा निज र मेरोबीच चिनजान परिचय भई हामीबीच प्रेम सम्बन्ध कायम रही आएकोमा मिति २०५०/०९/२६ गतेका दिन विपक्षीले आफ्नै बुढीऔला