निर्णय नं. ४३१५ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४३१५ - उत्प्रेषण भाग: ३३ साल: २०४८ महिना: असोज अंक: ६ फैसला मिति :२०४८/०६/०२ २३१७ निर्णय नं. ४३१५ ने.का.प. २०४८ अङ्क ६ संयुक्तइजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४५ सालको रिट नं. ८६४ आदेश भएको मिति : २०४८।६।२।४ मा निवेदक : सप्तरी जिल्ला मलेखपुर गा.पं. वा.नं. ३ बस्ने डम्बरलाल साहुतेली विरुद्ध विपक्षी : जिल्ला कार्यालय सप्तरीका प्र.जि.अ.समेत विषय : उत्प्रेषण (साविक पेज नं. ३१६) (१) अड्डा अदालतको भूलले त्यसमा पनि फौज्दारी अभियोगमा सजायँ पाएकोमा अ.बं. १९३ नं. को प्रकृया अनिवार्य रुपमा पूरा नगर्ने हो भने प्रतिवाद गर्न पाउने नागरिकको अधिकारमा गैरकानुनी नियन्त्रण हुन सक्दछ अतः विपक्षी जिल्ला कार्यालयको सो फैसला उपर तत्कालिन व्यवस्था अनुसार पुनरावेदनमा जाने मार्ग समेत नभएको भन्नु प्राकृतिक न्याय सिद्धान्त विरुद्ध समेत हुन जाने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव विपक्षीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री ध्रुवलाल राज आदेश न्या.केदारनाथ उपाध्याय १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. सहअभियुक्त लखन मण्डल समेतले पोल गरेको भन्ने तथाकथित आधारमा हातहतियार खरखजाना ऐन, २०१९ को दफा ३(२) को आरोपमा दफा २०(२) को सजायँको माग गर्दै वादी श्री ५ को सरकार जिल्ला प्रहरी कार्यालय राजविराजको तर्फबाट म निर्दोष निवेदक समेतको उपर जिल्ला कार्यालय सप्तरीबाट निवेदकको वतन नै नभएको वडा नं. ६ मा म्याद जारी भई यो म्यादमा उल्लेख भएको मानिसलाई जि.स.गा.पं. वडा नं. ६ मा खोजतलास गर्दा कहीं कतै फेला नपरेकोले निजको यस वडा नं. ६ मा घर वतन समेत पनि नभएकोले सबैले देख्ने सार्वजनिक स्थान आँपको रुखमा साक्षीहरुको सामुन्ने तामेल गरी टाँसिएको ठीक साँचो छ भनी मिति २०३७।१।२७।६ मा तामेल भएको रहेछ तथा केही प्रतिवादीहरुले समाव्हानको म्यादै गुजारी बसेको र केही प्रतिवादीहरुले यस कार्यालयमा इन्कार भई बयान गरेको देखिए तापनि प्रहरी अधिकृत समक्ष सावित भएको सरजमीनका मानिसले किटान गरेको एवं दशीको माल सामान समेत बरामद भएकोले प्रतिवादीहरुले हातहतियार खरखजाना ऐन, २०१९ को दफा ३(२) को कसूर गरेको ठहर्छ भनी प्रत्यर्थी जिल्ला कार्यालयले म निवेदक समेतलाई हराई कैद वर्ष २ तथा जरिवाना रु. ५००।– गर्ने गरी मिति २०४१।३।३२ गते निर्णय गरेको रहेछ । म निवेदकको जानकारी बेगर भएको निर्णयको जानकारी पाएको ३५ दिन भित्र लागेको कैद र जरिवानाको हकमा नगद धरौट राखी पुनरावेदन सुन्ने पूर्वाञ्चल क्षेत्रीय अदालत समक्ष गरेको पुनरावेदनमा तामेली म्याद भित्र हाजिर भई प्रतिवादै नगरी म्याद गुजारी बसेको प्रतिवादीको पुनरावेदन अ.बं. २०८ नं.ले लाग्न नसक्ने हुँदा पुनरावदेन खारेज हुने ठहर्छ भन्ने मिति २०४५।३।१२ गते पू.क्षे.अ.संयुक्तइजलासबाट निर्णय भएको छ । जुन प्रत्यक्षतः त्रुटिपूर्ण छन् । ३. साविकमा म निवेदकको वतन सप्तरी जिल्ला, मलेकपुर गा.पं. वडा नं. ३ रहेको बीचमा पञ्चायत परिवर्तन हुँदा दुई पञ्चायत मिश्रित भई वडा नं. ९ भएको र हाल पुन पं. परिवर्तन हुँदा साविककै वडा नं. ३ कायम हुन आएको छ । जुन कुरा मतदाता सूची, नागरिकता प्रमाणपत्र, मलेरिया रिकर्ड, जग्गाधनी दर्ता प्रमाण पुर्जा तथा स्कूलको अध्यक्ष रहेको कुराको अतिरिक्त विपक्षी प्रमुख जिल्ला कार्यालय समक्ष रहेको पञ्चायत परिवर्तन रेकर्डबाट अन्