निर्णय नं. ९८१९ - कुत दिलाई मोही निष्काशन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९८१९ - कुत दिलाई मोही निष्काशन भाग: ५९ साल: २०७४ महिना: असोज अंक: ६ फैसला मिति :२०७३/१०/१३ ८५५५ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ माननीय न्यायाधीश श्री दीपक कुमार कार्की माननीय न्यायाधीश श्री मीरा खड्का आदेश मिति : २०७३।१०।१३ ०६७-NF-०००५ मुद्दाः कुत दिलाई मोही निष्काशन निवेदक / प्रतिवादी : जिल्ला महोत्तरी गोरहन्ना गा.वि.स. वडा नं. ८ बस्ने महादेव दनुवार विरूद्ध विपक्षी / वादी : जिल्ला महोत्तरी लोहारपट्टी गा.वि.स. वडा नं. ३ बस्ने परमेश्वर मरी निजको मु.स गर्ने निजको छोरा उमेशकुमार साह कुनै कानूनको व्याख्या गरेर वा कुनै कानूनी सिद्धान्तको आधारमा सर्वोच्च अदालतबाट निर्णय भएको छ भने त्यो व्याख्या वा सिद्धान्त भविष्यमा आउने त्यस्तै प्रकृतिका मुद्दाहरूको लागि नजिर हुन जान्छ । मुद्दामा संलग्न कानूनको विवेचनायुक्त व्याख्या कुनै मुद्दामा भइसकेको छ र सोही कानूनी प्रश्न पुनः उठेको छ भने पूर्व व्याख्या वा सिद्धान्तलाई पछिल्लो समान प्रकृतिको मुद्दामा अनुशरण गरी निर्णय गर्ने पद्धति नै नजिरको प्रयोग हो । न्याय सम्पादन प्रक्रियाको विश्वसनियता, एकरूपता र निश्चितताको लागि नजिरको सिद्धान्त हाम्रो विधिशास्त्रले अंगिकार गरी हुर्काउँदै ल्याएको छ । सर्वोच्च अदालतबाट मुद्दाको सन्दर्भमा भएको कानूनको व्याख्या वा प्रतिपादित सिद्धान्तले कानूनको हैसियत राख्ने भएकोले पछिका समान प्रकृतिका विवादहरूका लागि बाध्यात्मक हुन जाने । नजिरको विधिशास्त्रीय मान्यताअनुसार सिद्धान्तको जन्म पहिले हुन्छ र त्यसको पालना तथा प्रयोग पछि जन्मिने मुद्दामा गरिन्छ । पहिले सिद्धान्त कायम भएको मुद्दाको तथ्य, कानूनको व्याख्या र प्रयोगलाई दृष्टिमा राखी पछि सुनुवाई भइरहेको मुद्दामा अघिल्लो मुद्दाको निर्णयाधार ग्रहण गर्ने नगर्ने मूल्याङ्कन र विवेचनाको आधारमा निष्कर्षमा पुग्नुपर्ने हुन्छ । तसर्थ नजिरको प्रयोग जहिले पनि भविष्यका मुद्दाहरूमा नै प्रासङ्गिक मानिने । (प्रकरण नं. ५) अदालतले विधायिकाद्वारा निर्मित कानूनको व्याख्या गर्ने भएको हुँदा अदालतद्वारा गरिएको व्याख्या जहिले पनि भविष्यका मुद्दाहरूमा प्रयोग गरिने हुन्छ । त्यसकारण अदालतद्वारा गरिएको कुनै कानूनको व्याख्या वा प्रतिपादित सिद्धान्तको पश्चात्दर्शीको प्रभाव (Retrospective Effect) पर्दैन । यो विधिशास्त्रीय मान्यता हो । नजिरको सम्पूर्ण सिद्धान्त यही मान्यतामा अडेको पाइने । (प्रकरण नं. ६) पछि प्रतिपादन भएको सिद्धान्त अघिल्लो मुद्दामा परिपालन हुन सक्ने अवस्था नै नरहने । (प्रकरण नं. ८) निवेदक / प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ता दामोदर पुरूष ढकाल विपक्षी / वादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय बालकृष्ण न्यौपाने र सतिशकृष्ण खरेल अवलम्बित नजिर : ने.का.प. २०५०, अंक ५, नि.नं.४६९७ ने.का.प. २०६२, अंक ६, नि.नं.७५४९, पृ.६७० ने.का.प. २०६६, अंक ६, नि.नं.८२३६ सम्बद्ध कानून : न्याय प्रशासन ऐन, २०४८ भूमिसम्बन्धी ऐन, २०२१ सुरू तहमा फैसला गर्नेः भूमिसुधार अधिकारी रामेश्वर रेग्मी पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री हरिजंग सिजापती माननीय न्यायाधीश श्री कृष्णप्रसाद श्रेष्ठ यस अदालतमा फैसला गर्नेः माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ फैसला न्या. मीरा खड्का : न्याय प्रशासन ऐन २०४८ को दफा ११(१) को खण्ड (ख) बमोजिम पुनरावलोकन गरी हेर्ने अनुमति प्रदान भई द